Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी नियुक्तिबारे ओलीको व्यङ्ग्य : ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला’
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) परिवर्तन गरी नयाँ नियुक्ति गरेको विषयमा व्यङ्ग्यात्मक टिप्पणी गरेका छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले सरकारले आफूहरूले भनेको मान्ने व्यक्ति भएकै कारण नयाँ आईजीपी नियुक्त गरेको हुन सक्ने बताएका हुन्। सरकारले प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई पदबाट हटाएर एआईजी डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गर्ने निर्णयसमेत गरेको थियो। सरकारको निर्णयबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा ओलीले भने, ‘उनीहरूले भनेको मान्ने मान्छे भनेर नयाँ नियुक्ति गरेको होला।’ यसैबीच, ओलीले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग मंगलबार राम्रो कुराकानी भएको जानकारी दिएका छन्। थापासँगको भेटवार्ताबारे सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘गगनकुमार थापासँग राम्रो कुराकानी भयो, राजनीतिक कुराहरू भए।’ उनले थापासँग राजनीतिक विषयमा कुराकानी भएको बताए। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाँके र बर्दियाका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो
Latest NewsJust now

बाँके र बर्दियाका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

काठमाडाैँ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकी अलपत्र अवस्थामा रहेका बाँके र बर्दियाका तीन वटा विकास आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत नेपालगञ्ज डिभिजनबाट सञ्चालित आयोजनाहरूको काम पटक–पटक म्याद... ...

रातोपाटी
नेपाल प्रत्यायन केन्द्र औपचारिक सञ्चालनमा
Latest NewsJust now

नेपाल प्रत्यायन केन्द्र औपचारिक सञ्चालनमा

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १८ गते । नेपाली उद्योगहरूलाई प्रतिस्पर्धी बनाउनुका साथै उपभोक्तालाई गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले स्थापित ‘ने... ...

गोरखापत्र
विश्वभर ८३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा, पारिश्रमिक र सुरक्षामा विभेद : आईएलओ
Latest NewsJust now

विश्वभर ८३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा, पारिश्रमिक र सुरक्षामा विभेद : आईएलओ

आईएलओको प्रतिवेदनअनुसार घरेलु श्रमिकलाई औपचारिक रोजगारीमा ल्याउन केही प्रगति भए पनि ६ करोड ६५ लाख श्रमिक अझै श्रम अधिकार र सामाजिक सुरक्षाबाट वञ्चित छन् । ...

कान्तिपुर
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
Latest NewsJust now

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play