Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/होल्डिङ सेन्टरका सुकुम्बासीलाई नआएको दशैंः न घर छ, न काम, न पैसा !

होल्डिङ सेन्टरका सुकुम्बासीलाई नआएको दशैंः न घर छ, न काम, न पैसा !

Share:WhatsAppFacebookX (Twitter)Telegram
होल्डिङ सेन्टरका सुकुम्बासीलाई नआएको दशैंः न घर छ, न काम, न पैसा !

काठमाडौं । नेपालीहरुकाे महान् चाड दशैँ सुरु भइसक्याे । बजारमा मानिसहरूको चहलपहल बढेको छ । पसलहरूमा नयाँ लुगा छान्नेको भीड छ । घरघरमा लिपपोत र रङरोगन भइरहेको छ । कतै मीठोमसिनो पकाउने तयारी छ, कतै परिवारसँग बसेर दशैँ मनाउने योजना बुनिँदै छ । बालबालिका नयाँ लुगा लगाउने र टीका थापेर दक्षिणा पाउने कल्पनामा रमाइरहेका छन् । तर भक्तपुरको बोडेस्थित कृषि तालिम केन्द्रमा सञ्चालित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवारका लागि दशैँको कुनै रौनक छैन । उनीहरूका लागि यो दशैँ छोराछोरीको अनुहारमा कसरी खुसी ल्याउने भन्ने चिन्ता बनेको छ । कुनै समय काठमाडौंको थापाथलीस्थित बागमती किनारको छाप्रोमै उनीहरूको संसार थियो । त्यही सानो छाप्रोमा दुःखसुख गरेर परिवार हुर्काएका थिए । दशैँ आउँदा आफ्नो बस्ने ठाउँ सफा गर्थे, सकेको किनमेल गर्थे र चुलोमा मीठोमसिनो पकाउँथे । अभाव त त्यतिबेलै पनि थियो, तर आफ्नै छानो थियो, आफ्नै चुलो थियो र परिवारलाई सकेजति खुसी दिने आशा थियो । आज उनीहरूसँग ती सम्झनाहरू मात्रै बाँकी छन् । थापाथलीबाट विस्थापित भएपछि उनीहरू अहिले बोडेको होल्डिङ सेन्टरमा आश्रित छन् । बस्ने ठाउँ र खानाको व्यवस्था भए पनि आफ्नै घरमा बसेर परिवारसँग चाड मनाउने अवस्था छैन । काम गर्ने ठाउँ छैन । हातमा पैसा छैन । दशैँमा छोराछोरीको सानो इच्छा पूरा गर्नसमेत नसक्ने अवस्थाले उनीहरूको मन भारी बनाएको छ । विगत २० वर्ष थापाथलीमा बिताएका झबरलाल उराउ (सुमन) यतिबेला यही चिन्तामा छन् । आफ्नो इच्छा र रहर पूरा गर्न नसक्नुको पीडाभन्दा पनि छोराछोरीको अनुहारमा देखिने निराशाले उनलाई बढी पोलिरहेको छ । दशैँमा नयाँ लुगा लगाएर साथीभाइसँग रमाउन पाउनु बालबालिकाका लागि ठूलो खुसी हो । अरू बालबालिका नयाँ लुगा लगाएर हिँडेको देख्दा आफ्ना छोराछोरीको मनमा पनि त्यस्तै रहर जाग्नेछ भन्ने उनलाई थाहा छ । तर त्यो रहर पूरा गरिदिने सामथ्र्य उनीसँग छैन । ‘होल्डिङ सेन्टरको गेटअघिको बाटोमा भोलि नयाँ लुगा लगाएर केटाकेटी हिँड्छन् । त्यो बेला मेरा छोराछोरीले पनि ‘खै त बा, हामीलाई?’ भनेर सोध्लान् । त्यो बेला म उनीहरूलाई के जवाफ दिऊँ?’ झबरलाल भावुक हुँदै भन्छन् । उनको यो प्रश्नमा नयाँ लुगा किनिदिन नसक्ने एउटा बाबुको विवशता मात्रै छैन, आफ्नै सन्तानको सामान्य खुसीसमेत पूरा गर्न नसक्दाको पीडा पनि छ । सायद उनीसँग छोराछोरीलाई सुनाउन धेरै कुरा छन्, तर उनीहरूको सरल प्रश्नको जवाफ दिन भने शब्द छैनन् । बोडेको त्यही होल्डिङ सेन्टरमा बसिरहेकी हरिमाया जिम्बाको पीडा पनि उस्तै छ । अरू परिवार दशैँका लागि सामान किनमेल गर्न हिँडेको देख्दा उनलाई आफ्ना बालबालिकाको याद आउँछ । उनीहरूलाई पनि नयाँ लुगा लगाइदिन पाए हुन्थ्यो, मीठो खाना खुवाउन पाए हुन्थ्यो र अरू बालबालिकाझैँ रमाइलो गराउन पाए हुन्थ्यो भन्ने उनलाई लाग्छ । तर चाहना भएर मात्रै के गर्नु, त्यसलाई पूरा गर्न हातमा पैसा पनि त हुनुपर्याे । ‘अहिले न त हाम्रो आफ्नो घर छ, न काम छ, न पैसा छ,’ उनी भन्छिन् । हरिमायाका लागि दशैँ मनाउने रहर रहरमै सीमित छ । अरूका घरमा चाडपर्वको तयारी चलिरहँदा उनको मनमा भने परिवारको भविष्य कसरी चलाउने भन्ने चिन्ता छ । दशैँमा के किन्ने र के पकाउने भन्ने योजना बनाउनुअघि नै दैनिक आवश्यकता कसरी पूरा गर्ने भन्ने प्रश्नले उनलाई घेरेको छ । दलमर्दन कामी, गृवानिका थापा र चन्द्रकला विकको अवस्था पनि फरक छैन । उनीहरू सबै बोडेको होल्डिङ सेन्टरमा आश्रित छन् । अस्थायी बसोबासको व्यवस्था भए पनि उनीहरूको जीवन सहज नबनेको उनीहरु बताउँछन् । घर गुमाउनुको पीडासँगै रोजगारी, बालबालिकाको शिक्षा, स्वास्थ्य र भविष्यको चिन्ता थपिएको छ ।थापाथलीमा रहँदा परिवारका सदस्यहरू कसैले न कसैले काम गर्थे । अधिकांश महिला घरायसी काम र ज्यालादारीमा संलग्न थिए भने पुरुषहरू पनि मजदुरी गरेर परिवारको खर्च जुटाउँथे । कमाइ थोरै भए पनि आफ्नो श्रमबाट घर चलाउन पाउँदा उनीहरूलाई जीवनप्रति भरोसा थियो । तर बोडे सारिएको तीन महिना बितिसक्दा पनि नियमित काम पाउन नसक्दा उनीहरूको दैनिकी फेरिएको छ । बिहान उठ्ने, खाने र दिन बिताउनेबाहेक काम गर्न सक्ने धेरै व्यक्ति बेरोजगार भएर बस्नुपरेको उनीहरू बताउँछन् । सुकुम्बासी अभियन्तासमेत रहेका दलमर्दन कामी भन्छन्, ‘यहाँ बास र दुई छाक खाना त पाइएको छ । तर हाम्रो काम खाँदै सुत्दै गर्ने मात्रै भएको छ । अहिले नियमित काम पाउन नसक्दा काम गर्न सक्ने व्यक्ति पनि बेरोजगार भएर बस्नुपरेको छ ।’ सरकारले आश्रय दिए पनि आत्मनिर्भरताका लागि रोजगारीको व्यवस्था गर्न उनले आग्रह गरेका छन् । मानिसलाई भोकबाट जोगाउन खाना आवश्यक हुन्छ, तर आफ्नो श्रम गरेर परिवार पाल्न पाउनु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । उनीहरूलाई अहिले यही अवसरको खाँचो रहेको बताउँछन् । होल्डिङ सेन्टरमा उपलब्ध भएको आश्रय तत्कालका लागि राहत भए पनि त्यसले उनीहरूको दीर्घकालीन समस्या समाधान नगरेको उनीहरुको गुनासो छ । आफ्नै घरमा फर्कने वा सुरक्षित स्थायी बसोबासको व्यवस्था हुने टुंगो छैन । नियमित आम्दानीको बाटो पनि खुलेको छैन । त्यसैले दशैँ मात्रै होइन, त्यसपछिका दिन कसरी बिताउने भन्ने चिन्ताले समेत उनीहरूलाई सताइरहेको छ । बालबालिकाको भोक र भविष्यको चिन्ता विस्थापनको सबैभन्दा गहिरो असर बालबालिकाको जीवनमा परेको छ । उनीहरूका अभिभावकका अनुसार होल्डिङ सेन्टरमा उपलब्ध गराइने खानाको समय र गुणस्तरमा समस्या छ । विद्यालय जाने समयसँग बिहानको खानाको समय नमिल्दा कतिपय बालबालिका पर्याप्त खाना नखाई विद्यालय जानुपर्ने अवस्था रहेको उनीहरूको गुनासो छ । सानो उमेरका बालबालिकाका लागि पोषिलो खाना, डाइपर र सरसफाइका सामग्रीको अभावले अभिभावकलाई थप चिन्तित बनाएको छ । ‘घरमा हुँदा आफ्नो सहजताअनुसार बच्चाका लागि खाना पकाउन र हेरचाह गर्न सकिन्थ्यो । अहिले भने सामान्य आवश्यकता पूरा गर्न पनि अरूको व्यवस्थामा निर्भर हुनुपरेको छ ।’ होल्डिङ सेन्टरमा आश्रित गृभानिका थापा बताउँछिन् । बोडेको होल्डिङ सेन्टरमा साना बालबालिकाका लागि जाउलो पकाएर खुवाउनसमेत समस्या छ । अर्का सुकुम्बासी चन्द्रकला विक भन्छिन्, ‘पहिला–पहिला साना बच्चाका लागि जाउलो पाक्थ्यो। एक दिन पकाएपछि तीन दिनसम्म त्यही दिनुहुन्थ्यो। साना बच्चाका लागि डाइपर र सरसफाइका सामग्री पनि पाइँदैन,’ उनी भन्छिन्। आफ्नो बच्चालाई के खुवाउने, कसरी हुर्काउने र कसरी स्वस्थ राख्ने भन्ने चिन्ता हरेक अभिभावकलाई हुन्छ । तर चन्द्रकलाजस्ता आमाहरूका लागि अहिले त्यो चिन्ता पूरा गर्न सक्ने साधन र सुविधा पर्याप्त छैनन् । बच्चाको पेट भरिदिने मात्रै होइन, उसलाई चाहिने पोषण, सफाइ र उचित हेरचाहको व्यवस्था पनि आवश्यक छ । होल्डिङ सेन्टरमा आश्रित बालबालिकालाई विद्यालयसम्म पुर्‍याउन यातायातको व्यवस्था गरिएको भएपनि अभिभावकहरू पढाइ, खानपान र हेरचाहका विषयमा थप ध्यान दिनुपर्ने बताउँछन् । विस्थापनपछि बालबालिकाको नियमित जीवन प्रभावित भएको छ । सहज वातावरणमा हुर्काउन र पढाइलाई निरन्तरता दिन आवश्यक सहयोग हुनुपर्ने उनीहरूको माग छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतवीच  शिष्टाचार भेटवार्ता
ताजा खबरJust now

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतवीच शिष्टाचार भेटवार्ता

• उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटमा नेपाल-चीनको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको छ। • द्विपक्षीय आर्थिक सहकार्य, व्यापार र लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारका विषयमा कुराकानी गरिएको छ। • भेटले दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र आपसी हितमा सहकार्यको महत्त्वलाई उजागर गरेको छ। ...

नेपालबहस
उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
ताजा खबरJust now

उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक ...

कर्पोरट खबर
मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
ताजा खबरJust now

मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

• यस वर्षको मनसुन आजदेखि नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको छ। • मनसुन १२ दिन ढिलो गरी पूर्ण रूपमा बाहिरिएको हो। • मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेको छ। ...

नेपालबहस
मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा आलमको अग्रता
ताजा खबरJust now

मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा आलमको अग्रता

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मुस्लिमतर्फ सहमहामन्त्रीको मतगणनामा फिरदोस आलमले अग्रता कायम राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी २ हजार मतगणनामा उनले १ हजार ७ मत प्राप्त गरेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play