Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल आयल निगमले आफ्नो सम्पूर्ण कारोबारलाई एउटै एकीकृत डिजिटल प्रणालीमा आबद्ध गर्ने उद्देश्यले सञ्चालन गरेको इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) परियोजना अन्तिम चरणमा पुगेको छ। परियोजनाका प्रमुख प्रदीपकुमार यादवका अनुसार करिब रु २२ करोड ८७ लाखको यो परियोजनाको पहिलो चरण कार्यान्वयनमा आएसँगै निगमको पेट्रोलियम पदार्थको खरिद, बिक्री, वितरण, भण्डारण, वित्त, लेखा तथा कर्मचारी व्यवस्थापनलगायतका काम डिजिटल प्रणालीबाट सञ्चालन हुन थालेका छन् । सो परियोजनाको परामर्शदाता काठमाडौँ विश्वविद्यालयको युनिभर्सिटी कन्सल्टले यही कात्तिक १७ गते प्रतिवेदन बुझाएपछि निगमले परियोजना समापन तथा हस्तान्तरणको प्रक्रिया अघि बढाएको हो। इआरपी प्रणाली कार्यान्वयनसँगै निगमका देशभरका एक हजार ५०० भन्दा बढी डिलर, ६० बोटलर तथा एयरलाइन्स र तिनका एजेन्टले निगमका डिपोमा भौतिक रूपमा उपस्थित नभई अनलाइनबाटै पेट्रोलियम पदार्थको माग प्रविष्ट गर्न, डिजिटल भुक्तानी गर्न तथा आफ्नो कारोबारको विवरण हेर्न सक्ने सुविधा पाएको आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख यादवले जानकारी दिए। यसअघि निगमका अधिकांश कारोबार कागजी प्रक्रिया र भौतिक उपस्थितिमा आधारित थिए । नयाँ प्रणालीले ती प्रक्रियालाई एकीकृत डिजिटल प्रणालीमा रूपान्तरण गरेको छ। वार्षिक करिब रु तीन खर्बको कारोबार गर्ने निगमका लागि यो प्रणालीलाई व्यवस्थापन, पारदर्शिता र कार्यक्षमताका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । सबै विभागको कारोबार एउटै प्रणालीमा इआरपी प्रणालीले निगमको बिक्री, वितरण, वित्त, लेखा, खरिद, भण्डारण, सम्पत्ति व्यवस्थापन तथा मानव संसाधनसम्बन्धी कामलाई एउटै सफ्टवेयरमा जोडेको छ । एउटा विभागले प्रविष्ट गरेको तथ्याङ्क अर्को विभागले तत्काल प्राप्त गर्न सक्ने भएकाले दोहोरो कामको अन्त्य, तथ्याङ्कको शुद्धतामा वृद्धि र छिटो निर्णय प्रक्रियामा सहयोग पुग्ने निगमको अपेक्षा छ । जर्मनीको एसएपी कम्पनीले विकास गरेको एसएपी बिजनेस वन प्रविधिमा आधारित यो प्रणाली एसएपी हाना डाटाबेसमा सञ्चालन हुन्छ । ठूलो परिमाणको तथ्यांक छिटो प्रशोधन गर्न सक्ने यस प्रणालीलाई बैंकिङ तथा डिपो सञ्चालनलगायत अन्य प्रणालीसँग पनि जोड्न सकिन्छ । प्रणाली सार्वजनिक इन्टरनेटबाट प्रत्यक्ष पहुँचयोग्य नभई आन्तरिक इन्ट्रानेटमार्फत सञ्चालन हुने व्यवस्था गरिएको छ । यसको तथ्याङ्क लिनक्समा आधारित सर्भरमा राखिएको छ । पहुँच नियन्त्रण, नेटवर्क सुरक्षा, गतिविधि अनुगमन, नियमित अद्यावधिक तथा सुरक्षा परीक्षणलाई समेत प्राथमिकता दिइएको निगमले जनाएको छ । कर्मचारीदेखि विमानमा इन्धन भर्नेसम्म डिजिटल इआरपी परियोजनाअन्तर्गत बिक्री तथा वितरण, मानव संसाधन सूचना प्रणाली, वित्त, सम्पत्ति, ट्रेजरी र लेखा व्यवस्थापनका प्रमुख प्रणाली सञ्चालनमा आएका छन् । नेपाल क्लियरिङ हाउस लिमिटेडसँगको एकीकरणपछि कनेक्ट आइपीएसमार्फत हुने भुक्तानी सिधै इआरपी प्रणालीमा अद्यावधिक हुने व्यवस्था गरिएको छ । यसबाट निगमको आम्दानीतर्फको भुक्तानी प्रक्रिया डिजिटल बनेको छ । भारतीय आयल कर्पोरेसनसँग पनि जोडिँदै निगमले आफ्नो प्रणालीलाई भारतीय आयल कर्पोरेसन (आइओसी)सँग जोड्ने कामसमेत अघि बढाएको छ । दुई संस्थाबीचको प्रणाली एकीकरणको विकास तथा परीक्षण सम्पन्न भइसकेको छ । हाल आइओसीको मुम्बई कार्यालयबाट अन्तिम स्वीकृतिको प्रतीक्षा भइरहेको निगमले जनाएको छ । स्वीकृति प्राप्त भएपछि निगमले आइओसीमा स्वचालित खरिद आदेश पठाउन, ट्याङ्करको इन्डेन्ट स्वचालित रूपमा गर्न तथा आइओसीबाट जारी हुने बिजक वास्तविक समयमै आफ्नो प्रणालीमा प्राप्त गर्न सक्नेछ । रासस The post तीन खर्बको कारोबार डिजिटल बनाउँदै आयल निगम, इआरपी परियोजना अन्तिम चरणमा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एप्पल आईफोनको माग अत्यधिक, सेप्टेम्बर त्रैमासिकमा विश्वव्यापी रूपमा अहिलेसम्मकै सर्वाधिक राजस्व आर्जन
TechnologyJust now

एप्पल आईफोनको माग अत्यधिक, सेप्टेम्बर त्रैमासिकमा विश्वव्यापी रूपमा अहिलेसम्मकै सर्वाधिक राजस्व आर्जन

सेप्टेम्बर त्रैमासिकमा आईफोन निर्माता एप्पलले निकै राम्रो प्रदर्शन गर्‍यो। यस अवधिमा कम्पनीले ११४.४८ अर्ब डलरको राजस्व आर्जन गर्यो, जुन गत वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले बढी हो। यस समयमा कम्पनीले ३०.७ अर्ब डलरको खुद नाफा कमायो, जुन अघिल्लो वर्षको तुलनामा ११.६३ प्रतिशतको वृद्धि हो। यस राजस्वमा आईफोनको बलियो बिक्रीको मुख्य योगदान रह्यो, साथै सेवा व्यवसायले पनि अघिल्लो वर्षको तुलनामा उत्कृष्ट ...

टेक्नोलोजी खबर
सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, अब बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै
TechnologyJust now

सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, अब बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै

सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ विद्युतीय खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याएको छ। पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि रोकिएको सार्वजनिक खरिदसम्बन्धी सूचना प्रकाशन तथा बोलपत्र प्रक्रियालाई नयाँ प्रणालीमार्फत अघि बढाउन कार्यालयले सार्वजनिक निकाय, बोलपत्रदाता र आपूर्तिकर्तालाई आग्रह गरेको छ। कार्यालयले कात्तिक मंगलबार जारी गरेको सूचनाअनुसार नयाँ प्रणाली सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमार्फत तयार गरिएको हो। पुरानो ई–जीपी प्रणालीमा सुरक्षा जोखिम देखिएपछि ...

टेक्नोलोजी खबर
ई–जीपी (बोलपत्र) प्रणाली सुधारसहित पुनः सञ्चालनमा: हार्डकपीमा पनि प्रस्ताव बुझाउन सकिने
TechnologyJust now

ई–जीपी (बोलपत्र) प्रणाली सुधारसहित पुनः सञ्चालनमा: हार्डकपीमा पनि प्रस्ताव बुझाउन सकिने

१८ असोज, काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) सुधार गरी कात्तिक १७, २०८३ देखि पुनः सञ्चालनमा ल्याएको छ। सुरक्षा जोखिमका कारण गत भदौ ११ गतेदेखि स्थगित गरिएको उक्त प्रणालीलाई सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (SDOC) र PPMO ले पूर्ण रूपमा स्वदेशी प्रविधिमा आधारित (Sovereign […] The post ई–जीपी (बोलपत्र) प्रणाली ...

आइसिटी फ्रेम
स्पेसएक्सले स्टारलिंकलाई पूर्ण मोबाइल सेवा प्रदायक बनाउन बुस्ट मोबाइल अधिग्रहण गर्ने सम्भावना
TechnologyJust now

स्पेसएक्सले स्टारलिंकलाई पूर्ण मोबाइल सेवा प्रदायक बनाउन बुस्ट मोबाइल अधिग्रहण गर्ने सम्भावना

स्पेसएक्सले स्टारलिंक मोबाइललाई अमेरिकाको पूर्ण मोबाइल सेवा प्रदायक बनाउने आफ्नो योजना लुकाएको छैन। गत महिना कम्पनीले यो योजना अघि बढाउन थप रेडियो फ्रिक्वेन्सी (स्पेक्ट्रम) पनि खरिद गरेको थियो। तर कम्पनीसँग अझै पनि जमिनमा आधारित मोबाइल नेटवर्क छैन। गत साता टी-मोबाइलका प्रमुख कार्यकारी अधिकृतले आफ्नो कम्पनीको नेटवर्कमा स्टारलिंक मोबाइललाई सेवा सञ्चालन गर्न नदिने स्पष्ट पारेका थिए। अब नयाँ रिपोर्टअनुसार इलन मस्कले यो ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play