टीआरएस क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी र उत्पादनमा रोक (सूचीसहित)

काठमाडौं– औषधि व्यवस्था विभागले विश्व स्वास्थ्य सङ्गठनले बनाएको अन्तर्राष्ट्रिय मापदण्ड ‘टीआरएस’अनुसार क्राइटेरिया नपुगेका ४७ थरिका औषधिको पैठारी तथा नयाँ उत्पादनमा रोक लगाएको छ । यही असोज २० गते औषधि व्यवस्था विभागका महानिर्देशकस्तरीय निर्णयअनुसार औषधिहरूको उत्पादन अनुज्ञापत्र, औषधि बिक्री वितरण दर्ता प्रमाणपत्र, औषधि पैठारी दर्ता प्रमाणपत्र तथा औषधि पैठारी सिफारिस पत्रलगायतको खारेज गरिएको जनाएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईका अनुसार विभागले सार्वजनिक सूचना जारी गरी विभिन्न कम्पनीका ४७ थरिका नयाँ औषधि आयात गर्न र नयाँ उत्पादन गर्न रोक लगाइएको हो । यद्यपि विभागले अहिले बजारमा बिक्री वितरण हुँदै आइरहेका ती औषधिको भने बिक्री वितरणमा रोक नलगाइएको जनाएको छ । ‘इम्युनो सप्रेस्यान्ट’ वर्गका औषधिहरूको गुणस्तर, सुरक्षा तथा ‘क्रस कन्टामिनेसन’ को जोखिम न्यूनीकरण गर्न लागि विभागको जोखिम मूल्याङ्कनसम्बन्धी २०८३ जेठ २१ गते जारी गरिएको सार्वजनिक सूचनाबमोजिम कार्य हुँदै आइरहेको थियो । जोखिम मूल्याङ्कनसम्बन्धी कागजात सन्तोषजनक भएका औषधिहरूको सन्दर्भमा उक्त औषधिहरूको आपूर्ति शृङ्खलाको सन्तुलन कायम राख्न बढीमा तीन महिनाका लागि उत्पादन/पैठारी अनुमति प्राप्त गरेका औषधिहरूको आयात गर्दा सोको प्रज्ञापनपत्रसहित हालको मौज्दात विवरण सम्बन्धित उत्पादकरपैठारीकर्ताले यस विभागमा अविलम्ब पेस गर्नसमेत अनुरोध गरेको छ । तर त्यस्ता औषधिहरूको प्रयोगबाट कहीँकतै, कुनै व्यक्तिमा प्रतिकूल असर पर्न गएमा सोको सम्पूर्ण जिम्मेवारी औषधि प्रदान गर्ने निकाय/व्यक्ति र प्रयोग गर्ने व्यक्तिले नै लिनुपर्नेछ ।
Read Complete Original Article
Published originally on विश्वखबर
Related News
होल्डिङ सेन्टरका सुकुम्बासीलाई नआएको दशैंः न घर छ, न काम, न पैसा !
काठमाडौं । नेपालीहरुकाे महान् चाड दशैँ सुरु भइसक्याे । बजारमा मानिसहरूको चहलपहल बढेको छ । पसलहरूमा नयाँ लुगा छान्नेको भीड छ । घरघरमा लिपपोत र रङरोगन भइरहेको छ । कतै मीठोमसिनो पकाउने तयारी छ, कतै परिवारसँग बसेर दशैँ मनाउने योजना बुनिँदै छ । बालबालिका नयाँ लुगा लगाउने र टीका थापेर दक्षिणा पाउने कल्पनामा रमाइरहेका छन् । तर भक्तपुरको बोडेस्थित कृषि तालिम ...

माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का
काठमाडौं । नेपालमा विगत १८ वर्षदेखि मदिराजन्य पेय पदार्थ उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आफ्नो प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्दै ‘माउन्ट गोल्ड’ २५ यूपी प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का बजारमा ल्याएको छ। कम्पनीका अनुसार नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई जोड दिने उद्देश्यले माउन्ट गोल्ड ह्विस्की सार्वजनिक गरिएको हो। ‘गोल्डेन लाइट, इन्डलेस नेपाल’ अवधारणामा आधारित ...

राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष ब्रुनाई, सुडान र घानाका गैरआवासीय राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा ब्रुनाईका राजदूत सिति अर्निफरिजा बिन्ती हाजी मोहम्मद जैनी, सुडानका राजदूत डा. मोहम्मद अब्दल्ला अली एल्टोम र घानाका राजदूत कोजो बोन्सुले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्। The post राष्ट्रपतिसमक्ष ब्रुनाई, सुडान र घानाका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र ...

एनपीएल सिजन–३ को प्रायोजकमा ओमोडा जेकाे
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सन् २०२६ मा ओमोडा जेकाे ‘पावर्ड बाई’ प्रायोजकका रूपमा जोडिने भएको छ । नेपालमा ओमोडा जेकाेका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई निरन्तरता दिँदै प्रायोजनको नयाँ भूमिका सार्वजनिक गरेको हो । सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ओमोडा जेकाे प्रतियोगितासँग ‘ड्रिभन बाई’ साझेदारका रूपमा आबद्ध ...


