Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

जापानमा मध्यराति ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घा*इते

Share:WhatsAppFacebookX (Twitter)Telegram
जापानमा मध्यराति ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घा*इते
Photo / Coverage: कर्पोरट खबर

टोकियो- जापानमा शनिबार राति ५.७ म्याग्निच्युडको भूकम्प गएको छ। भूकम्पमा परी कम्तीमा २२ जना घाइते भएका छन्। भूकम्पका कारण विभिन्न स्थानमा पसलका सिसा फुटेका छन् भने त्रासले स्थानीय बासिन्दा घर तथा भवनबाट बाहिर निस्किएका थिए। जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्पको केन्द्रबिन्दु शिजुओका प्रान्तमा जमिनको सतहबाट करिब ४० किलोमिटर गहिराइमा थियो। सबैभन्दा तीव्र धक्का आइची प्रान्तमा महसुस गरिएको थियो। यो नोभेम्बर महिनामा जापानमा गएको तेस्रो शक्तिशाली भूकम्प हो। यसअघि नोभेम्बर १ मा ६ म्याग्निच्युड र नोभेम्बर ७ मा ५.६ म्याग्निच्युडको भूकम्प गएको थियो। जापानको मौसम विज्ञान एजेन्सीले आगामी एक सातासम्म भूकम्पीय गतिविधिप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ। विशेषगरी आगामी दुईदेखि तीन दिनभित्र थप शक्तिशाली धक्का महसुस हुन सक्ने चेतावनी दिइएको छ। बुलेट ट्रेनको गति घटाइयो भूकम्पपछि प्रभावित क्षेत्र भएर सञ्चालन हुने शिन्कानसेन बुलेट ट्रेनको गति घटाइएको छ। रेलमार्गमा क्षति पुगेको हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै सुरक्षात्मक उपायस्वरूप रेलको गति कम गरिएको हो। भूकम्पका कारण रेलको लिकमा क्षति पुगेको अवस्थामा तीव्र गतिमा गुड्ने रेल दुर्घटनामा पर्न सक्ने भएकाले रेलवे प्रशासनले सतर्कता अपनाएको हो। भूकम्पको उच्च जोखिम जापान विश्वमै भूकम्पको उच्च जोखिम भएका मुलुकमध्ये एक हो। चार ठूला टेक्टोनिक प्लेटको संगम क्षेत्रमा रहेको जापान प्रशान्त महासागरको ‘रिङ अफ फायर’ क्षेत्रभित्र पर्छ। यहाँ हरेक वर्ष करिब १ हजार ५०० भूकम्प जाने गरेका छन्। तीमध्ये अधिकांश सामान्य प्रकृतिका हुन्छन्। सन् २०२४ मा जापानको नोटो प्रायद्वीपमा गएको शक्तिशाली भूकम्पमा करिब ६०० जनाको मृत्यु भएको थियो। यसअघि सन् २०११ मा गएको ९ म्याग्निच्युडको भूकम्प र त्यसपछि आएको सुनामीका कारण १८ हजारभन्दा बढी मानिसले ज्यान गुमाएका थिए। जापान सरकारले आगामी ३० वर्षभित्र ठूलो भूकम्प जाने सम्भावना ७५ देखि ८२ प्रतिशतसम्म रहेको आकलन गरेको छ। यस्तो भूकम्प आएमा करिब २ लाख ९८ हजार मानिसको मृत्यु हुन सक्ने र २ ट्रिलियन अमेरिकी डलरसम्म आर्थिक क्षति पुग्न सक्ने अनुमान गरिएको छ। The post जापानमा मध्यराति ५.७ म्याग्निच्युडको भूकम्प, २२ जना घा*इते appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध
Latest NewsJust now

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

चितवन।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाँउपालिका–४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा दुईतर्फी रूपमा सडक अवरुद्ध भएको छ। आज बिहान करिब १० बजे पहिरो खसेको थियो। जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार पहिरो पन्छाउने काम भइरहेको छ। उनले भने, “थप पहिरो खसेन भने छिट्टै सडक दुईतर्फी सञ्चालनमा आउँछ।” सडकमा पहिरो खसेपछि सवारीसाधन रोकिएका छन्। ...

नेपालन्युज
विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप
Latest NewsJust now

विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप

हैदराबाद । भारतमा विद्युतीय तीनपाङ्ग्रे सवारी साधन (अटो रिक्सा) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । हरेक ९० सेकेन्डमा एउटा विद्युतीय अटो रिक्सा उत्पादन भइरहेको भारतीय कारखानाको तथ्यले यस क्षेत्रमा भारत विश्वकै ठूलो बजार बनेको देखाउँछ । महिन्द्रा लास्ट माइल मोबिलिटीको एक व्यस्त कारखानामा कामदार र रोबोटले ब्याट्री जडान गर्ने, सवारी साधनका धातुका संरचनामा बाहिरी प्यानल जोड्ने र पाङ्ग्रा जडान ...

केन्द्रबिन्दु
ओमोडा एण्ड जेकोको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, भविष्यका अत्याधुनिक सवारी प्रविधि सार्वजनिक
Latest NewsJust now

ओमोडा एण्ड जेकोको अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न, भविष्यका अत्याधुनिक सवारी प्रविधि सार्वजनिक

काठमाडौं । विश्वव्यापी रूपमा तीव्र गतिमा विस्तार भइरहेको चेरी ग्रुपअन्तर्गतको अटोमोबाइल ब्रान्ड ओमोडा एण्ड जेको (OMODA & JAECOO) ले चीनको वुहुमा आयोजना गरेको अन्तर्राष्ट्रिय युजर समिट २०२६ सम्पन्न गरेको छ। अक्टोबर १८ देखि २४ सम्म सञ्चालन भएको उक्त समिटमा विश्वका विभिन्न देशका ग्राहक, अटोमोबाइलप्रेमी, सञ्चारकर्मी तथा व्यावसायिक साझेदारहरूको सहभागिता रहेको थियो। ‘ड्राइभ टु द नेक्स्ट भाइब’ भन्ने नाराका साथ आयोजित समिटमा ...

कर्पोरट खबर
काली र कान्छीसँग नेपाल डुलिरहेका राजीव
Latest NewsJust now

काली र कान्छीसँग नेपाल डुलिरहेका राजीव

कुकुरप्रतिको गहिरो प्रेमले राजीवलाई उनीहरूबिनाको यात्रा अधुरो लाग्छ, त्यसैले कठिन हिमाली पदयात्रामा समेत दुवैलाई सँगै लैजान्छन्। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play