Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

सामसङले एन्ड्रोइड एक्सआर चस्मा कहिले र कहाँ सार्वजनिक गर्दैछ भन्ने खुलासा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सामसङले एन्ड्रोइड एक्सआर चस्मा कहिले र कहाँ सार्वजनिक गर्दैछ भन्ने खुलासा
Photo / Coverage: टेक्नोलोजी खबर

यसै महिनाको सुरुवातमा दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारले सामसङका स्मार्ट चस्मा नोभेम्बरमा सार्वजनिक हुने दाबी गरेको थियो। तर, सोही सञ्चारमाध्यमको अहिलेको समाचारअनुसार यी चस्मा वास्तवमा डिसेम्बरको मध्य देखि बजारमा उपलब्ध हुनेछन्। सुरुवाती चरणमा यी चस्मा दक्षिण कोरिया र अमेरिकामा मात्रै बिक्री गरिने बताइएको छ। सुरुवाति बजार विस्तारमा युरोप, चीन र जापान भने समावेश हुने छैनन्। अन्य बजारमा विस्तार गर्नुअघि सामसङले कोरिया र अमेरिकी बजारबाट उपभोक्ताको प्रतिक्रिया बुझ्न चाहेको देखिन्छ। कम्पनीले आफ्नो ग्यालेक्सी एक्सआर डिभाइस सार्वजनिक गर्दा पनि यस्तै उपाय अपनाएको थियो। ग्यालेक्सी एक्सआर गत अक्टोबरमा दक्षिण कोरिया र अमेरिकामा सार्वजनिक गरिएको थियो भने यस वर्षको जुलाईमा मात्रै बेलायतमा उपलब्ध गराइएको थियो। रिर्पोटका अनुसार, स्मार्ट चस्माको मूल्य भने अहिलेसम्म निर्धारण गरिएको छैन। सञ्चारमाध्यमका अनुसार, स्मार्ट चस्मा एन्ड्रोइड एक्सआर र जेमिनाइमा आधारित छन्। यिनमा स्क्रिन उपलब्ध छैन तर क्यामेरा, माइक्रोफोन र स्पिकर जडान गरिएको छ। टेलिग्राफका अनुसार, यो चस्माले समयमै भाषा अनुवाद गर्न, आवाजमार्फत निर्देशन दिन र कागजात वा मिटिङका तस्बिर खिच्न सक्छन्। यसरी खिचिएका तस्बिरलाई प्रयोगकर्ताको ग्यालेक्सी फोनमा रहेको नोट्स एपमा मिलाउन सकिन्छ। चस्मामा स्न्यापड्रागन एआर१ जेन १ चिप प्रयोग गरिएको छ। सामसङका अनुसार एकपटक पूर्ण चार्ज गर्दा नौ घण्टासम्म काम गर्न सक्छ। यी चस्माको फ्रेम डिजाइन भने सामसङले जेन्टल मोन्स्टर र वार्बी पार्करसँगको सहकार्यमा तयार पारेको हो। The post सामसङले एन्ड्रोइड एक्सआर चस्मा कहिले र कहाँ सार्वजनिक गर्दैछ भन्ने खुलासा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बाइनान्सबाट रकम निकासी सामान्य अवस्थामा फर्कियो, साइबर चोरीमा संलग्न भएको आरोप उत्तर कोरियाद्वारा अस्वीकार
TechnologyJust now

बाइनान्सबाट रकम निकासी सामान्य अवस्थामा फर्कियो, साइबर चोरीमा संलग्न भएको आरोप उत्तर कोरियाद्वारा अस्वीकार

बाइनान्सबाट प्रयोगकर्ताले रकम झिक्ने क्रम सामान्य अवस्थामा फर्किएको र कम्पनीको आर्थिक अवस्था निकै बलियो रहेको सहप्रमुख कार्यकारी अधिकृतले बताएका छन्। यसैबीच आफ्नो प्लेटफर्मबाट ६ अर्ब ३० करोड अमेरिकी डलर बराबरको क्रिप्टोकरेन्सी चोरीमा संलग्न भएको अमेरिकी आरोपलाई उत्तर कोरियाले ‘बेतुकको अभिव्यक्ति’ भन्दै अस्वीकार गरेको छ। गत साता अहिलेसम्मकै ठूलो वित्तीय चोरीमध्ये एक मानिएको घटनापछि बाइनान्सका ग्राहकले सोमबारसम्म कुल ४ अर्ब ७२ करोड अमेरिकी ...

टेक्नोलोजी खबर
६.३ अर्ब डलरको साइबर चोरीपछि पनि आफ्नो आर्थिक अवस्था बलियो रहेको बाइनान्सको दाबी
TechnologyJust now

६.३ अर्ब डलरको साइबर चोरीपछि पनि आफ्नो आर्थिक अवस्था बलियो रहेको बाइनान्सको दाबी

विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत (सिइओ) रिचर्ड टेङले ६ अर्ब ३० करोड अमेरिकी डलरको साइबर चोरीपछि पनि कम्पनीको आर्थिक अवस्था निकै बलियो रहेको बताएका छन्। उनले गत साता भएको साइबर आक्रमणबारे विस्तृत समीक्षा प्रतिवेदन (पोस्टमार्टम) पनि केही समयपछि सार्वजनिक गरिने जानकारी दिएका छन्। मंगलबार हङकङ फिनटेक विक कार्यक्रममा बोल्दै टेङले बाइनान्समा प्रतिघण्टा हुने रकमको आगमन र निकासी सामान्य अवस्थामा ...

टेक्नोलोजी खबर
Six-day AI-assisted software engineering bootcamp begins in Birgunj
TechnologyJust now

Six-day AI-assisted software engineering bootcamp begins in Birgunj

A six-day bootcamp on AI-Assisted Software Engineering has begun at the Birgunj Chamber of Commerce and Industry, bringing together 28 young participants from Madheshi, Muslim and other communities. The training aims to equip participants with practical skills to transform an idea into a live, deployed web product using artificial intelligence tools. The bootcamp is the second training programme under the CODE Project ...

टेक्नोलोजी खबर
उत्तर कोरियाद्वारा साइबर चोरीको आरोप अस्वीकार, क्रुज मिसाइल परीक्षण
TechnologyJust now

उत्तर कोरियाद्वारा साइबर चोरीको आरोप अस्वीकार, क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाले क्रिप्टोकरेन्सी प्लेटफर्म बाइनान्सबाट छ अर्ब अमेरिकी डलर चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को आरोप अस्वीकार गरेको छ । उसले आरोपलाई राजनीतिक उक्साहट भन्दै खण्डन गरेकै बेला नयाँ क्लस्टर वारहेडयुक्त रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले आरोपलाई ‘गम्भीर राजनीतिक उक्साहट’ भनिन। एफबीआईले शनिबार उक्त चोरीमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडट्रेटर’ ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play