काठमाडौं । चितवनको इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ। पहिरोका कारण राजमार्गको दुवैतर्फ सवारीसाधनको आवागमन ठप्प भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान करिब १०ः१५ बजे घोप्टेभीरमा सुक्खा पहिरो खसेको हो। पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको प्रहरीले जनाएको छ। सडक खुलाउनका लागि उपकरण परिचालन गरिएको छ। प्रहरीका अनुसार पहिरो हटाउने काम भइरहेको र करिब आधा घण्टाभित्र राजमार्ग पुनः सञ्चालनमा आउने अपेक्षा गरिएको छ।
घोप्टेभीरमा सुक्खा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






