Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

६.३ अर्ब डलरको साइबर चोरीपछि पनि आफ्नो आर्थिक अवस्था बलियो रहेको बाइनान्सको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
६.३ अर्ब डलरको साइबर चोरीपछि पनि आफ्नो आर्थिक अवस्था बलियो रहेको बाइनान्सको दाबी
Photo / Coverage: टेक्नोलोजी खबर

विश्वकै ठूलो क्रिप्टोकरेन्सी एक्सचेन्ज बाइनान्सका सहप्रमुख कार्यकारी अधिकृत (सिइओ) रिचर्ड टेङले ६ अर्ब ३० करोड अमेरिकी डलरको साइबर चोरीपछि पनि कम्पनीको आर्थिक अवस्था निकै बलियो रहेको बताएका छन्। उनले गत साता भएको साइबर आक्रमणबारे विस्तृत समीक्षा प्रतिवेदन (पोस्टमार्टम) पनि केही समयपछि सार्वजनिक गरिने जानकारी दिएका छन्। मंगलबार हङकङ फिनटेक विक कार्यक्रममा बोल्दै टेङले बाइनान्समा प्रतिघण्टा हुने रकमको आगमन र निकासी सामान्य अवस्थामा फर्किएको बताए। उनका अनुसार साइबर आक्रमणबाट प्रभावित ९५ प्रतिशत टोकन पुनः पूर्ति गरिएको छ। उक्त आक्रमणलाई अहिलेसम्मकै ठूलो वित्तीय चोरीमध्ये एक मानिएको छ। रोयटर्सका अनुसार टेङले चोरीबाट भएको क्षति प्रयोगकर्ताका लागि सुरक्षित सम्पत्ति कोष (एसएएफयू) को आपत्कालीन सञ्चित रकम र कम्पनीले छुट्याएर राखेको अन्य कोषबाट बेहोरेको बताए। प्रभावित टोकनमध्ये बाँकी पाँच प्रतिशत कम तरलता भएका टोकन रहेको र तिनलाई पुनः पूर्ति गर्न बाइनान्सले ओभर-द-काउन्टर सेवा प्रदायकहरूसँग काम गरिरहेको उनले जानकारी दिए। “यो हाम्रा लागि पीडादायी पाठ हो। हामी यसको जिम्मेवारी लिन्छौँ,” उनले भने, “हामी यसबाट अझ बलियो भएर निस्कनेछौँ। प्रयोगकर्ताको रकम सुरक्षित छ र हामी निरन्तर अघि बढ्नेछौँ।” बाइनान्सका अनुसार सोमबारसम्म ग्राहकहरूले कम्पनीको प्लेटफर्मबाट कुल ४ अर्ब ७२ करोड अमेरिकी डलर बराबरको रकम झिकेका थिए। यो प्लेटफर्ममा रहेको कुल सम्पत्तिको करिब तीन प्रतिशत हो। विश्लेषकहरूले यसलाई तुलनात्मक रूपमा कम निकासी मानेका छन्। यसले ग्राहकको विश्वासमा ठूलो असर नपरेको संकेत गरेको उनीहरूको भनाइ छ। बाइनान्सका अनुसार अधिकांश निकासी टेथरको यूएसडीटी स्टेबलक्वाइनमा भएको थियो। “कम्पनीको आर्थिक अवस्था निकै बलियो छ। हामी यो क्षति बेहोर्न सक्षम छौँ र त्यसो गर्न सक्छौँ,” टेङले भने। अमेरिकी संघीय अनुसन्धान ब्युरो (एफबीआई) ले गत सप्ताहान्त ६ अर्ब अमेरिकी डलरभन्दा बढी मूल्यका क्रिप्टो सम्पत्ति चोरीमा उत्तर कोरिया जिम्मेवार रहेको जनाएको थियो। उक्त घटनाले क्रिप्टोकरेन्सी उद्योगमा ठूलो हलचल ल्याएको थियो। उत्तर कोरियाले भने यी आरोपलाई “बेतुकका अभिव्यक्ति” भन्दै अस्वीकार गरेको छ। ब्लकचेन अभिलेखअनुसार चोरीको अधिकांश घटना बिहीबार २००० जीएमटीपछि सुरु भएर करिब २० मिनेटभित्रै भएको थियो। बाइनान्सका अनुसार विश्वभर उसका ३३ करोड ५० लाखभन्दा बढी प्रयोगकर्ता छन्। डिजिटल सम्पत्ति र डेरिभेटिभ कारोबारमा कम्पनीको दैनिक औसत कारोबार मात्रा ९५ अर्ब अमेरिकी डलर रहेको छ। The post ६.३ अर्ब डलरको साइबर चोरीपछि पनि आफ्नो आर्थिक अवस्था बलियो रहेको बाइनान्सको दाबी appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
Six-day AI-assisted software engineering bootcamp begins in Birgunj
TechnologyJust now

Six-day AI-assisted software engineering bootcamp begins in Birgunj

A six-day bootcamp on AI-Assisted Software Engineering has begun at the Birgunj Chamber of Commerce and Industry, bringing together 28 young participants from Madheshi, Muslim and other communities. The training aims to equip participants with practical skills to transform an idea into a live, deployed web product using artificial intelligence tools. The bootcamp is the second training programme under the CODE Project ...

टेक्नोलोजी खबर
उत्तर कोरियाद्वारा साइबर चोरीको आरोप अस्वीकार, क्रुज मिसाइल परीक्षण
TechnologyJust now

उत्तर कोरियाद्वारा साइबर चोरीको आरोप अस्वीकार, क्रुज मिसाइल परीक्षण

उत्तर कोरियाले क्रिप्टोकरेन्सी प्लेटफर्म बाइनान्सबाट छ अर्ब अमेरिकी डलर चोरी गरेको अमेरिकी सङ्घीय अनुसन्धान ब्युरो (एफबीआई) को आरोप अस्वीकार गरेको छ । उसले आरोपलाई राजनीतिक उक्साहट भन्दै खण्डन गरेकै बेला नयाँ क्लस्टर वारहेडयुक्त रणनीतिक क्रुज मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाली नेता किम जोङ–उनकी बहिनी किम यो जोङले आरोपलाई ‘गम्भीर राजनीतिक उक्साहट’ भनिन। एफबीआईले शनिबार उक्त चोरीमा उत्तर कोरियासँग सम्बन्धित ‘ट्रेडट्रेटर’ ...

टेक्नोलोजी खबर
दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन
TechnologyJust now

दुई हजार जनालाई लक्षित गरेर आह्वान गरिएको एआई तालिममा ६८ हजारभन्दा बढीको आवेदन

काठमाडौं । सरकारले सञ्चालन गर्न लागेको नि:शुल्क कृत्रिम बुद्धिमत्ता (एआई) सम्बन्धी अनलाइन तालिममा ६८ हजारभन्दा बढी आवेदन परेका छन् । सुरुमा दुई हजार युवालाई मात्र सहभागी गराउने लक्ष्य राखिएकोमा अपेक्षाभन्दा धेरै आवेदन प्राप्त भएपछि सरकारले सबै आवेदकलाई तालिममा सहभागी गराउने निर्णय गरेको छ ।युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्न लागेको ‘Mastering AI with Effective ...

आइसिटी समाचार
वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत
TechnologyJust now

वैद्यखानाको आधुनिकीकरण गर्न दुई मन्त्रालय सहमत

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहता र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनबीच सिंहदरबार वैद्यखानाको संस्थागत तथा प्राविधिक क्षमता अभिवृद्धि र औषधि उत्पादनको गुणस्तर सुधारका विषयमा छलफल भएको छ। छलफलमा वैद्यखानाको अनुसन्धान प्रयोगशाला विकास, औषधिको गुणस्तर सुधार, निर्यातको सम्भावना र विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) का मापदण्डअनुरूप उत्पादन प्रणालीको स्तरोन्नति गर्ने विषयमा छलफल भएको हो। वैद्यखानाको उत्पादन प्रणालीलाई व्यवस्थित, गुणस्तरीय र प्रतिस्पर्धी बनाउँदै ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play