Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

स्पेसएक्सले स्टारलिंकलाई पूर्ण मोबाइल सेवा प्रदायक बनाउन बुस्ट मोबाइल अधिग्रहण गर्ने सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्पेसएक्सले स्टारलिंकलाई पूर्ण मोबाइल सेवा प्रदायक बनाउन बुस्ट मोबाइल अधिग्रहण गर्ने सम्भावना
Photo / Coverage: टेक्नोलोजी खबर

स्पेसएक्सले स्टारलिंक मोबाइललाई अमेरिकाको पूर्ण मोबाइल सेवा प्रदायक बनाउने आफ्नो योजना लुकाएको छैन। गत महिना कम्पनीले यो योजना अघि बढाउन थप रेडियो फ्रिक्वेन्सी (स्पेक्ट्रम) पनि खरिद गरेको थियो। तर कम्पनीसँग अझै पनि जमिनमा आधारित मोबाइल नेटवर्क छैन। गत साता टी-मोबाइलका प्रमुख कार्यकारी अधिकृतले आफ्नो कम्पनीको नेटवर्कमा स्टारलिंक मोबाइललाई सेवा सञ्चालन गर्न नदिने स्पष्ट पारेका थिए। अब नयाँ रिपोर्टअनुसार इलन मस्कले यो समस्या समाधान गर्ने उपाय फेला पारेका हुन सक्छन्। त्यसका लागि उनले बुस्ट मोबाइललाई रोजेका छन्। स्पेसएक्सले पछिल्ला केही महिनामा बुस्ट मोबाइलको मूल कम्पनी इकोस्टारसँग सम्भावित सम्झौताबारे छलफल गरेको बताइएको छ। मस्कले अक्टोबरमा इकोस्टारका अध्यक्ष चार्ली एर्गेनसँग व्यक्तिगत रूपमा भेटेका थिए। सम्भावित सम्झौताअनुसार स्पेसएक्सले बुस्ट मोबाइल पूर्ण रूपमा खरिद गर्न वा यसको नेटवर्क प्रयोग गर्ने अनुमति लिन सक्छ। बुस्टले एटीएन्डटी र टी-मोबाइलबाट नेटवर्क भाडामा लिएर सेवा सञ्चालन गर्दै आएको छ। दुवैमध्ये जुनसुकै सम्झौता भए पनि स्पेसएक्सले परम्परागत मोबाइल टावरमार्फत सेवा उपलब्ध गराउन सक्नेछ। यसले हाल स्याटेलाइटको सिग्नल पर्याप्त बलियो नभएका घरभित्र र सहरी क्षेत्रमा पनि मोबाइल सेवा सञ्चालन गर्न मद्दत गर्नेछ। जीएसएमएरिनाका अनुसार रिपोर्टअनुसार मस्कले अमेरिकाका तीन ठूला मोबाइल सेवा प्रदायक भेरिजोन, एटीएन्डटी र टी-मोबाइलका प्रमुखहरूलाई आफ्नो नेटवर्क प्रयोग गर्न दिन आग्रह गरेका थिए। तर तीनै कम्पनीले अस्वीकार गरेका थिए। यसमा टी-मोबाइल मात्र नभई अन्य दुई कम्पनी पनि सहमत भएका थिएनन्। तर यसले मस्कलाई फेरि समस्या पार्न सक्छ। सामान्यतया मोबाइल सेवा प्रदायकले अर्को कम्पनीबाट नेटवर्क भाडामा लिँदा गरिएको सम्झौता नेटवर्क उपलब्ध गराउने कम्पनीको अनुमति बिना नयाँ मालिकलाई हस्तान्तरण गर्न मिल्दैन। त्यसैले बुस्टमार्फत स्पेसएक्सले सेवा सुरु गर्नुअघि एटीएन्डटी र टी-मोबाइल दुवैको स्वीकृति आवश्यक पर्न सक्छ। तर उनीहरूले यस्तो अनुमति दिने सम्भावना कम देखिएको छ। गत अगस्टमा स्पेसएक्सले अमेरिकी दूरसञ्चार बजारमा प्रवेश गर्दै एटीएन्डटी, टी-मोबाइल र भेरिजोनसँग प्रतिस्पर्धा गर्ने योजना सार्वजनिक गरेको थियो। हालैको आम्दानीसम्बन्धी छलफलमा स्पेसएक्सका प्रमुख वित्तीय अधिकृत ब्रेट जोनसनले कम्पनीको लक्ष्य “अमेरिकाको प्रमुख मोबाइल सेवा प्रदायकमध्ये एक बन्ने” रहेको बताएका थिए। कम्पनीले १२ हजारभन्दा बढी स्याटेलाइटलाई आम्दानीको नयाँ र ठूलो स्रोतमा परिणत गर्न पनि विस्तारित मोबाइल नेटवर्कलाई माध्यमका रूपमा हेरेको बताइएको छ। भेराइजनका प्रमुख कार्यकारी अधिकृतले स्पेसएक्सलाई आवश्यक पूर्वाधार निर्माण गर्न चारदेखि छ वर्ष लाग्ने अनुमान गरेका छन्। तर मस्कले भने त्यसको करिब आधा समयमै यो काम पूरा गर्न सकिने बताएका छन्। यद्यपि, मस्कले यसअघि सार्वजनिक गरेका समयसीमाभित्रै योजना पूरा गरेको उदाहरण भने कमै छन्। यस रिपोर्टबारे भेराइजन र इकोस्टारले टिप्पणी गर्न अस्वीकार गरेका छन्। स्पेसएक्स, एटीएन्डटी र टी-मोबाइलले भने कुनै प्रतिक्रिया नदिएका जीएसएमएरिनाले उल्लेख गरेको छ। The post स्पेसएक्सले स्टारलिंकलाई पूर्ण मोबाइल सेवा प्रदायक बनाउन बुस्ट मोबाइल अधिग्रहण गर्ने सम्भावना appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, अब बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै
TechnologyJust now

सार्वजनिक खरिदको नयाँ ई–जीपी प्रणाली सञ्चालनमा, अब बोलपत्रदेखि मूल्याङ्कनसम्म अनलाइनबाटै

सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ विद्युतीय खरिद प्रणाली (ई–जीपी) सञ्चालनमा ल्याएको छ। पुरानो प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि रोकिएको सार्वजनिक खरिदसम्बन्धी सूचना प्रकाशन तथा बोलपत्र प्रक्रियालाई नयाँ प्रणालीमार्फत अघि बढाउन कार्यालयले सार्वजनिक निकाय, बोलपत्रदाता र आपूर्तिकर्तालाई आग्रह गरेको छ। कार्यालयले कात्तिक मंगलबार जारी गरेको सूचनाअनुसार नयाँ प्रणाली सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रमार्फत तयार गरिएको हो। पुरानो ई–जीपी प्रणालीमा सुरक्षा जोखिम देखिएपछि ...

टेक्नोलोजी खबर
ई–जीपी (बोलपत्र) प्रणाली सुधारसहित पुनः सञ्चालनमा: हार्डकपीमा पनि प्रस्ताव बुझाउन सकिने
TechnologyJust now

ई–जीपी (बोलपत्र) प्रणाली सुधारसहित पुनः सञ्चालनमा: हार्डकपीमा पनि प्रस्ताव बुझाउन सकिने

१८ असोज, काठमाडौं। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालय (PPMO) ले सार्वजनिक खरिदको विद्युतीय प्रणाली (ई–जीपी) सुधार गरी कात्तिक १७, २०८३ देखि पुनः सञ्चालनमा ल्याएको छ। सुरक्षा जोखिमका कारण गत भदौ ११ गतेदेखि स्थगित गरिएको उक्त प्रणालीलाई सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र (SDOC) र PPMO ले पूर्ण रूपमा स्वदेशी प्रविधिमा आधारित (Sovereign […] The post ई–जीपी (बोलपत्र) प्रणाली ...

आइसिटी फ्रेम
नाडाद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण
TechnologyJust now

नाडाद्वारा काठमाडौं जिल्ला प्रशासन कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण

१८ असोज, काठमाडौं। आज कार्तिक १८ गते, बुधबार नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय, काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेटघाट गरी नाडाका समसामयिक विषयहरूमा छलफल गरेको छ। उक्त भेटघाटका क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत जिल्ला प्रशासन कार्यालय, […] The post नाडाद्वारा काठमाडौं जिल्ला ...

आइसिटी फ्रेम
एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा
TechnologyJust now

एनपीएलमा हालसम्म ११ अर्धशतक, सात अर्धशतक नेपाली खेलाडीको नाममा

१८ असोज, काठमाडौं। राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा हालसम्म १३ खेल सम्पन्न भएका छन् । जसमा ११ अर्अशतक प्रहार भएका छन् । शतक भने जारी सिजनमा हालसम्म कुनै पनि खेलाडीले जोड्न सकेका छैनन् । एघार अर्धशतकमा सात अर्धशतक भने नेपाली खेलाडीको नाममा रहेको छ । विराटनगर किङ्सका लोकेश बमले दुई अर्धशतक प्रहार गरिसकेका […] The post एनपीएलमा हालसम्म ...

आइसिटी फ्रेम
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play