एनपीएल सिजन–३ को प्रायोजकमा ओमोडा जेकाे

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सन् २०२६ मा ओमोडा जेकाे ‘पावर्ड बाई’ प्रायोजकका रूपमा जोडिने भएको छ । नेपालमा ओमोडा जेकाेका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले नेपाल क्रिकेट संघ (क्यान) सँगको साझेदारीलाई निरन्तरता दिँदै प्रायोजनको नयाँ भूमिका सार्वजनिक गरेको हो । सन् २०२४ मा आयोजित एनपीएलको पहिलो संस्करणदेखि नै ओमोडा जेकाे प्रतियोगितासँग ‘ड्रिभन बाई’ साझेदारका रूपमा आबद्ध हुँदै आएको थियो । यस वर्ष ‘पावर्ड बाई’ प्रायोजकका रूपमा साझेदारीलाई थप विस्तार गर्दै कम्पनीले नेपाली क्रिकेट र देशको बढ्दो खेलकुद संस्कृतिप्रतिको प्रतिबद्धता दोहोर्याएको छ । एनपीएलसँगको अघिल्लो साझेदारीका क्रममा कम्पनीले प्रतियोगिताको उत्कृष्ट खेलाडी अर्थात् ‘प्लेयर अफ द टुर्नामेन्ट’ लाई सवारीसाधन प्रदान गर्ने पहलमार्फत मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्मान गर्दै आएको थियो । सन् २०२६ को संस्करणका लागि सम्बन्धित व्यवस्था पुष्टि भएपछि पनि प्रतिभाशाली खेलाडीको सम्मान र प्रतियोगिताको उत्साह बढाउने कार्यक्रमलाई निरन्तरता दिने अपेक्षा कम्पनीले गरेको छ । एनपीएलको तेस्रो संस्करण नजिकिँदै गर्दा ‘पावर्ड बाई’ प्रायोजकका रूपमा ओमोडा जेकाेको सहभागिताले क्यानसँगको सहकार्यलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ । यस सहकार्यबाट दर्शक तथा समर्थकसँगको सम्बन्ध थप सुदृढ गर्ने, खेलकुद उत्कृष्टताको सम्मान गर्ने र नेपाली क्रिकेटप्रेमीसँग ब्रान्डको सम्बन्ध विस्तार गर्ने लक्ष्य कम्पनीले राखेको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतवीच शिष्टाचार भेटवार्ता
• उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटमा नेपाल-चीनको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको छ। • द्विपक्षीय आर्थिक सहकार्य, व्यापार र लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारका विषयमा कुराकानी गरिएको छ। • भेटले दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र आपसी हितमा सहकार्यको महत्त्वलाई उजागर गरेको छ। ...

उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक ...

मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
• यस वर्षको मनसुन आजदेखि नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको छ। • मनसुन १२ दिन ढिलो गरी पूर्ण रूपमा बाहिरिएको हो। • मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेको छ। ...

मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा आलमको अग्रता
काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मुस्लिमतर्फ सहमहामन्त्रीको मतगणनामा फिरदोस आलमले अग्रता कायम राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी २ हजार मतगणनामा उनले १ हजार ७ मत प्राप्त गरेका... ...


