Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सरकारका प्रवक्ता भन्छन्- आईजीपीको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न हुँदैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारका प्रवक्ता भन्छन्- आईजीपीको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न हुँदैन
Photo / Coverage: पर्दाफास

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरलाई कारबाहीका रूपमा बुझ्न नहुने बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकपछि सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको र नयाँ प्रहरी महानिरीक्षक नियुक्त भइसकेकाले यसलाई सामान्य जिम्मेवारी हेरफेरका रूपमा बुझ्नुपर्ने बताए । मन्त्रिपरिषद् बैठकले यसअघि अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने निर्णय गरेको थियो । ‘बहालवाला प्रहरी महानिरीक्षकको जिम्मेवारी हेरफेरको विषयलाई कारबाही गरिएको रूपमा बुझ्नु हुँदैन । उहाँलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारका रूपमा ल्याइएको छ । नयाँ आईजीपी आउनुभएको छ’, मन्त्री पोखरेलले भने । बिचौलिया इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनले मोबाइल लगेको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले अनभिज्ञता प्रकट गरे । ‘इनम सापकोटाको मोबाइल फरेन्सिक परीक्षणअघि दुई दिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारले लगेको कुरा हामीलाई जानकारी छैन । बाहिर आएको हल्ला हो । यदि त्यस्तो रहेछ भने सम्बन्धित निकायले अनुसन्धान गर्छ’, उनले भने । हालका आईजीपी कार्कीलाई सरकारले प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी, धार्मिक पर्यटनसँगै व्यापार विस्तार हुने विश्वास
OthersJust now

जनकपुर–अयोध्या रेल सेवा सञ्चालनको तयारी, धार्मिक पर्यटनसँगै व्यापार विस्तार हुने विश्वास

रामायणकालीन धार्मिक तथा सांस्कृतिक सम्बन्धले जोडिएका नेपालका जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालनको तयारी अघि बढेको छ। रेल सेवा सञ्चालनका लागि प्राविधिक परीक्षण सुरु गरिने भएको छ। रेल सेवा सञ्चालनमा आएपछि जनकपुर र अयोध्याबीचको धार्मिक सम्बन्ध थप प्रगाढ हुनुका साथै पर्यटन, व्यापार तथा स्थानीय आर्थिक गतिविधिमा समेत वृद्धि हुनेछ। जनकपुरधाम र अयोध्याबीचको पौराणिक सम्बन्धलाई रेल कनेक्टिभिटीले थप मजबुत बनाउने विश्वास ...

पर्दाफास
पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?
OthersJust now

पत्रकारलाई विश्वप्रकाशको प्रश्न- तपाईंहरू सबै सुरक्षित हुनुहुन्छ ?

पत्रकारहरूले प्रतिपक्षी दलको कार्यालयमा पुगेर प्रश्न गरिरहँदा उनीहरूको हातमा कालोपट्टी देखिने अपेक्षा गरेको बताउँदै शर्माले पत्रकारहरू आफैँ सुरक्षित छन् कि छैनन् भनेर प्रश्न गरेका छन् । ...

अनलाइन खबर
मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो
OthersJust now

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ लामाले जानकारी दिए । ...

अनलाइन खबर
एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट तीन लाख सहयोग
OthersJust now

एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट तीन लाख सहयोग

१८ कात्तिक, काठमाडौं । एसियाली खेलकुदकी रजत पदक विजेता नेपाली कराते खेलाडी एरिका गुरुङको खेल विकासका लागि अस्ट्रेलियाबाट करिब तीन लाख रुपैयाँ सहयोग संकलन भएको छ । अस्ट्रेलियाको सिड्नीमा आधारित यात्रा रन क्लबको पहलमा आयोजित सहयोग अभियानबाट उक्त रकम संकलन गरिएको हो । सहयोग अभियानअन्तर्गत गत २० सेप्टेम्बरमा सिड्नीमा विशेष दौड आयोजना गरिएको थियो ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play