Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

६ महिनामै त्रिविको ७०५ रोपनी जग्गा फिर्ता ल्याएका छौं : मन्त्री पोखरेल

Share:WhatsAppFacebookX (Twitter)Telegram
६ महिनामै त्रिविको ७०५ रोपनी जग्गा फिर्ता ल्याएका छौं : मन्त्री पोखरेल
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय (त्रिवि) को काठमाडौं उपत्यकाभित्र रहेको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको बताएका छन्। मन्त्री पोखरेलले बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत मन्त्रालयको पहलमा ६ महिनाको अवधिमा उक्त जग्गा फिर्ता ल्याउन सफल भएको जानकारी दिएका हुन्। मन्त्रालयको जिम्मेवारी सम्हालेकै दिनदेखि त्रिविको गुमेको गरिमा फर्काउन र विश्वविद्यालयको सम्पत्ति संरक्षण गर्न दृढ कदम चाल्ने संकल्प लिएको उनले बताएका छन्। वर्षौंदेखि ओझेलमा परेको र अव्यवस्थित बनेको त्रिविको जग्गा फिर्ता ल्याउने कामलाई उच्च प्राथमिकतामा राखिएको उनको भनाइ छ। मन्त्रालयको नेतृत्व सम्हालेपछि अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भएका जग्गा खाली गराउन निर्देशन दिएको उनले उल्लेख गरेका छन्। सोहीअनुसार त्रिवि प्रशासनले सम्बन्धित पक्षलाई पत्राचार गरेको र निरन्तर समन्वय, प्रशासनिक पहल तथा दृढ इच्छाशक्तिका कारण ६ महिनामै करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याउन सफल भएको उनले बताएका छन्। फिर्ता ल्याइएको जग्गा विश्वविद्यालयको शैक्षिक वातावरण सुधार, गुणस्तरीय शिक्षा प्रदान तथा अत्याधुनिक अनुसन्धान केन्द्र र शैक्षिक पूर्वाधार निर्माणमा उपयोग गरिने मन्त्री पोखरेलले बताएका छन्। उक्त जग्गा अब पूर्ण रूपमा त्रिविकै हितमा प्रयोग हुने उनको भनाइ छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु
Latest NewsJust now

कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे लामो झरना खोलामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो झरनाबाट फर्किने क्रममा पश्चिम बंगालको नम्बर प्लेट भएको डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको थियो । दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनको राहदानी फेला परेको ...

कर्पोरट खबर
तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद
Latest NewsJust now

तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

सिराज खान नेपालगन्ज, कात्तिक १८ गते । भारतीय सीमानामा रहेको बाँके जिल्लामा लागुऔषध कारोबार तथा ओसारपसारका घटना निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । पछिल्ल... ...

गोरखापत्र
मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’
Latest NewsJust now

मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारले बहुमत गुमाइसकेको निष्कर्षमा पुग्नु हतार हुने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेस प्रदेश सरकारको भविष्य र आगामी रणनीतिबारे प्रदेश संसदीय दल तथा प्रदेश कार्यसमितिको निर्णय नै निर्णायक हुने स्पष्ट पार्नुभयो । मधेस प्रदेश सरकारमा देखिएको अस्थिरता र केही दल सरकारबाट बाहिरिने क्रम चलिरहेका ...

हिमालय टाइम्स
वर्षौँदेखिको प्रयास अब कानुनी बाटोमा
Latest NewsJust now

वर्षौँदेखिको प्रयास अब कानुनी बाटोमा

काठमाडौँ । नेपालमा गाँजाखेतीलाई वैधानिक मान्यता दिनुपर्ने आवाज उठ्न थालेको वर्षौँ बितिसकेको छ । राजनीतिक वृत्त, संसद् र सडकदेखि प्राज्ञिक बहससम्म सीमित रहेको यो विषयले अब भने ठोस कानुनी बाटो तय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play