Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक साझेदारीका सम्भावनालाई अघि बढाउने विषयले महत्त्व पाएको छ। त्यसैगरी, उद्योग तथा पूर्वाधार क्षेत्रमा लगानीका अवसर पहिचान गर्ने, व्यापारिक सहकार्यलाई थप प्रभावकारी बनाउने र दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने विषयमा सहकार्यको सम्भावनाबारे विचार आदानप्रदान भएको छ। भेटवार्ताले नेपाल–चीनबीचको पारस्परिक सम्बन्धलाई थप प्रगाढ बनाउँदै आपसी हित र आर्थिक समृद्धिका क्षेत्रमा सहकार्य अघि बढाउने महत्त्वलाई उजागर गरेको छ। The post उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम
ताजा खबरJust now

दूरसञ्चार सेवासम्बन्धी उपकरण आयातमा नौ अर्बभन्दा बढी रकम

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८१-८२ मा दूरसञ्चार सेवाको लागि आवश्यक उपकरण आयात गर्न कूल रु नौ अर्बभन्दा बढी रकमको सिफारिस गरेको छ । नेपल दू्सञ्चार प्राधिकरणमार्फत उपकरण आयातका लागि तीन अर्ब ५४ करोड तथा व्याण्डविथ भुक्तानीबापत रु पाँच अर्ब ५५ करोड बराबरको विदेशी मुद्राको सिफारिस गरी कूल नौ अर्बभन्दा बढीको अनुमति प्रदान गरेको हो । विसं २०५४ फागुनमा गठित प्राधिकरण ...

नेपालन्युज
भारत, चीन र अमेरिकासहित १० देशका राजदूतको नाम संसदीय समितिबाट अनुमोदन
ताजा खबरJust now

भारत, चीन र अमेरिकासहित १० देशका राजदूतको नाम संसदीय समितिबाट अनुमोदन

काठमाण्डु – सरकारले विभिन्न १३ देशका लागि सिफारिस गरेका राजदूतमध्ये १० जनाको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएको छ । गम्भीर विवादमा मुछिएका मलेसियाका लागि प्रस्तावित चूडामणि खरेल र साउदी अरेबियाका लागि प्रस्तावित गिरीबहादुर सुनारको नाम अस्वीकृत भएको छ । उता जापानका लागि प्रस्तावित जिज्ञान कुमार थापाको अनुमोदनसम्बन्धी निर्णय होल्ड गरिएको छ । बुधबार बसेको […] ...

काठमाण्डुपाटी
बुढीगण्डकी बाढीअघि मनास्लुको अनुमति लिएकाले अन्नपूर्ण क्षेत्रमा पनि घुम्न पाउने
ताजा खबरJust now

बुढीगण्डकी बाढीअघि मनास्लुको अनुमति लिएकाले अन्नपूर्ण क्षेत्रमा पनि घुम्न पाउने

मनास्लु संरक्षण क्षेत्र (एमक्याप) का सूचना अधिकारी भुवन ओझाका अनुसार बाढीअघि नै मनास्लु संरक्षण क्षेत्रको प्रवेश अनुमति लिएका पर्यटकले सोही अनुमतिका आधारमा अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गर्न पाउनेछन् । ...

कान्तिपुर
यौन दुर्व्यवहारका आरोपीलाई कालिमाटी प्रहरीले छाडेको घटनाबारे जाँचबुझ हुँदै
ताजा खबरJust now

यौन दुर्व्यवहारका आरोपीलाई कालिमाटी प्रहरीले छाडेको घटनाबारे जाँचबुझ हुँदै

काठमाडौँ। किशोरीलाई यौन दुर्व्यवहार गर्ने आरोपीलाई प्रहरी वृत्त कालिमाटीले पक्राउ गरेर छाडेको घटनाबारे छानबिन थालिएको छ । असोज ९ मा ४० वर्षका भारतीय नागरिक मिस्टर जिनाले १९ वर्षीय किशोरीलाई दुर्व्यवहार गरेको... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play