एनपिएलको टिकट मूल्य निर्धारण, आज रातिबाट बुकिङ खुल्ने

नेपाल क्रिकेट सङ्घ (क्यान) ले तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपिएल) को खेलको टिकट मूल्य निर्धारण गरेको छ । क्यानले आज सार्वजनिक गरेको विवरणअनुसार लिग चरणका खेलका लागि सामान्य टिकटको मूल्य ५०० र प्रिमियम टिकटको मूल्य १ हजार रुपैयाँ तोकिएको छ । त्यस्तै, एलिमिनेटर तथा फाइनल खेलका लागि सामान्य टिकटको मूल्य १ हजार र प्रिमियम टिकटको मूल्य २ हजार रुपैयाँ निर्धारण गरिएको छ । क्यानका अनुसार एनपिएलका टिकट आज साँझ ८ बजेदेखि इसेवामार्फत खरिद गर्न सकिनेछ । एनपिएल कात्तिक ९ गतेदेखि सुरु हुँदैछ ।
Read Complete Original Article
Published originally on फरकधार
Related News

मौसम विभागको अनुरोध- साता दिनपछि वर्षा हुन सक्छ, अहिले नै त्रसित नहुनू
नेपाल मौसम विज्ञान विभागले आगामी मङ्गरबारदेखि मुलुकको केही भू–भागमा वर्षा हुनसक्ने सम्भावना रहे पनि त्रसित नहुन सबैसँग अनुरोध गरेको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजन महर्जनले हाल सामाजिक सञ्जालमा फैलाइएको हल्लालाई लक्षित गर्दै केही भागमा वर्षा भए पनि आत्तिनुपर्ने अवस्था नरहेको स्पष्ट पारे । ‘आगामी मङ्गलबारदेखि वर्षाको सम्भावना छ । तर, कुन स्थानमा कति र कहिलेसम्म वर्षा हुन सक्छ निश्चित ...

श्रीलङ्काका एन्जेलो म्याथ्युज विराटनगर किङ्समा आबद्ध
श्रीलङ्काका अनुभवी अलराउन्डर एन्जेलो म्याथ्युजले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करण विराटनगर किङ्सबाट खेल्ने भएका छन् । विराटनगरले आज सामाजिक सञ्जालमार्फत म्याथ्युजलाई टोलीमा स्वागत गरेको हो । ३९ वर्षीय म्याथ्युजले श्रीलङ्काको राष्ट्रिय टोलीबाट टेस्ट, एकदिवसीय र टी–२० अन्तरराष्ट्रिय क्रिकेटमा उल्लेखनीय योगदान दिएका छन् । उनले टेस्टका ११९ खेलमा आठ हजार २१४, एकदिवसीयका २२६ खेलमा पाँच हजार ९१६ र टी–२० अन्तरराष्ट्रियका ...

न्यूजिल्याण्डविरुद्ध भारतको ऐतिहासिक जित
न्यूजिल्यान्डविरुद्धको टी–२० सिरिजको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा पाहुना टोली भारत चार विकेटले विजयी भएको छ । आज भएको खेलमा न्यूजिल्याण्डले दिएको २२६ रनको लक्ष्य भारतले १९.४ ओभरमा छ विकेट गुमाएर पूरा गर्‍यो । यो जितसँगै भारतले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो सबैभन्दा ठूलो लक्ष्य पूरा गर्ने कीर्तिमान बनाएको छ । भारतको जितमा सञ्जु सामसनले सर्वाधिक ६७ रन बनाए । त्यस्तै, कप्तान श्रेयस अय्यरले ...


