Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन नेपाल टेलिकमको आग्रह

Share:WhatsAppFacebookX (Twitter)Telegram
खरिद प्रक्रियाबारे भ्रमपूर्ण समाचार नफैलाउन नेपाल टेलिकमको आग्रह
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल टेलिकमले आफ्नो खरिद प्रक्रियाबारे केही सञ्चारमाध्यममा प्रकाशित तथा प्रसारित समाचारहरू भ्रमपूर्ण र अपुष्ट रहेको भन्दै त्यस्ता समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ। कम्पनीले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत पछिल्लो समय विभिन्न सञ्चारमाध्यममा कम्पनीको खरिद प्रक्रियासम्बन्धी भ्रमपूर्ण तथा अपुष्ट समाचारहरू प्रकाशन तथा प्रसारण भइरहेकाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो । नेपाल टेलिकम कम्पनी ऐन, २०६३ अनुसार स्थापना भएको र दूरसञ्चार ऐन, २०५३ बमोजिम अनुमतिपत्र प्राप्त गरी देशभर गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको संस्था हो । कम्पनीले आफ्नो ऐतिहासिक पृष्ठभूमि, स्थापित प्रतिष्ठा, जनविश्वास तथा आमग्राहकको भरोसालाई सम्पत्तिका रूपमा लिएको जनाएको छ । कम्पनीका अनुसार प्रचलित ऐन, कानुन तथा पछिल्लो समय विकसित सुशासनका मूल्य र मान्यताअनुसार काम गर्दै आएको छ । सस्तो र भरपर्दो दूरसञ्चार सेवा सर्वसुलभ रूपमा सबै नागरिकलाई उपलब्ध गराउने तथा देशको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याउने उद्देश्यका साथ कम्पनी क्रियाशील रहेको विज्ञप्तिमा उल्लेख छ । सहरी क्षेत्रदेखि देशका अति विकट स्थानसम्म दूरसञ्चार सेवा विस्तार गर्दै आएको टेलिकमले नयाँ प्रविधि अवलम्बन, गुणस्तरीय सेवाको उपलब्धता, नेपाल सरकारको नीतिगत लक्ष्य प्राप्ति तथा कम्पनीको व्यावसायिकतालाई मध्यनजर गरी विभिन्न कार्य गर्दै आएको जनाएको छ । खरिद प्रक्रियाका सम्बन्धमा कम्पनीको आर्थिक विनियमावली, दूरसञ्चार उपकरण तथा सेवा खरिदसम्बन्धी कार्यविधि, सार्वजनिक खरिद ऐन र सार्वजनिक खरिद अनुगमन कार्यालयबाट जारी गरिएको स्ट्यान्डर्ड बिड डकुमेन्टका आधारमा आवश्यक खरिद प्रक्रिया अपनाइने कम्पनीले स्पष्ट पारेको छ । कम्पनीको खरिद प्रक्रियालगायत विषयमा समाचार प्रकाशन तथा प्रसारण गर्नुअघि आवश्यक आधिकारिक विवरण कम्पनीका प्रवक्ता, सूचना अधिकारी, सहप्रवक्ता एवं सूचना तथा प्रकाशन शाखाबाट सहज रूपमा उपलब्ध हुने पनि विज्ञप्तिमा जनाइएको छ । त्यसैले भ्रमपूर्ण समाचार सम्प्रेषण नगरी कम्पनीको प्रतिष्ठा, विकास तथा संस्थागत हित अभिवृद्धिमा सकारात्मक सहयोग पुर्‍याउन नेपाल टेलिकमले सञ्चारमाध्यमहरूसँग अपेक्षा गरेको छ । कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा आधिकारिक सूचना तथा विवरणका लागि सम्बन्धित निकायसँग सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु
Latest NewsJust now

कार खोलामा खस्दा भारतीय नागरिकको मृत्यु

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित जलविरे लामो झरना खोलामा कार खस्दा एक भारतीय नागरिकको मृत्यु भएको छ। बुधबार दिउँसो झरनाबाट फर्किने क्रममा पश्चिम बंगालको नम्बर प्लेट भएको डब्लुबी ०२ एपी ३४५८ नम्बरको कार अनियन्त्रित भई खोलामा खसेको थियो । दुर्घटनामा कार चालकको घटनास्थलमै मृत्यु भएको हो । मृतकको साथबाट भारतको पश्चिम बंगालस्थित कालिम्पोङ निवासी ४१ वर्षीय सायन्तन गायेनको राहदानी फेला परेको ...

कर्पोरट खबर
तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद
Latest NewsJust now

तीन महिनामा चार किलोभन्दा बढी ब्राउनसुगर बरामद

सिराज खान नेपालगन्ज, कात्तिक १८ गते । भारतीय सीमानामा रहेको बाँके जिल्लामा लागुऔषध कारोबार तथा ओसारपसारका घटना निरन्तर बढ्दै गएको जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क छ । पछिल्ल... ...

गोरखापत्र
मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’
Latest NewsJust now

मधेस सरकारको भविष्यबारे काँग्रेस लचिलोः ‘अहिले नै बहुमत गुमेको भन्नु हतार हुन्छ’

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले मधेस प्रदेश सरकारले बहुमत गुमाइसकेको निष्कर्षमा पुग्नु हतार हुने बताउनुभएको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले मधेस प्रदेश सरकारको भविष्य र आगामी रणनीतिबारे प्रदेश संसदीय दल तथा प्रदेश कार्यसमितिको निर्णय नै निर्णायक हुने स्पष्ट पार्नुभयो । मधेस प्रदेश सरकारमा देखिएको अस्थिरता र केही दल सरकारबाट बाहिरिने क्रम चलिरहेका ...

हिमालय टाइम्स
वर्षौँदेखिको प्रयास अब कानुनी बाटोमा
Latest NewsJust now

वर्षौँदेखिको प्रयास अब कानुनी बाटोमा

काठमाडौँ । नेपालमा गाँजाखेतीलाई वैधानिक मान्यता दिनुपर्ने आवाज उठ्न थालेको वर्षौँ बितिसकेको छ । राजनीतिक वृत्त, संसद् र सडकदेखि प्राज्ञिक बहससम्म सीमित रहेको यो विषयले अब भने ठोस कानुनी बाटो तय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play