Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिलाई पत्रकार महासङ्घको माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रेस काउन्सिल ऐन संशोधन अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिलाई पत्रकार महासङ्घको माग
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस काउन्सिल नेपाल ऐन, २०४८ संशोधन गर्न बनेको अध्यादेशमा प्रस्तावित व्यवस्थाप्रति गम्भीर आपत्ति जनाउँदै त्यसलाई प्रमाणित नगर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष माग गरेको छ । महासङ्घका महासचिव रामप्रसाद दाहालले बुधबार जारी गरेको विज्ञप्तिमार्फत अध्यादेशका प्रस्तावित प्रावधानले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने खतरा रहेको भन्दै राष्ट्रपति समक्ष यस्तो माग गरेका हुन् । सरोकारवाला पक्षसँग सामान्य परामर्शसमेत नगरी सरकारले अध्यादेश जारी गर्न सिफारिस गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासङ्घको ठहर छ । संसदीय प्रक्रियामार्फत मिडिया काउन्सिल विधेयक अघि बढाउने प्रयास भइरहेका बेला अकस्मात अध्यादेशको बाटो रोज्नु कानुनी शासन र संसदीय सर्वोच्चतामाथिको गम्भीर प्रहार भएको महासङ्घले जनाएको छ । महासङ्घका अनुसार प्रस्तावित अध्यादेशमा उजुरी नपरे पनि आचारसंहिता उल्लङ्घन भएको देखिए प्रेस काउन्सिल आफैँले छानबिन गरी कारबाही गर्न सक्ने व्यवस्था गरिएको छ । त्यस्तै, पत्रकार तथा सञ्चारमाध्यमलाई आर्थिक जरिवाना गर्ने, क्षतिपूर्ति भराउने, प्रेस पास निलम्बन गर्न सिफारिस गर्ने तथा सरकारी सुविधा र लोककल्याणकारी विज्ञापन रोक्न सक्ने प्रावधान पनि प्रस्ताव गरिएको छ । पत्रकारितालाई स्वनियमनमा आधारित बनाउनुपर्नेमा आर्थिक दण्ड र प्रशासनिक नियन्त्रणका प्रावधान राखिनुले स्वतन्त्र पत्रकारितालाई नियन्त्रण गर्ने सरकारी मनसाय देखिएको महासङ्घको निष्कर्ष छ । त्यस्तै, सञ्चारकर्मी, कन्टेन्ट क्रिएटर, प्रस्तोता तथा इन्फ्लुएन्सरलाई समेत आचारसंहिताको दायरामा ल्याउने प्रस्तावले पत्रकारिताका नयाँ माध्यमलाई पनि सरकारी नियन्त्रणमा राख्ने जोखिम बढाएको महासङ्घले जनाएको छ । प्रस्तावित व्यवस्थाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधानले प्रत्याभूत गरेका अधिकारमाथि गम्भीर आघात पुग्ने महासङ्घको भनाइ छ । महासङ्घले अध्यादेश प्रमाणित नगर्न राष्ट्रपतिसमक्ष जोडदार माग गर्दै नेपाल पत्रकार महासङ्घलगायत सबै सरोकारवाला पक्षको सहभागिता र सहमतिमा मात्रै प्रेस काउन्सिल ऐन संशोधन वा नयाँ विधेयक ल्याउन सरकारलाई आग्रह गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’
Latest NewsJust now

आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ आईजीपी नियुक्त गरेको हुन सक्ने बताएका हुन्। सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको ...

लुम्बिनी सञ्चार
चामलसँगै चिनी र दाल पनि बिक्री गर्दै भोजपुर खाद्य
Latest NewsJust now

चामलसँगै चिनी र दाल पनि बिक्री गर्दै भोजपुर खाद्य

• भोजपुर सदरमुकाममा खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चामल, चिनी र मुसुरोको दाल बिक्री सुरु गरेको छ। • चिनीको मूल्य बाहिरी बजारमा बढेको कारण उपभोक्ताको माग खाद्य कम्पनीको गोदाममा बढेको छ। • चिनीको बिक्री दर प्रतिकेजी एक सय १० रुपैयाँ रहेको छ, जबकि बाहिरी बजारमा चिनीको मूल्य एक सय ३० रुपैयाँदेखि डेढ सयसम्म छ। ...

नेपालबहस
पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना
Latest NewsJust now

पदयात्रा अनुमति उल्लङ्घन गर्ने ट्रेकिङ एजेन्सीलाई ५० हजार जरिवाना

काठमाडौं । पदयात्रासम्बन्धी कानुन उल्लङ्घन गरेर विदेशी पर्यटकलाई निषेधित क्षेत्रमा लैजान खोज्ने ट्रेकिङ एजेन्सीलाई रु ५० हजार जरिवाना गरिएको छ । बेल्जियमका दुई नागरिकलाई पदयात्रा अनुमति नलिई डोल्पोबुद्ध गाउँपालिकातर्फ लैजान खोजेको आरोपमा गरिमा भ्वायज ट्राभल्स टुर्स एण्ड ट्रेक्स प्रालिलाई अध्यागमन ऐन, २०४९ को दफा १०(४) बमोजिम जरिवाना गरिएको अध्यागमन विभागले जनाएको छ । जिल्ला प्रशासन कार्यालय डोल्पाबाट प्राप्त पत्र र घटनासम्बन्धी विवरण ...

केन्द्रबिन्दु
विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल
Latest NewsJust now

विगतको समीक्षा नगरी एमालेको आगामी यात्रा सहज छैन : शङ्कर पोखरेल

• नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले पार्टीको विगतको अनुभवको समीक्षा गरेर आगामी कार्यभार तय गर्नुपर्ने बताएका छन्। • उनले २०८२ सालका घटनाले पार्टीको भविष्यमा गम्भीर प्रश्न खडा गरेको र मुलुकको राजनीति प्रतिगमनतर्फ उन्मुख भइरहेको विश्लेषण गरेका छन्। • पोखरेलले भूराजनीतिक चुनौतीको सामना गर्न योजना बनाउँदै अघि बढ्ने प्रयास गरिएको उल्लेख गरेका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play