काठमाडौं, कात्तिक १६ । देशका हिमाली र पहाडी भूभागका केही स्थानमा आज हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । अहिले देशभर आंशिक बदली भएको छ भने दार्चुला, बझाङ र हुम्लाका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । महाशाखाका अनुसार आज हिमाली र पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ । यस्तै, लुम्बिनी प्रदेशको तराई भूभागका एकदुई स्थानमा पनि हल्का वर्षाको सम्भावना रहेको छ । आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ । तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु र कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।
हिमाली र पहाडी भूभागमा वर्षा तथा हिमपातको सम्भावना

Read Complete Original Article
Published originally on जनताटाइम्स






