Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
‘मिनि संसदमा’ उठ्यो पत्रकार धरपकड र विचौलिया इनम सापकोटा प्रकरणः छानबिन समिति गठन गरी अनुसन्धान गर्न माग
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। नेपाली कांग्रेसकी सांसद नीनुकुमारी कर्णले पत्रकारमाथि भएको धरपकड, विचौलिया इनम सापकोटासँग न्यायाधीशहरूको नाम जोडिएको प्रकरण र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारसँग सम्बन्धित अडियो प्रकरणको छानबिन गर्न सरकारसँग माग गरेकी छन्। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै सांसद कर्णले पत्रकारमाथि समाचार कक्षमै पुगेर भएको धरपकडको निन्दा गर्दै घटनाबारे छानबिन गर्न माग गरेकी हुन्। प्रहरी सञ्चारगृहमा पुगेर पत्रकारलाई पक्राउ गर्ने तर गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयको सचिवालयले घटनाबारे अनभिज्ञता प्रकट गर्ने अवस्था देखिएको भन्दै उनले सरकारसँग जवाफ माग गरिन्। आगामी दिनमा सञ्चारमाध्यम र पत्रकारलाई आतंकित पार्ने गतिविधि नगर्न पनि उनले चेतावनी दिइन्। “प्रहरी पत्रकारलाई समात्न मिडिया हाउसमा पुग्छ, मिडियाकर्मीलाई समातेर लैजान्छ र गृह मन्त्रालय तथा प्रधानमन्त्री कार्यालयको सचिवालयले थाहा छैन भनेर सामाजिक सञ्जालबाटै बाहिर लेख्छ। यो के हो ?” उनले प्रश्न गरिन्। समाचारको सत्यतथ्य लेख्ने सञ्चारमाध्यमलाई आतंकित पार्ने गतिविधि किन भइरहेको छ भन्ने विषयमा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ थियो। त्यसैगरी, न्यायालयमाथि सामाजिक सञ्जालमार्फत नेतृत्व तहकै व्यक्तिहरूबाट आक्रमणको प्रयास भइरहेको भन्दै सांसद कर्णले आपत्ति जनाइन्। ३० वर्षीय इनम सापकोटासँग जोडिएका विषयले न्यायालयमाथि गम्भीर प्रश्न उठाएको उल्लेख गर्दै उनले सापकोटा र उनीसँग सम्बन्धित भनिएका न्यायाधीशहरूको भूमिकाबारे छानबिन गर्न समिति गठन गर्न माग गरिन्। उनले न्यायालयसँग सम्बन्धित विषयमा सार्वजनिक भइरहेका प्रश्नहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने बताउँदै समिति सभापतिमार्फत सरकारको ध्यानाकर्षण गराइन्। बैठकमा सांसद कर्णले रास्वपाका सांसद खगेन्द्र सुनारसँग जोडिएको अडियो प्रकरणको अनुसन्धानबारे पनि प्रश्न उठाइन्। उक्त प्रकरणमा पूर्वराज्यमन्त्रीको नामसमेत जोडिएको र सार्वजनिक अडियोमा आपत्तिजनक शब्दहरू रहेको उल्लेख गर्दै उनले अनुसन्धानको प्रगति विवरण सार्वजनिक गर्न माग गरिन्। उच्च पदमा रहेका व्यक्तिहरूलाई उन्मुक्ति दिन नहुने भन्दै उनले सांसद सुनारमाथि समेत यथाशीघ्र कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरिन्। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाँके र बर्दियाका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो
Latest NewsJust now

बाँके र बर्दियाका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो

काठमाडाैँ। निर्धारित समयमा निर्माण कार्य सम्पन्न हुन नसकी अलपत्र अवस्थामा रहेका बाँके र बर्दियाका तीन वटा विकास आयोजनाको ठेक्का तोडिएको छ। पूर्वाधार विकास मन्त्रालयअन्तर्गत नेपालगञ्ज डिभिजनबाट सञ्चालित आयोजनाहरूको काम पटक–पटक म्याद... ...

रातोपाटी
नेपाल प्रत्यायन केन्द्र औपचारिक सञ्चालनमा
Latest NewsJust now

नेपाल प्रत्यायन केन्द्र औपचारिक सञ्चालनमा

गोरखापत्र समाचारदाताकाठमाडौँ, कात्तिक १८ गते । नेपाली उद्योगहरूलाई प्रतिस्पर्धी बनाउनुका साथै उपभोक्तालाई गुणस्तरीय र सुरक्षित वस्तु तथा सेवा सुनिश्चित गर्ने उद्देश्यले स्थापित ‘ने... ...

गोरखापत्र
विश्वभर ८३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा, पारिश्रमिक र सुरक्षामा विभेद : आईएलओ
Latest NewsJust now

विश्वभर ८३ प्रतिशत घरेलु श्रमिक अनौपचारिक क्षेत्रमा, पारिश्रमिक र सुरक्षामा विभेद : आईएलओ

आईएलओको प्रतिवेदनअनुसार घरेलु श्रमिकलाई औपचारिक रोजगारीमा ल्याउन केही प्रगति भए पनि ६ करोड ६५ लाख श्रमिक अझै श्रम अधिकार र सामाजिक सुरक्षाबाट वञ्चित छन् । ...

कान्तिपुर
स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ
Latest NewsJust now

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

रौतहट । रौतहट प्रहरीले स्रोत नखुलेको ४४ लाख ६४ हजार ६०५ रुपैयाँ नगदसहित दुई जनालाई नियन्त्रणमा लिएको छ। भारतबाट नेपालतर्फ मोटरसाइकलमा लुकाएर ल्याउँदै गरेको ३० लाख रुपैयाँ र गौरस्थित एक व्यापारिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play