Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

मेलबर्नमा अन्तिम खेल खेल्ने म्याक्सवेलको इच्छा अधुरै

Share:WhatsAppFacebookX (Twitter)Telegram
मेलबर्नमा अन्तिम खेल खेल्ने म्याक्सवेलको इच्छा अधुरै
Photo / Coverage: हिमालय टाइम्स

सिड्नी । अष्ट्रेलियाका ३८ वर्षीय दिग्गज अलराउण्डर ग्लेन म्याक्सवेलले अन्तर्राष्ट्रिय क्रिकेटका साथै प्रथम श्रेणी र लिस्ट ‘ए’ क्रिकेटबाट पनि सन्न्यासको घोषणा गर्नुभएको छ । यद्यपि, उहाँ बिग ब्यास लिगमा भने मेलबर्न स्टार्सका लागि खेलिरहनुहुनेछ, जहाँ उहाँको सम्झौता २०२७-२८ सिजनसम्म थप गरिएको छ । म्याक्सवेलले गत वर्षको जुन महिनामै एकदिवसीय क्रिकेट छाडिसक्नुभएको थियो तर आफूलाई टी-२० अन्तर्राष्ट्रियका लागि तयारी अवस्थामा राख्दै आउनुभएको थियो । सन् २०२६ को टी-२० विश्वकपमा अष्ट्रेलिया समूह चरणबाटै बाहिरिएपछि फेब्रुअरीमा ओमानविरुद्ध खेलिएको खेल नै उहाँको अन्तर्राष्ट्रिय करियरको अन्तिम म्याच बन्यो । खेलमा उहाँले दुई विकेट लिँदा ब्याटिङको अवसर पाउनुभएको थिएन । ‘द फाइनल वर्ड’ पोडकास्टमा कुरा गर्दै म्याक्सवेलले भन्नुभयो, ‘हामीले टी-२० विश्वकपअघि र पछि टिम व्यवस्थापनसँग धेरै छलफल गर्‍यौँ । टोलीले भविष्यलाई हेरेर बंगलादेश भ्रमणमा युवा खेलाडीहरूलाई अवसर दिएको र उनीहरूले उत्कृष्ट प्रदर्शन गरेको हामीले देख्यौँ ।’दुईपटकका ओडिआई विश्वकप विजेता तथा सन् २०२१ को टी-२० विश्वकप जित्दा विजयी रन प्रहार गर्नुभएका म्याक्सवेलले आफ्नो घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा अन्तिमपटक उत्रिएर सन्न्यास लिने सानो इच्छा रहेको बताउनुभयो । टोलीको निर्णयलाई पूर्ण सम्मान गर्दै उहाँले भन्नुभयो, ‘आगामी सन् २०२८ को ओलम्पिकलाई ध्यानमा राख्दै आगामी १२ देखि २४ महिनामा टोलीमा धेरै परिवर्तनहरू हुनेछन् । युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय दबाबको अनुभव दिलाउन टोलीले यो दिशा रोजेको हो र म यसलाई पूर्णरूपमा बुझ्छु ।’ फ्रेन्चाइज क्रिकेटमा अझै सक्रिय म्याक्सवेलले गत सेप्टेम्बरमा बेल्फास्ट वुल्भ्सलाई युरोपियन टी-२० प्रिमियर लिगको फाइनलसम्म पुर्‍याउनुभएको थियो । त्यसको पाँच दिनपछि उहाँले भिक्टोरियाका लागि वान-डे कपमा दुई म्याच खेल्नुभएको थियो । भिक्टोरियाका साथीहरूसँगको अन्तिम क्षणबारे स्मरण गर्दै उहाँले भन्नुभयो, ‘भिक्टोरियाका लागि मेरो अन्तिम खेलपछि टिमका साथीहरूलाई यो मेरो अन्तिम म्याच हो भनेर सुनाउँदा सोचेभन्दा बढी भावुक बनेको थिएँ । मेरो करियरभर उनीहरूको ठूलो भूमिका रहेकाले टोलीअगाडि बोल्दा मेरो घाँटी अवरुद्ध भएको थियो ।’ ग्लेन म्याक्सवेलले अष्ट्रेलियाका लागि १३० टी-२० अन्तर्राष्ट्रिय म्याचमा १५४.४२ को स्ट्राइक रेटमा २,८९७ रन बनाउनुका साथै ५१ विकेट लिनुभएको थियो । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५ शतक प्रहार गर्नुभएका उहाँ भारतका रोहित शर्मासँगै संयुक्तरूपमा विश्व कीर्तिमानधारी खेलाडी हो । यस्तै, सन् २०१७ मा भारतविरुद्ध राँचीमा १०४ रनको शतकीय पारी खेल्नुभएका म्याक्सवेलले अष्ट्रेलियाका लागि ७ टेष्ट म्याच खेल्दै ३३९ रन बनाउनुभएको छ । ओडिआई क्रिकेटमा भने १४९ म्याच खेल्दै ४,३१४ रन र ७४ विकेट उहाँको नाममा दर्ता छ । एजेन्सी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल गरिने
Latest NewsJust now

कर्णालीको विकासमा बाधक कानुनी र नीतिगत समस्या फुकाउन पहल गरिने

कर्णाली । कर्णाली प्रदेशको विकासमा देखिएका समस्या समाधानका लागि राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा पेस गर्ने निर्णय गरिएको छ । मुख्यमन्त्री मङ्गलबहादुर शाहीको अध्यक्षतामा मङ्गलबार सुर्खेत वीरेन्द्रनगरमा बसेको कर्णाली प्रदेश... ...

रातोपाटी
‘अब विकास र लगानी विकेन्द्रीकरण गर्नुपर्छ’
Latest NewsJust now

‘अब विकास र लगानी विकेन्द्रीकरण गर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विकास र लगानीलाई एउटै क्षेत्रमा केन्द्रित गर्ने पुरानो शैलीले मुलुकलाई ठूलो आर्थिक र भौतिक जोखिममा पारेको भन्दै अब लगानी र विकास कार्यक्रमलाई देशव्यापीरूपमा विकेन्द्रीकरण गर्नुपर्ने बताउनुभएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मंगलबार राजधानीमा आयोजना गरेको ‘नेपालमा योजनादेखि समृद्धि-सुदृढीकरण सार्वजनिक लगानी व्यवस्थापन’ विषयक कार्यक्रममा बोल्दै उहाँले योजना आयोगले आगामी २५ ...

हिमालय टाइम्स
सयपत्रीले बदलेको गाउँको दृश्य
Latest NewsJust now

सयपत्रीले बदलेको गाउँको दृश्य

झापा । पत्रैपत्र भएको सुन्दर सयपत्री फूलले नेपालीको महान् चाड तिहारमा विशेष महत्त्व राख्दछ । घर सजाउँदा होस् या चेलीले आफ्ना माइतीको गलामा पहिर्याउँदा, सयपत्रीको माला पहिलो रोजाइ बन्ने गरेको... ...

रातोपाटी
सिटिजन्सको देवीघाट शाखा बट्टारमा
Latest NewsJust now

सिटिजन्सको देवीघाट शाखा बट्टारमा

काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा पूर्णरूपमा क्षति भएको थियो । स्थानीय सेवाग्राहीलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नुवाकोटको देवीघाट शाखा विदुर नगरपालिकाको बट्टारमा स्थानान्तण गरेको छ । बट्टारमा मंगलबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको आतिथ्यतामा नयाँ शाखा उद्घाटन गरिएको हो । प्रमुख कार्यकारी ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play