Wednesday, October 14, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का

माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का

Share:WhatsAppFacebookX (Twitter)Telegram
माउन्ट एभरेस्ट डिस्टिलरीले बजारमा ल्यायो ‘माउन्ट गोल्ड’ ह्विस्की र ‘ब्ल्याक पर्ल’ भोड्का

काठमाडौं । नेपालमा विगत १८ वर्षदेखि मदिराजन्य पेय पदार्थ उत्पादन गर्दै आएको माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेडले आफ्नो प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्दै ‘माउन्ट गोल्ड’ २५ यूपी प्रिमियम ह्विस्की र ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का बजारमा ल्याएको छ। कम्पनीका अनुसार नेपाली पहिचान र प्रिमियम जीवनशैलीलाई जोड दिने उद्देश्यले माउन्ट गोल्ड ह्विस्की सार्वजनिक गरिएको हो। ‘गोल्डेन लाइट, इन्डलेस नेपाल’ अवधारणामा आधारित यस उत्पादनले नेपालीपनलाई प्रिमियम जीवनशैलीसँग जोड्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। माउन्ट गोल्ड ह्विस्की ७५० मिलिलिटर, ३७५ मिलिलिटर र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ। ती प्याकको अधिकतम खुद्रा मूल्य (एमआरपी) क्रमशः ३ हजार, १ हजार ५०० र ७५० रुपैयाँ तोकिएको छ। त्यस्तै, आधुनिक प्रिमियम भोड्का बजारलाई लक्षित गर्दै कम्पनीले ‘ब्ल्याक पर्ल’ ३० यूपी प्रिमियम भोड्का पनि सार्वजनिक गरेको छ। ‘द पिक अफ प्युरिटी’ ब्रान्ड अवधारणासहित बजारमा ल्याइएको यस उत्पादनलाई प्रिमियम भोड्का श्रेणीमा स्थापित गर्ने कम्पनीको लक्ष्य छ। ब्ल्याक पर्ल भोड्का पनि ७५० मिलिलिटर, ३७५ मिलिलिटर र १८० मिलिलिटरका बोतलमा उपलब्ध हुनेछ। यसको अधिकतम खुद्रा मूल्य क्रमशः २ हजार ४००, १ हजार २०० र ६०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार दसैँलाई लक्षित गर्दै दुवै उत्पादन देशका प्रमुख सहरमा उपलब्ध गराइनेछ। प्रारम्भिक चरणमा काठमाडौं र पोखरालगायतका प्रमुख बजार तथा छनोट गरिएका प्रिमियम बिक्री केन्द्रमा यी उत्पादनको बिक्री सुरु गरिनेछ। माउन्ट एभरेस्ट डिस्टिलरीका अनुसार नयाँ उत्पादन बजारमा ल्याउनु कम्पनीको प्रिमियम उत्पादन पोर्टफोलियो विस्तार गर्ने तथा नेपाली मदिराजन्य पेय पदार्थको बजारमा विभिन्न श्रेणीका उत्पादन उपलब्ध गराउने रणनीतिको महत्त्वपूर्ण हिस्सा हो। कम्पनीले उपभोक्ताको बदलिँदो रुचि र बजारको आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा पनि नयाँ तथा नवीन उत्पादन बजारमा ल्याउँदै जाने जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतवीच  शिष्टाचार भेटवार्ता
ताजा खबरJust now

उद्योगमन्त्री साहसँग चिनियाँ राजदूतवीच शिष्टाचार भेटवार्ता

• उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र चीनका राजदूत चाङ माओमिङबीच शिष्टाचार भेटमा नेपाल-चीनको मैत्रीपूर्ण सम्बन्धलाई सुदृढ बनाउने विषयमा छलफल भएको छ। • द्विपक्षीय आर्थिक सहकार्य, व्यापार र लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तरराष्ट्रिय बजारमा पहुँच विस्तारका विषयमा कुराकानी गरिएको छ। • भेटले दुवै देशबीचको आर्थिक सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने र आपसी हितमा सहकार्यको महत्त्वलाई उजागर गरेको छ। ...

नेपालबहस
उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट
ताजा खबरJust now

उद्योगमन्त्री ई. दीपक कुमार साहसँग चिनियाँ राजदूतको शिष्टाचार भेट

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री ई. दीपक कुमार साह र नेपालका चीनका राजदूत महामहिम चाङ माओमिङबीच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ। भेटवार्ताका क्रममा नेपाल र चीनबीचको लामो समयदेखिको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने तथा द्विपक्षीय आर्थिक सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ। छलफलमा दुई देशबीचको व्यापार तथा लगानी प्रवर्द्धन, नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजारमा पहुँच विस्तार, औद्योगिक विकास र आर्थिक ...

कर्पोरट खबर
मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा
ताजा खबरJust now

मनसुन पूर्ण रूपमा बाहिरियोः मौसम पूर्वानुमान महाशाखा

• यस वर्षको मनसुन आजदेखि नेपालका सम्पूर्ण भूभागबाट बाहिरिएको छ। • मनसुन १२ दिन ढिलो गरी पूर्ण रूपमा बाहिरिएको हो। • मनसुन बाहिरिए पनि स्थानीय र पश्चिमी वायुको प्रभाव कायम रहेको छ। ...

नेपालबहस
मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा आलमको अग्रता
ताजा खबरJust now

मुस्लिमतर्फ कांग्रेस सहमहामन्त्रीमा आलमको अग्रता

काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत मुस्लिमतर्फ सहमहामन्त्रीको मतगणनामा फिरदोस आलमले अग्रता कायम राखेका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा बुधबार जारी २ हजार मतगणनामा उनले १ हजार ७ मत प्राप्त गरेका... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play