Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप

Share:WhatsAppFacebookX (Twitter)Telegram
विद्युतीय अटो रिक्साले बदल्दै भारतका सडकको स्वरूप
Photo / Coverage: केन्द्रबिन्दु

हैदराबाद । भारतमा विद्युतीय तीनपाङ्ग्रे सवारी साधन (अटो रिक्सा) को प्रयोग तीव्र रूपमा बढ्दै गएको छ । हरेक ९० सेकेन्डमा एउटा विद्युतीय अटो रिक्सा उत्पादन भइरहेको भारतीय कारखानाको तथ्यले यस क्षेत्रमा भारत विश्वकै ठूलो बजार बनेको देखाउँछ । महिन्द्रा लास्ट माइल मोबिलिटीको एक व्यस्त कारखानामा कामदार र रोबोटले ब्याट्री जडान गर्ने, सवारी साधनका धातुका संरचनामा बाहिरी प्यानल जोड्ने र पाङ्ग्रा जडान गर्ने काम गरिरहेका छन् । भारतका व्यस्त सडकमा चल्ने अटो रिक्साको बढ्दो माग पूरा गर्न कम्पनीले उत्पादन विस्तार गरिरहेको छ । गत सेप्टेम्बरमा भारतमा बिक्री भएका नयाँ तीनपाङ्ग्रे सवारी साधनमध्ये आधाभन्दा बढी विद्युतीय थिए । सोही अवधिमा बिक्री भएका कारमध्ये करिब आठ दशमलव पाँच प्रतिशत र दुईपाङ्ग्रे सवारी साधनमध्ये ११ दशमलव छ प्रतिशत मात्र विद्युतीय थिए । यसले विद्युतीय तीनपाङ्ग्रे सवारी साधनको सबैभन्दा ठूलो बजारका रूपमा भारतको स्थान पुष्टि गरेको छ । महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रमुख कार्यकारी सुमन मिश्राका अनुसार पछिल्लो पाँच वर्षमा कम्पनीको विद्युतीय सवारी साधनको बजार विस्तार छ गुणाले बढेको छ । सरकारी अनुदान, सवारी साधनको गुणस्तरमा सुधार र सञ्चालन खर्चमा कमीले पछिल्ला दुई वर्षमा यसको प्रयोग थप तीव्र भएको उनले बताए । एक दशकअघि नयाँ दिल्लीका सडकमा ई–रिक्सा देखिन थालेका थिए । त्यतिबेला प्रायः पुराना साइकल रिक्सामा चिनियाँ ब्याट्री जडान गरी स्थानीय कार्यशालामा तयार पारिन्थ्यो । अहिले भने महिन्द्रालगायत ठूला कम्पनीको प्रवेशसँगै यो क्षेत्र व्यवस्थित उद्योगका रूपमा विस्तार भएको छ । भारतका उत्तरी सहरहरूमा रेलवे स्टेसन र व्यस्त बजारबाहिर विद्युतीय अटो रिक्सा सामान्य दृश्य बन्न थालेका छन् । यसले परम्परागत इन्धनबाट चल्ने अटो रिक्साको प्रयोग र आवाजलाई क्रमशः विस्थापित गर्दै लगेको छ । इन्धन खर्चमा बचतमहिन्द्रा आगामी नोभेम्बर १७ मा मुम्बईमा बेलायतका राजकुमार विलियमबाट प्रदान गरिने अर्थसट पुरस्कारका लागि छनोट भएका १५ अन्तिम प्रतिस्पर्धीमध्ये एक हो । तर धेरै चालकका लागि विद्युतीय सवारीप्रतिको आकर्षण वातावरणीय लाभभन्दा सञ्चालन खर्चमा हुने बचत हो । हैदराबादका ३१ वर्षीय चालक अफरोज आलमले यसै वर्ष पेट्रोलबाट चल्ने अटो छाडेर विद्युतीय सवारी अपनाएका छन् । उनका अनुसार ब्याट्री चार्ज गर्न लाग्ने खर्च कम भएकाले दैनिक सयौँ रुपैयाँ बचत भइरहेको छ । यसबाट विद्युतीय सवारी किन्न लिएको ऋण तिर्न पनि सहज भएको छ । भारतीय थिङ्क ट्याङ्क सीईईडब्ल्यूको सन् २०२५ को अनुमानअनुसार पेट्रोलबाट चल्ने तीनपाङ्ग्रे सवारी साधनको प्रतिकिलोमिटर सञ्चालन खर्च विद्युतीय सवारीको तुलनामा दोब्बरभन्दा बढी छ । विश्लेषकहरूका अनुसार ब्याट्रीको मूल्य घट्नु र इन्धनको मूल्य बढ्नु विद्युतीय सवारीको प्रयोग विस्तार हुनुका प्रमुख कारण हुन् । भारतले अधिकांश तेल र प्राकृतिक ग्यास आयात गर्ने भएकाले विद्युतीय सवारीको विस्तारले आयातित इन्धनमाथिको निर्भरता घटाउनसमेत सहयोग पु¥याउन सक्छ । यद्यपि, चार्जिङ पूर्वाधार र पार्किङको अभावले यसको विस्तारमा चुनौती थपेको छ । मुम्बईमा पार्किङको सीमितताका कारण विद्युतीय सवारी चार्ज गर्न कठिनाइ हुने मिश्रले बताए । त्यस्तै, विद्युतीय मोटर निर्माणमा प्रयोग हुने दुर्लभ खनिजका चुम्बकको आपूर्तिमा चीनले लगाएको प्रतिबन्धले भारतीय उत्पादकलाई असर पारेको थियो । भारतले ब्याट्री सेललगायतका सामग्रीको स्वदेशी उत्पादन बढाउने प्रयास गरिरहेको छ । तर यी सामग्रीको ठूलो हिस्सा अझै चीन र दक्षिण कोरियाबाट आयात हुँदै आएको छ । विश्लेषकहरूका अनुसार अब विद्युतीय ट्याक्सी र व्यावसायिक सवारी साधनको विस्तारले पनि यस क्षेत्रमा नयाँ सम्भावना खोल्न सक्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
Latest NewsJust now

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन् । यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष ...

केन्द्रबिन्दु
प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो फिचर)
Latest NewsJust now

प्रधानमन्त्री पत्नी सबिनाको कुकुर तिहार विशेष कार्यक्रम (फोटो फिचर)

• प्रधानमन्त्री बालेन्द्र शाह बालेनकी पत्नी सबिना काफ्लेले कुकुर तिहारको अवसरमा विशेष कार्यक्रम आयोजना गरिन्। • कार्यक्रममा कुकुरको निष्ठा र सम्मानलाई अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्य रहेको थियो। • मन्त्री, विदेशी कूटनीतिज्ञ, र कलाकारहरूको उपस्थिति रहेको कार्यक्रममा कुकुरलाई टीका र माला लगाएर पूजा गरिएको थियो। ...

नेपालबहस
गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार
Latest NewsJust now

गोरखाको सिर्दिबासबाट सुत्केरी र गर्भवतीको हेलिकप्टरमा उद्धार

नेपाली सेनाको हेलिकप्टरले आइतबार दुवै महिलालाई गोरखाको फिलिम र देवलबाट थापाथलीस्थित अस्पतालमा उपचारका लागि पुर्‍याएको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play