Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

शक्तिशालीको नियमभन्दा अन्तर्राष्ट्रिय कानुन माथि हुनुपर्छ : प्रदीप ज्ञवाली

Share:WhatsAppFacebookX (Twitter)Telegram
शक्तिशालीको नियमभन्दा अन्तर्राष्ट्रिय कानुन माथि हुनुपर्छ : प्रदीप ज्ञवाली
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २२ । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य प्रदीप ज्ञवालीले विश्व राजनीतिमा शक्ति राष्ट्रहरूको दबदबा बढ्दै गएको र ‘शक्ति नै सत्य हो’ भन्ने खतरनाक धारणा पुनः देखा परिरहेको बताउनुभएकाे छ । अन्तर्राष्ट्रिय सम्बन्धमा शक्तिको प्रदर्शनभन्दा कानुन, सार्वभौमसत्ता र संवादलाई प्राथमिकता दिनुपर्ने उहाँकाे धारणा छ । साइप्रस कम्युनिष्ट पार्टी स्थापनाको १००औँ वार्षिकोत्सवका अवसरमा साइप्रसको राजधानी निकोसियामा आयोजित अन्तर्राष्ट्रिय संगोष्ठीलाई सम्बोधन गर्दै ज्ञवालीले शक्तिशाली राष्ट्रहरूको स्वार्थभन्दा अन्तर्राष्ट्रिय कानुन र राष्ट्रहरूको सार्वभौम समानता माथि हुनुपर्ने धारणा राख्नुभएको हो । ‘शक्तिशालीको नियमभन्दा अन्तर्राष्ट्रिय कानुन माथि हुनुपर्छ, प्रभुत्व जमाउने प्रवृत्तिभन्दा सार्वभौमसत्ता माथि हुनुपर्छ र बल प्रयोग वा दबाबभन्दा संवाद माथि हुनुपर्छ,’ उहाँले सम्बोधनका क्रममा भन्नुभयाे । शान्ति शक्तिशाली राष्ट्रहरूको मात्र विशेषाधिकार नभई प्रत्येक राष्ट्रको मौलिक अधिकार भएको उल्लेख गर्दै ज्ञवालीले विश्व शान्ति, सार्वभौम समानता र अहस्तक्षेपको नीतिप्रति अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन प्रतिबद्ध रहनुपर्ने बताउनुभयाे । उहाँले समकालीन विश्व पुँजीवादको संरचनात्मक संकटबाट गुज्रिरहेको उल्लेख गर्दै उहाँले सम्पत्ति र अवसरको असमान वितरण, श्रमिकको रोजगारी असुरक्षा, वास्तविक ज्यालामा स्थिरता तथा शिक्षा, स्वास्थ्य र आवासजस्ता आधारभूत आवश्यकताको व्यापारीकरणप्रति चिन्ता व्यक्त गर्नुभयाे । उहाँले विश्वमा पर्याप्त सम्पत्ति, वैज्ञानिक ज्ञान र उत्पादन क्षमता हुँदाहुँदै पनि करिब एक अर्ब मानिस चरम गरिबीको अवस्थामा रहेको उल्लेख गर्नुभयाे । वर्तमान आर्थिक संरचनाले अर्बपतिहरूको सानो वर्गलाई लाभ पुर्‍याइरहेको तर श्रमिक र विपन्न समुदायले त्यसको लाभ पाउन नसकेको उहाँको विश्लेषण छ । ज्ञवालीले पुँजीवादको संकटलाई आर्थिक समस्याका रूपमा मात्र नभई नैतिक र सामाजिक संकटका रूपमा समेत व्याख्या गर्नुभयाे । उहाँका अनुसार कुनै पनि आर्थिक प्रणालीको मूल्यांकन त्यसले कति सम्पत्ति उत्पादन गर्‍यो भन्ने आधारमा मात्र नभई उत्पादित सम्पत्ति कसरी वितरण भयो र त्यसले बहुसंख्यक जनताको आवश्यकता कति पूरा गर्‍यो भन्ने आधारमा गरिनुपर्छ । प्रविधिको विकास र कृत्रिम बौद्धिकताको बढ्दो प्रयोगबारे पनि उहाँले आफ्नो धारणा राख्नुभएको छ । कृत्रिम बौद्धिकता, रोबोटिक्स र डिजिटल प्रविधिमा भएका प्रगतिले मानव कल्याणमा ठूलो योगदान पुर्‍याउन सक्ने भए पनि कर्पोरेट नियन्त्रण अत्यधिक केन्द्रित हुँदा श्रमिक विस्थापन, निगरानी विस्तार र सम्पत्तिको केन्द्रीकरण बढ्न सक्ने उहाँको भनाइ छ । ‘प्रविधिले मानवताको सेवा गर्नुपर्छ, मानवीय स्वतन्त्रताको विस्तार गर्नुपर्छ र लोकतान्त्रिक नियन्त्रणको अधीनमा रहनुपर्छ,’ उहाँले भन्नुभएको छ । समाजवादलाई विगतका संघर्षको सम्झना वा राजनीतिक नारामा मात्र सीमित गर्न नहुने बताउँदै ज्ञवालीले यसलाई प्रणालीगत शोषण, असमानता र निजी नाफालाई मानवीय आवश्यकताभन्दा माथि राख्ने प्रवृत्तिविरुद्धको ऐतिहासिक विकल्पका रूपमा प्रस्तुत गर्नुभयाे । उहाँले मार्क्सवादलाई जड सिद्धान्तका रूपमा नभई प्रत्येक देशको इतिहास, संस्कृति र सामाजिक परिस्थितिअनुसार सिर्जनात्मक ढंगले प्रयोग गर्नुपर्ने बताउनुभयाे । समाजवादतर्फ अघि बढ्न सबै देशका लागि एउटै सार्वभौमिक खाका हुन नसक्ने उहाँको धारणा छ ।‘सामाजिक सम्बन्धहरूको विश्लेषण गर्न, शोषणको पर्दाफास गर्न र रूपान्तरणको बाटो पहिल्याउन मार्क्सवाद एक अपरिहार्य विधि हो,’ उहाँले भन्नुभएको छ । अन्तर्राष्ट्रिय वामपन्थी आन्दोलनले २१ औँ शताब्दीका संकटको समाधान समाजवादसँग छ भन्ने कुरा व्यावहारिक उपलब्धि र सिद्धान्तनिष्ठ शासनमार्फत प्रमाणित गर्नुपर्ने चुनौती रहेको पनि उहाँले औँल्याउनुभयाे । ज्ञवालीले विश्वका विभिन्न देशमा अति दक्षिणपन्थी लोकरिझ्याइँ, अधिनायकवाद र नवफासीवादी प्रवृत्तिको पुनरुत्थान भइरहेको भन्दै यसले लोकतन्त्र, मानव अधिकार र अन्तर्राष्ट्रिय शान्तिका लागि चुनौती खडा गरेको बताउनुभयाे । यस्ता प्रवृत्तिको प्रतिरोध गर्न वामपन्थी शक्तिहरूले श्रमिक, युवा, किसान, महिला, बुद्धिजीवी र सीमान्तकृत समुदायसँगको सम्बन्ध बलियो बनाउनुपर्ने उहाँको भनाइ छ । राजनीतिक भाषण र घोषणापत्रमा मात्र सीमित नभई सुरक्षित रोजगारी, जीवन धान्न पुग्ने ज्याला, किफायती आवास, सार्वजनिक शिक्षा, स्वास्थ्य सेवा र जलवायु न्यायजस्ता जनताका दैनिक आवश्यकतामा केन्द्रित हुनुपर्ने उहाँले बताउनुभयाे । सम्बोधनका क्रममा ज्ञवालीले नेपालको राजनीतिक परिवर्तन र नेकपा (एमाले) को अनुभवबारे समेत चर्चा गर्नुभयाे । एमाले मार्क्सवाद र जनताको बहुदलीय जनवादबाट निर्देशित रहेको उल्लेख गर्दै उहाँले राजनीतिक बहुलवाद, संवैधानिक शासन, बहुदलीय प्रतिस्पर्धा र लोकतान्त्रिक अधिकारलाई सामाजिक–आर्थिक रूपान्तरणसँग जोड्नुपर्ने धारणा राख्नुभयाे । नेपालमा निरंकुश शासनविरुद्धको संघर्ष, २०६२/६३ को जनआन्दोलन, राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा एमालेले अग्रणी भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयाे । ‘राजनीतिक लोकतन्त्र र सामाजिक न्याय एकअर्काका परिपूरक हुन्,’ उहाँले भन्नुभयाे । सरकारमा रहँदा एमालेले सामाजिक न्याय, सामाजिक सुरक्षा, समावेशीकरण, राष्ट्रिय हित र पूर्वाधार विकासका क्षेत्रमा योगदान गरेको दाबी गर्दै उहाँले नेपालको राष्ट्रिय परिकल्पना ‘समृद्ध नेपाल, सुखी नेपाली’ रहेको बताउनुभयाे । नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे बोल्दै ज्ञवालीले युवा पुस्ताका आकांक्षालाई सम्बोधन गर्नुपर्ने र लोकतान्त्रिक संस्थाहरूलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयाे ।‘लोकतान्त्रिक संस्थाहरूको विनाशलाई कहिल्यै क्रान्ति मान्न सकिँदैन, राजनीतिक परिवर्तनको भाषा कहिल्यै पनि हिंसा हुनु हुँदैन,’ उहाँले स्पष्ट पार्नुभयाे । एमाले संवैधानिक राजनीति, शान्तिपूर्ण लोकतान्त्रिक प्रतिस्पर्धा र जनताको जनादेशको सम्मानप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उहाँले नेपालको आन्तरिक असन्तुष्टिलाई भू–राजनीतिक स्वार्थका लागि प्रयोग गरिनु नहुने धारणा पनि राख्नुभयाे । नेपालको परराष्ट्र नीति सार्वभौम समानता, भौगोलिक अखण्डता, अहस्तक्षेप, असंलग्नता र पारस्परिक लाभका सिद्धान्तमा आधारित रहेको उल्लेख गर्दै उहाँले अन्तर्राष्ट्रिय सम्बन्धमा सबै राष्ट्रको समान मर्यादा हुनुपर्ने बताउनुभयाे । सम्बोधनको अन्त्यमा ज्ञवालीले विश्वव्यापी वामपन्थी आन्दोलनलाई पुनर्जीवित गर्दै अन्तर्राष्ट्रिय सहकार्य र ऐक्यबद्धता बलियो बनाउनुपर्नेमा जोड दिनुभयाे । उहाँले शान्ति, समानता, न्याय, श्रमिक अधिकार, लोकतान्त्रिक स्वतन्त्रता र जलवायु न्यायका लागि संयुक्त पहल आवश्यक रहेको बताउँदै प्रभुत्वको सट्टा सार्वभौम समानता र द्वन्द्वको सट्टा सहयोगमा आधारित बहुध्रुवीय विश्व व्यवस्थाको पक्षमा उभिन आह्वान गर्नुभएयाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मखमली फूलखेतीमा बढ्दो आकर्षण, विदेशसम्म फैलिँदै बजार
PoliticsJust now

मखमली फूलखेतीमा बढ्दो आकर्षण, विदेशसम्म फैलिँदै बजार

तिहार नजिकिएपछि बजारमा फूल तथा मालाको कारोबार बढ्न थाल्छ । तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माग बढी हुने गर्छ । चाडपर्वमा हुने मागलाई लक्षित गर्दै काठमाडौं उपत्यकाका किसानहरू मखमली तथा सयपत्री फूलखेतीमा सक्रिय छन् । वर्षौंदेखि व्यवसायिक रुपमा खेती गर्दै आएका किसानहरुका लागि यो राम्रो आम्दानीको माध्यम बनेको छ । ज्ञानेन्द्र थापाले करिब १२–१३ वर्षदेखि व्यावसायिक रूपमा मखमली फूलखेती गर्दै ...

फरकधार
पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]
PoliticsJust now

पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]

हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा ललितपुरको पाटन क्षेत्रमा विदेशी पर्यटकहरूले समेत कुकुरको पूजा गरी तिहार मनाएका छन् । नेपाली संस्कृति र परम्पराप्रति चासो राख्ने विदेशी पर्यटकहरूले कुकुरलाई फूलमाला लगाइदिँदै टीका तथा मिष्ठान्न खुवाएर पूजा गरेका छन् ।   ...

फरकधार
काठमाडौंमा प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूलमालाका लागि ३३ स्थान तोकिए
PoliticsJust now

काठमाडौंमा प्लास्टिकका फूलमाला बिक्रीमा प्रतिबन्ध, स्वदेशी फूलमालाका लागि ३३ स्थान तोकिए

प्लास्टिकजन्य फूल–माला बिक्री वितरणमा रोक लगाएको काठमाडौं महानगरपालिकाले स्वदेशी फूल–माला बिक्रीका लागि ३३ स्थान तोकिदिएको छ । ती तोकिएका स्थानमा फूलमाला किनबेच गर्नेहरुको चहलपहल बढेको छ । महानगरले स्वदेशी फूल तथा माला बिक्रीका लागि नयाँ बानेश्वरको एनबी सेन्टर र आईप्लेक्स मल, शंखमुलको बिग मार्ट, मध्य बानेश्वरको सेल्स बेरी, बत्तीसपुतलीको फोनेक्स टावर, तीनकुने चौर र सिफल चौरलाई तोकेको छ । त्यसैगरी चाबहिल क्षेत्रमा ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play