Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भारत तयार

Share:WhatsAppFacebookX (Twitter)Telegram
भोटेकोशी बाढीबाट क्षतिग्रस्त पूर्वाधार पुनर्निर्माणमा सहयोग गर्न भारत तयार
Photo / Coverage: पर्दाफास

भारतीय विदेश सचिव विक्रम मिस्रीले भोटेकोशी बाढीबाट क्षतिग्रस्त नेपालको पूर्वाधार पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न भारत तयार रहेको बताएका छन् । बुधबार नेपालको भ्रमणका क्रममा परराष्ट्र सचिव अमृतबहादुर राईसहितको नेपाली प्रतिनिधिमण्डलसँगको छलफलमा उनले बाढीबाट नेपालको पूर्वाधारमा ठूलो क्षति पुगेको उल्लेख गर्दै पुनर्निर्माणमा भारत सहयोग गर्न इच्छुक रहेको बताएका हुन् । यसअघि पनि यस विषयमा छलफल भएको स्मरण गराउँदै मिस्रीले नेपालले पुनर्निर्माण तथा पुनःस्थापनाको चरण अघि बढाउँदा आवश्यक सहयोग र परियोजनासम्बन्धी प्रस्तावबारे थप छलफल गर्न भारत तयार रहेको स्पष्ट पारे । नेपाल र भारतबीचको सम्बन्ध विशिष्ट रहेको उल्लेख गर्दै उनले दुवै देश सुख र दुःख दुवै परिस्थितिमा एकअर्काका साझेदार रहँदै आएको बताए । भोटेकोशी बाढीपछिको कठिन परिस्थितिमा भारतले सहयोग उपलब्ध गराएको पनि उनले स्मरण गरे । ‘भारत र नेपालबीच विभिन्न दृष्टिकोणबाट विशिष्ट सम्बन्ध रहेको छ । हामी सुख र दुःख दुवै परिस्थितिमा एकअर्काका साझेदार रहँदै आएका छौँ । विशेषगरी भोटेकोशीमा आएको बाढी र त्यसपछिको कठिन परिस्थितिमा यो सम्बन्धलाई व्यवहारमा देखाउने अवसर प्राप्त भयो । भारतले सहयोग उपलब्ध गराएको छ’, मिस्रीले भने । बाढीबाट नेपालको पूर्वाधारमा ठूलो क्षति र विनाश भएको उल्लेख गर्दै उनले पुनर्निर्माण तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग र परियोजनासम्बन्धी प्रस्तावमा भारतले विचार गर्ने बताए । ‘यस विषयमा प्रारम्भिक छलफल भइसकेको छ । नेपालका नेतृत्वसँग यसबारे थप विवरणसहित छलफल गर्न हामी इच्छुक छौँ’, उनले भने । दुई देशबीचका विभिन्न महत्त्वपूर्ण पहल तथा सहकार्यलाई अघि बढाउन दुवै पक्षका अधिकारीले गरेको कामको प्रशंसा गर्दै मिस्रीले लामो समयदेखि बाँकी रहेका विषय समाधान गर्नुका साथै अघि बढाइएका पहलको कार्यान्वयनमा पनि प्रगति भएको बताए । ‘यसका लागि दुवै पक्षका सहकर्मीहरू प्रशंसा र बधाईका पात्र हुनुहुन्छ । यसै सन्दर्भमा हामीलाई निरन्तर सहयोग प्रदान गर्नुभएकोमा तपाईं र तपाईंको टोलीलाई पनि धन्यवाद दिन चाहन्छु’, उनले भने । भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका सन्दर्भमा अघि बढाउनुपर्ने विभिन्न महत्त्वपूर्ण पहल तथा एजेन्डाबारे छलफल केन्द्रित हुने पनि मिस्रीले बताए । त्यसका लागि विस्तृत कार्यसूची तयार गरिएको र नेपाली पक्षसँग छलफल गर्न आफू उत्सुक रहेको उनको भनाइ छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिलो पटक गृहमन्त्रीले आईजीपीलाई लगाए फूली
OthersJust now

पहिलो पटक गृहमन्त्रीले आईजीपीलाई लगाए फूली

काठमाण्डु– नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन्। प्रहरी महानिरीक्षकलाई गृहमन्त्रीले नै दर्ज्यानी चिह्न लगाइदिएको यो पहिलो घटना हो। यसअघि प्रहरी महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने परम्परा थियो। सरकारले बुधबार नै केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा […] ...

काठमाण्डुपाटी
बलिउडकी नयाँ स्टार किड : को हुन् नोमिका सरन ?
OthersJust now

बलिउडकी नयाँ स्टार किड : को हुन् नोमिका सरन ?

बलिउडमा अहिले नयाँ पुस्ताका कलाकारप्रति दर्शकको चासो बढिरहेको छ । यसैबीच अभिनेत्री डिम्पल कपाडिया र दिवंगत अभिनेता राजेश खन्नाकी नातिनी नोमिका सरन पनि चर्चामा आउन थालेकी छिन् । सुन्दरता, आकर्षक व्यक्तित्व र फिल्मी परिवारसँगको सम्बन्धका कारण उनी बलिउडको नयाँ सम्भावित स्टार किडका रूपमा हेरिन थालेकी छिन् । राजेश खन्नाकी नातिनी नोमिका बलिउडका पहिलो सुपरस्टार मानिने… ...

अनलाइन खबर
आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न
OthersJust now

आइजीपीलाई दर्ज्यानी चिह्न प्रदानपछि गृहमन्त्रीको निर्देशन- नागरिक र प्रहरीबीचको ग्याप अब रहनुहुन्न

गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण गर्न तथा विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्न निर्देशन दिएका छन्। ...

अनलाइन खबर
नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान
OthersJust now

नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीलाई दर्ज्यानी चिह्न प्रदान

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) डा. मनोजकुमार केसीलाई गृहमन्त्री सुधन गुरुङले दर्ज्यानी चिह्न प्रदान गरेका छन्। बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा गृहमन्त्री गुरुङले केसीलाई प्रहरी महानिरीक्षकको दर्ज्यानी चिह्न लगाइदिएका हुन्। यसअघि नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षकलाई गृहसचिवले दर्ज्यानी चिह्न प्रदान गर्ने अभ्यास थियो। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गर्ने निर्णय गरेको थियो। प्रहरी नियमावली, २०७१ को ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play