Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अनुसन्धान विभागका प्रमुखविरुद्ध नै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोप

Share:WhatsAppFacebookX (Twitter)Telegram
अनुसन्धान विभागका प्रमुखविरुद्ध नै नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको आरोप
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान अधिकृत हिराबाबु भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ । नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेर सरकारी सेवामा प्रवेश गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा चलाएको हो । अख्तियारका अनुसार भट्टराईले भारतको बिहार इन्टरमिडिएट एजुकेशन काउन्सिलबाट जारी भएको भनिएको प्रविणता प्रमाणपत्र तहको शैक्षिक प्रमाणपत्र पेस गरी २०५६ जेठ ५ गते विभागको सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए । उनले विभागका माथिल्ला विभिन्न पदमा बढुवा हुनसमेत सोही प्रमाणपत्र पेस गरेको अख्तियारको दाबी छ । उक्त प्रमाणपत्रकै आधारमा बढुवा हुँदै उनी हाल प्रमुख अनुसन्धान अधिकृत पदमा कार्यरत रहेकोमा नियुक्तिका बेला पेस गरिएको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको आयोगले जनाएको छ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा सरकारी सेवामा प्रवेश गरी बढुवासमेत लिएको र त्यसबाट पद, ओहदा तथा सेवासुविधा प्राप्त गरेको ठहर गर्दै अख्तियारले उनीमाथि भ्रष्टाचार निवारण ऐन, २०१७ र २०५९ बमोजिम सजायको मागदाबी गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुनकोशी–मरिन ठेक्का रद्द प्रकरण : निर्माण कम्पनी अदालत गए के हुन्छ ?
Latest NewsJust now

सुनकोशी–मरिन ठेक्का रद्द प्रकरण : निर्माण कम्पनी अदालत गए के हुन्छ ?

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको सचिवालयले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया र आयोजना प्रमुख कृष्णप्रसाद रिजाललाई नियन्त्रणमा लिएको घटना लगत्तै सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का रद्द गरिएको छ। उक्त ठेक्का रद्द... ...

रातोपाटी
कांग्रेसले सरकारविरूद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने
Latest NewsJust now

कांग्रेसले सरकारविरूद्ध राजनीतिक र कानुनी प्रतिवाद गर्ने

काठमाडौँ। नेपाली कांग्रेसले सरकार पूर्णतः स्वेच्छाचारी र निरङ्कुश बन्दै गएको आरोप लगाउँदै ‘भय र भ्रमको शासन’ तत्काल बन्द गर्न चेतावनी दिएको छ। महामन्त्री प्रदीप पौडेलले बुधबार वक्तव्य जारी गर्दै राज्य संयन्त्रको... ...

रातोपाटी
टोखा नगरपालिकाद्वारा पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ कार्यान्वयनमा
Latest NewsJust now

टोखा नगरपालिकाद्वारा पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ कार्यान्वयनमा

काठमाडौँ । टोखा नगरपालिकाले पशु वधशाला तथा मासु जाँच ऐन–२०५५ लाई कार्यान्वयनमा ल्याउने भएको छ । नगरपालिकाले आज एक सूचना जारी गरी आगामी मङ्सिर १ गतेदेखि ऐन तथा सोसँग सम्बन्धित... ...

रातोपाटी
इनम प्रकरणमा निरीह प्रहरी
Latest NewsJust now

इनम प्रकरणमा निरीह प्रहरी

काठमाडौँ । इनम सापकोटा पक्राउ परेपछि राज्यका शत्तिशाली संस्थाहरू एकैपटक विवादमा तानिएका छन् । सर्वोच्चका न्यायाधीश, प्रधानमन्त्रीको सचिवालय र प्रहरीका उच्च अधिकृतहरूसँग इनमको सम्पर्क देखिएको छ । अनुसन्धानको क्रममा सम्पर्क देखिएका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play