नेपाली कांग्रेसका सभापति गगन थापाले प्रधानमन्त्री बालेन शाहको फेसबुक स्ट्याटसको जवाफ फेसबुकबाटै दिएका छन् । थापाले आफू कसैसँग नतर्सिने सन्देश दिएका हुन् । सोमबार साँझ ठीक ६ बजे फेसबुकमा छोटो स्ट्याटस लेख्दै थापाले भनेका छन्, ‘अहिले ठीक १८:०० बजेको छ। तर्साउने धेरै आए, तर्सिने बानी परेन।’ यसअघि आइतबार प्रधानमन्त्री शाहले पनि फेसबुकमा चेतावनीपूर्ण सन्देश लेखेका थिए । उनले भनेका थिए, ‘सही समय आएपछि, सबैको गलत समय आउँछ, एकदुई जना उम्किन्छु भनेर सपना नदेखे हुन्छ !’
बालेनलाई गगनको जवाफ- तर्साउने धेरै आए, तर्सिने बानी परेन

Read Complete Original Article
Published originally on फरकधार






