Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्रीले संविधान मान्ने कि नमान्ने ? आफ्नो कित्ता स्पष्ट पार्नुस् : जेनजी अभियन्ता रक्षा बम

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्रीले संविधान मान्ने कि नमान्ने ? आफ्नो कित्ता स्पष्ट पार्नुस् : जेनजी अभियन्ता रक्षा बम
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १६ । जेनजी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीलाई संविधान, लोकतन्त्र र विधिको शासनप्रतिको आफ्नो प्रतिबद्धता स्पष्ट पार्न सार्वजनिक चुनौती दिनुभएको छ। उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीले संविधान र लोकतान्त्रिक शासन व्यवस्थालाई मान्ने कि नमान्ने भन्ने विषयमा आधिकारिक रूपमै आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गर्नुभएको हो। बमले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुभएको छ, “प्रधानमन्त्रीले संविधान मान्ने कि नमान्ने ? लोकतन्त्र र विधिको शासन मान्ने कि नमान्ने? आधिकारिक रूपमै आफ्नो कित्ता क्लियर पार्नुस्। अनि हेरौँला, तपाईंहरूको स्वेच्छाचारिताको कित्तामा को उभिन्छ र संविधानको कित्तामा को !” उहाँको यस अभिव्यक्तिले सरकारको कार्यशैली, संवैधानिक मर्यादा र लोकतान्त्रिक मूल्यप्रतिको प्रतिबद्धताबारे उठिरहेको बहसलाई थप सतहमा ल्याएको छ। विशेषगरी पछिल्लो समय सरकारका गतिविधि, प्रहरीको कार्यशैली तथा पत्रकार पक्राउ प्रकरणलाई लिएर सार्वजनिक वृत्तमा प्रश्न उठिरहेका बेला बमको यो टिप्पणी आएको हो। बमले आफ्नो अभिव्यक्तिमार्फत प्रधानमन्त्री तथा सरकारलाई संविधान र विधिको शासनको पक्षमा स्पष्ट उभिन आग्रह गर्नुभएको देखिन्छ। उहाँको भनाइको आशय सरकार सञ्चालनमा व्यक्तिको इच्छा र स्वेच्छाचारिताभन्दा संविधान, कानुन र लोकतान्त्रिक विधिलाई प्राथमिकता दिनुपर्छ भन्ने रहेको छ। लोकतान्त्रिक व्यवस्थामा सरकारको शक्ति संविधानबाट निर्देशित हुन्छ। प्रधानमन्त्रीसहित राज्यका सबै पदाधिकारी संविधान र कानुनप्रति उत्तरदायी हुनुपर्छ। त्यसैले संविधानको सर्वोच्चता, नागरिक स्वतन्त्रता र विधिको शासनको विषयमा सरकारको स्पष्ट धारणा र व्यवहार दुवै महत्त्वपूर्ण मानिन्छन्। बमको उक्त अभिव्यक्तिले प्रधानमन्त्रीको नेतृत्वमा रहेको सरकारको संवैधानिक प्रतिबद्धता र कार्यशैलीबारे सार्वजनिक बहसलाई थप तीव्र बनाएकाे छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालेनलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन
PoliticsJust now

बालेनलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन

नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको फेसबुक स्ट्याटसको जवाफ फेसबुकबाटै दिएका छन् । थापाले आफू कसैसँग नतर्सिने सन्देश दिएका हुन् । सोमबार साँझ ठीक ६ बजे फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले भनेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’ यसअघि आइतबार प्रधानमन्त्री शाहले पनि फेसबुकमा चेतावनीपूर्ण सन्देश लेखेका थिए । उनले भनेका थिए, ‘सही समय ...

फरकधार
चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य
PoliticsJust now

चितवनले सुदूरपश्चिमलाई दियो १३० रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबारको दोस्रो खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो । चितवनका लागि रवि बोपाराले सर्वाधिक ४९ रन बनाए । चौथो नम्बरमा ब्याटिङ गर्न आएका उनले ४० बलमा तीन चौका र दुई छक्काको ...

फरकधार
चितवनका बोपाराको १० हजार टी-२० रन पूरा
PoliticsJust now

चितवनका बोपाराको १० हजार टी-२० रन पूरा

इंग्ल्यान्डका अनुभवी अलराउन्डर रवि बोपाराले टी–२० क्रिकेटमा १० हजार रन पूरा गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन् । नेपाल प्रिमियर लिग (एनपिएल) इतिहासकै सर्वाधिक रन बनाउने खेलाडीसमेत रहेका बोपाराले आफूलाई रन बनाउन निकै मन पर्ने नेपालमै यो विशेष उपलब्धि हात पारेका हुन् । इंग्ल्यान्डका उत्कृष्ट ह्वाइट बल अलराउन्डरमध्ये एक मानिने बोपाराको यो उपलब्धिले जारी एनपिएलमा विदेशी स्टार खेलाडीहरूको अर्को ठूलो कीर्तिमान ...

फरकधार
बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’
PoliticsJust now

बालेनलाई गगनको जवाफ, ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’

काठमाण्डु- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन्। प्रधानमन्त्री शाहले राति सामाजिक सञ्जालमार्फत दिएको चेतावनीपूर्ण अभिव्यक्तिपछि थापाले जवाफ फर्काएका हुन्। थापाले बालेनको नाम नलिई साँझ ६ बजेको समय उल्लेख गर्दै ‘तर्साउने धेरै आए, तर्सिने बानी परेन’, उनले लेखेका छन्। थापाको यो अभिव्यक्तिलाई कांग्रेसको आधिकारिकता विवादसँग जोडेर हेरिएको […] ...

काठमाण्डुपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play