Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, अब बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै

Share:WhatsAppFacebookX (Twitter)Telegram
सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, अब बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै
Photo / Coverage: टेक्नोलोजी खबर

सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ विद्युतीय खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याएको छ। पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि रोकिएको सार्वजनिक खरिदसम्बन्धी सूचना प्रकाशन तथा बोलपत्र प्रक्रियालाई नयाँ प्रणालीमार्फत अघि बढाउन कार्यालयले सार्वजनिक निकाय, बोलपत्रदाता र आपूर्तिकर्तालाई आग्रह गरेको छ। कार्यालयले कात्तिक मंगलबार जारी गरेको सूचनाअनुसार नयाँ प्रणाली सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमार्फत तयार गरिएको हो। पुरानो ई–जीपी प्रणालीमा सुरक्षा जोखिम देखिएपछि २०८३ भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको थियो। नयाँ प्रणाली सञ्चालनमा आएसँगै पहिलो चरणमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले प्रणालीमा तोकिएबमोजिमका काम गर्नुपर्ने कार्यालयले जनाएको छ। सूचनाअनुसार नयाँ प्रणालीमा सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्ताले मात्र दर्ता गर्नुपर्नेछ। कात्तिक १७ गतेदेखि सबै सार्वजनिक निकायले निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्रसम्बन्धी सूचना यही प्रणालीमार्फत मात्र प्रकाशन गर्नुपर्नेछ। त्यस्तै, निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रिय बोलपत्रमा प्रस्ताव पेस गर्ने बोलपत्रदाता तथा आपूर्तिकर्ताले तोकिएको समयभित्र अनलाइन वा कार्यालयमै हार्डकपीमार्फत प्रस्ताव पेस गर्न सक्ने व्यवस्था गरिएको छ। बोलपत्र खोल्ने (ओपनिङ) तथा मूल्याङ्कनको काम भने विद्युतीय खरिद प्रणालीमार्फत नै गर्नुपर्नेछ। हार्डकपीमार्फत पेस भएका बोलपत्र प्रस्तावको अभिलेख मुचुल्का र मूल्याङ्कन प्रतिवेदनमा समेत उल्लेख गर्न कार्यालयले निर्देशन दिएको छ। यस व्यवस्थाले बोलपत्रसम्बन्धी सूचना प्रकाशन, प्रस्ताव पेस गर्ने तथा मूल्याङ्कन प्रक्रियालाई एउटै विद्युतीय प्रणालीमा समेट्नेछ। यद्यपि, प्रस्ताव पेस गर्ने क्रममा अनलाइनसँगै हार्डकपीको विकल्प पनि खुला राखिएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ प्रणालीको प्रयोगसम्बन्धी व्यवस्थालाई कार्यान्वयनमा ल्याउन सबै सार्वजनिक निकाय, बोलपत्रदाता तथा आपूर्तिकर्तालाई अनुरोध गरेको छ। The post सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, अब बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
ई–जीपी (बोलपत्र) प्रणाली सुधारसहित पुनः सञ्चालनमा: हार्डकपीमा पनि प्रस्ताव बुझाउन सकिने
TechnologyJust now

ई–जीपी (बोलपत्र) प्रणाली सुधारसहित पुनः सञ्चालनमा: हार्डकपीमा पनि प्रस्ताव बुझाउन सकिने

१८ असोज, काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) सुधार गरी कात्तिक १७, २०८३ देखि पुनः सञ्चालनमा ल्याएको छ। सुरक्षा जोखिमका कारण गत भदौ ११ गतेदेखि स्थगित गरिएको उक्त प्रणालीलाई सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (SDOC) र PPMO ले पूर्ण रूपमा स्वदेशी प्रविधिमा आधारित (Sovereign […] The post ई–जीपी (बोलपत्र) प्रणाली ...

आइसिटी फ्रेम
स्पेसएक्सले स्टारलिंकलाई पूर्ण मोबाइल सेवा प्रदायक बनाउन बुस्ट मोबाइल अधिग्रहण गर्ने सम्भावना
TechnologyJust now

स्पेसएक्सले स्टारलिंकलाई पूर्ण मोबाइल सेवा प्रदायक बनाउन बुस्ट मोबाइल अधिग्रहण गर्ने सम्भावना

स्पेसएक्सले स्टारलिंक मोबाइललाई अमेरिकाको पूर्ण मोबाइल सेवा प्रदायक बनाउने आफ्नो योजना लुकाएको छैन। गत महिना कम्पनीले यो योजना अघि बढाउन थप रेडियो फ्रिक्वेन्सी (स्पेक्ट्रम) पनि खरिद गरेको थियो। तर कम्पनीसँग अझै पनि जमिनमा आधारित मोबाइल नेटवर्क छैन। गत साता टी-मोबाइलका प्रमुख कार्यकारी अधिकृतले आफ्नो कम्पनीको नेटवर्कमा स्टारलिंक मोबाइललाई सेवा सञ्चालन गर्न नदिने स्पष्ट पारेका थिए। अब नयाँ रिपोर्टअनुसार इलन मस्कले यो ...

टेक्नोलोजी खबर
नाडाद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण
TechnologyJust now

नाडाद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण

१८ असोज, काठमाडौं। आज कार्तिक १८ गते, बुधबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी नाडाका समसामयिक विषयहरूमा छलफल गरेको छ। उक्त भेटघाटका क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय, […] The post नाडाद्वारा काठमाडौं जिल्ला ...

आइसिटी फ्रेम
एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
TechnologyJust now

एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

१८ असोज, काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् । एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका […] The post एनपीएलमा हालसम्म ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play