Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

गायिकाको आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा कलाकार पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
गायिकाको आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा कलाकार पक्राउ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । एक गायिकाको चरित्रहत्या गर्ने उद्देश्यले सामाजिक सञ्जालमा आपत्तिजनक भिडिओ सार्वजनिक गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा करिब ३५ वर्षीय कलाकार खगेन्द्र न्यौपाने रहेका छन् । जिल्ला प्रहरी कार्यालय कालिकोटका सूचना अधिकारी प्रहरी निरीक्षक वर्मा यादवका अनुसार उनलाई काठमाडौंमा नियन्त्रणमा लिएर थप अनुसन्धान तथा कारबाहीका लागि कालिकोट लगिएको छ । प्रहरीका अनुसार सामाजिक सञ्जालमा अहिले फैलिएको उक्त भिडिओ करिब अढाई वर्ष पुरानो हो । भिडिओ गायिका नाबालिग रहेको समयमा रेकर्ड गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक यादवले बताए । पीडित गायिकाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै आफू नाबालिग हुँदा आफ्नो बालमस्तिष्कको दुरुपयोग गरी उक्त सामग्री तयार पारिएको दाबी गरेकी छन् । उनले घटनाका कारण आफू गम्भीर मानसिक तनावमा परेको उल्लेख गर्दै आफ्नो कलाकारिता र भविष्य समाप्त पार्ने उद्देश्यले सामग्री फैलाइएको बताएकी छन् । मुख्य आरोपी पक्राउ परिसकेको जानकारी पाएको भन्दै उनले विगतको घटनामा आफूबाट समेत कमजोरी भएको स्वीकार गरेकी छन् । साथै, घटनालाई थप फैलाउन सहयोग पुग्ने गरी सामाजिक सञ्जालमा सामग्री शेयर, कमेन्ट वा प्रसार नगर्न उनले आग्रह गरेकी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उदयपुरमा साढे ७ हजार किलोभन्दा बढी गाँजा बरामद
Latest NewsJust now

उदयपुरमा साढे ७ हजार किलोभन्दा बढी गाँजा बरामद

काठमाण्डु– सशस्त्र प्रहरी बल, नेपालले उदयपुरबाट ७ हजार ८२६ किलो ८ सय ग्राम प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्यूरोको विशेष सूचनाका आधारमा कात्तिक १५ गते साँझ उदयपुरको बेलका नगरपालिका–८ स्थित दिवाजोर, मैनामैनी–कोशीपुल भित्री सडकखण्डमा गरिएको चेकजाँचका क्रममा उक्त परिमाणमा गाँजा बरामद गरिएको हो । सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स […] ...

काठमाण्डुपाटी
डा. गोविन्द केसीका माग र कार्यान्वयनको अवस्थामा के भन्छ सरकार ?
Latest NewsJust now

डा. गोविन्द केसीका माग र कार्यान्वयनको अवस्थामा के भन्छ सरकार ?

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले डा. गोविन्द केसीले उठाएका विभिन्न मागहरू र मन्त्रालयबाट हालसम्म भएका सम्झौताहरूको कार्यान्वयन अवस्थाबारे विस्तृत विवरण सार्वजनिक गरेको छ। चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि डा. केसीले राखेका मागहरू सम्बोधन गर्न सरकार सुरुदेखि नै पूर्ण रूपमा प्रतिबद्ध रहेको र उनले उठाएका अधिकांश विषयहरू कार्यान्वयनमा आइसकेको मन्त्रालयले स्पष्ट पारेको हाे । गेटामा न्यूनतम पूर्वाधार र मापदण्ड नपुगी ...

केन्द्रबिन्दु
मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज, तस्बिरहरू
Latest NewsJust now

मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज, तस्बिरहरू

काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत त्रिवि क्रिकेट मैदानमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबिचको खेल जारी छ । सुदूरपश्चिमले अहिले चितवनले दिएको १ सय ३० रनको लक्ष्य पछ्याइरहेको छ । ...

रातोपाटी
ई–जीपी प्रणालीमा ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राउ
Latest NewsJust now

ई–जीपी प्रणालीमा ठेक्काका विवरण हेरफेर गर्ने तीन जना पक्राउ

काठमाडौँ। सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई–जीपी (e-Government Procurement) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याई विभिन्न ठेक्काका विवरण हेरफेर गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।साइबर ब्यूरोका अनुसार पक्राउ परेका व्यक्तिहरूमाथि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play