इतिहासलाई स्मरण गरेर मात्रै भविष्यको सिर्जना गर्न सकिन्छ : सी चिनफिङ

काठमाडौं, कात्तिक ५ । चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) केन्द्रीय समितिका महासचिव एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले इतिहासलाई स्मरण गरेर मात्रै भविष्यको सिर्जना गर्न सकिने बताउनुभएको छ । चीनले लाल सेनाको ‘लङ मार्च’ विजयको ९०औँ वार्षिकोत्सवका अवसरमा बिहीबार बेइजिङमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति सीले यस्तो बताउनुभएको हो । सम्बोधनका क्रममा उहाँले सम्पूर्ण पार्टी, सेना र देशका विभिन्न जातीय समुदायका जनतालाई पार्टीको केन्द्रीय समितिको नेतृत्वमा एकताबद्ध भएर ‘लङ मार्च’को भावनालाई अघि बढाउन आह्वान गर्नुभयो । “सम्पूर्ण पार्टी, सम्पूर्ण सेना र सम्पूर्ण देशका विभिन्न जातीय जनताले पार्टीको केन्द्रीय समितिको वरिपरि अझ नजिक भएर एकताबद्ध हुँदै महान् लङ मार्चको भावना प्रकट गर्नुपर्छ, निरन्तर प्रयास गर्दै अघि बढ्नुपर्छ, क्रान्तिकारी अग्रजहरूले सुरु गर्नुभएको महान् कार्यलाई निरन्तरता दिनुपर्छ र नयाँ लङ मार्चमा नयाँ चमक सिर्जना गर्नुपर्छ,” उहाँले भन्नुभयो । उक्त समारोहमा सीपीसी केन्द्रीय समितिको पोलिटब्युरो स्थायी समितिका सदस्यहरू ली छ्याङ, चाओ लेजी, वाङ हुनिङ, छाई छी, डिङ सुएसियाङ र ली सीका साथै चीनका उपराष्ट्रपति हान झेङ पनि सहभागी हुनुभएको थियो । यसै अवसरमा चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा लाल सेनाले गरेको ‘लङ मार्च’को विजयको ९०औँ वार्षिकोत्सवलाई लक्षित गरी चाइना मिडिया ग्रुपले बिहीबार बेइजिङ समयअनुसार राति ८ बजे विशेष सांस्कृतिक कार्यक्रम प्रसारण गर्ने कार्यक्रम रहेको छ । ‘लङ मार्चको महान् भावनालाई अघि बढाउँदै नयाँ युगको लङ मार्चमा अघि बढ्ने’ मूल नारासहित आयोजना गरिएको उक्त कार्यक्रममा लाल सेनाले गरेको कठिन तथा गौरवशाली यात्राको स्मरण गरिनेछ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

एनपिएलको टिकट मूल्य निर्धारण, आज रातिबाट बुकिङ खुल्ने
नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलको टिकट मूल्य निर्धारण गरेको छ । क्यानले आज सार्वजनिक गरेको विवरणअनुसार लिग चरणका खेलका लागि सामान्य टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, एलिमिनेटर तथा फाइनल खेलका लागि सामान्य टिकटको मूल्य १ हजार र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको ...

न्यूजिल्याण्डविरुद्ध भारतको ऐतिहासिक जित
न्यूजिल्यान्डविरुद्धको टी–२० सिरिजको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली भारत चार विकेटले विजयी भएको छ । आज भएको खेलमा न्यूजिल्याण्डले दिएको २२६ रनको लक्ष्य भारतले १९.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै भारतले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा ठूलो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ । भारतको जितमा सञ्जु सामसनले सर्वाधिक ६७ रन बनाए । त्यस्तै, कप्तान श्रेयस अय्यरले ...

२४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ जना घाइते
पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौँ, सुनसरी, मकवानपुर, मोरङ र तनहुँमा भएका सडक दुर्घटनामा ३१३ जना घाइते भएका छन् । काठमाडौँको टेकुस्थित अम्बे कम्प्लेक्स नजिकै त्रिपुरेश्वरबाट कालीमाटीतर्फ जाँदै गरेको बा. प्र ०२–०६३ प ९०९६ नम्बरको मोटरसाइकलको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय परमानन्द बैठाको मृत्यु भएको छ । दुर्घटनामा ...

स्वदेशमा अवसरको अभाव, दसैँमा पनि रोकिएन विदेशिने युवाको लर्को
नेपालीको महान् चाड बडादसैँमा पनि रोजगारी, अध्ययन तथा अन्य कामका लागि विदेशिने नेपालीको क्रम रोकिएको छैन । परिवारसँग बसेर चाडपर्व मनाउने समयमा पनि उज्ज्वल भविष्य र आर्थिक अवस्था सुधार्ने आशामा सयौं युवायुवती विदेश प्रस्थान गरिरहेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि विदेश जाने यात्रुको चहलपहल देखिन्थ्यो । विदेशिने अधिकांश युवा रोजगारीको खोजीमा रहेका छन् भने केही उच्च शिक्षा, पारिवारिक भेटघाट ...


