Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

सिटिजन्सको देवीघाट शाखा बट्टारमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिटिजन्सको देवीघाट शाखा बट्टारमा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट सिटिजन्स बैंकको देवीघाट शाखा पूर्णरूपमा क्षति भएको थियो । स्थानीय सेवाग्राहीलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले बैंकले नुवाकोटको देवीघाट शाखा विदुर नगरपालिकाको बट्टारमा स्थानान्तण गरेको छ । बट्टारमा मंगलबार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलको आतिथ्यतामा नयाँ शाखा उद्घाटन गरिएको हो । प्रमुख कार्यकारी अधिकृत पोखरेलले नुवाकोटस्थित देवीघाट शाखा पूर्णरूपमा क्षति भएको अवस्थामा स्थानीय ग्राहकलाई उत्कृष्ट सेवा सुविधा पुर्‍याउने क्रममा बट्टार शाखा सञ्चालनमा ल्याएर अझ उच्चस्तरीय ग्राहक सेवामा समर्पित रहने विश्वास व्यक्त गर्नुभयो । बैकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बट्टार शाखामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ । स्वास्थ्य शिविरमा मुखको क्यान्सर, मुटु तथा रक्तनलीसम्बन्धी रोगहरूको परीक्षण, शरीरको वस्तुमान सूचकांक परीक्षण तथा मधुमेह (सुगर) परीक्षणलगायतका स्वास्थ्य सेवा उपलब्ध गराइने बैंकले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार गर्न छिटो, टोल तिर्न सास्ती
Latest NewsJust now

पार गर्न छिटो, टोल तिर्न सास्ती

काठमाडौँ, कात्तिक १८ गते । सडक उपयोग दस्तुर सङ्कलनका लागि ‘रेडियो आवृत्ति पहिचान’ (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन, आरएफआइडी) प्रविधि कार्यान्वयनमा आउन नसकेपछि मुलुककै पहिलो अत्... ...

गोरखापत्र
दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस
Latest NewsJust now

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं । सरकारले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेशसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । यसैगरी, सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि २८५ मिलियन अमेरिकी डलर ...

हिमालय टाइम्स
च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो
Latest NewsJust now

च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बनेकी छन् । विसं २०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउ खेती सुरु गरिन् । सात... ...

रातोपाटी
वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या
Latest NewsJust now

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

भोजपुर । मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण समस्या भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पदमार्गको अधिकांश क्षेत्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play