Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
Photo / Coverage: केन्द्रबिन्दु

मुस्ताङ । तिहार बिदाका अवसरमा हिमाली जिल्ला मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ । तिहारको अघि र पछि लामो सरकारी बिदा परेकाले मुस्ताङ घुम्ने पर्यटकको सङ्ख्या बढेका हुुन् । यस वर्ष मौसम प्रतिकूलका कारण दसैँअघि र पछि मुस्ताङमा अपेक्षा गरेअनुरुप पर्यटक भित्रिन सकेका थिएनन् । भारी वर्षा, हिमपात, हिमपहिरो र आँधीलगायत प्राकृतिक जोखिमको प्रक्षेपण गरिएकाले मुस्ताङमा विगतका वर्षभन्दा यस वर्ष पर्यटकको सङ्ख्यामा सोचअनुसार आउन सकेका थिएनन् । तर, तिहार नजिकिएसँगै मौसम अनुकूल बन्दै गइरहेकाले स्वदेशी तथा विदेशी पर्यटकको आगमन सङ्ख्या बढेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । यहाँका प्रहरी निरीक्षक एवं सूचना अधिकारी सन्तोष बस्यालका अनुसार तिहार नजिकिएसँगै विदेशीभन्दा स्वदेशी पर्यटकको सङ्ख्या दुई तिहाइले वृृद्धि भएको हो । तिहार पर्वको छेकोमा स्कुल, कलेज, सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था, सहकारी, टोल समितिलगायतको व्यक्तिहरु मुस्ताङ घुम्न आउने गरेका प्रहरी निरीक्षक बस्यालले उल्लेख गररे । जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कअनुसार कात्तिक १ देखि १५ गतेसम्म ३५ हजार ८५८ जना पर्र्यटक मुस्ताङ भित्रिएका छन् । जसअन्तर्गत स्वदेशी पर्यटकको सङ्ख्या २७ हजार १०७ जना र विदेशी पर्यटकको सङ्ख्या आठ हजार ७५१ जना रहेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए । विदेशी पर्यटकतर्फ सार्क राष्ट्रबाट सात हजार ७१४ जना र अन्य राष्ट्रबाट एक हजार ३७ जनाले मुस्ताङको भ्रमण गरेका उनको भनाइ छ । तिहारको छेकोमा मुस्ताङ भ्रमणमा आएकामध्ये अधिकांश मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने गरेका र केही पर्यटक कोरलानाकासम्म पुग्ने गरेका छन् । मुस्ताङमा हिउँदयामको चिसो ह्वात्ते बढेका भए पनि छठ पर्वसम्म सरकारी बिदा पर्ने भएकाले स्वदेशी पर्यटकको आगमन रहिरहने पर्यटन व्यवसायीको भनाइ छ । तिहार तथा छठको अवधिमा युवापुस्ताको घुमफिरको रोजाई मुस्ताङ बन्दै गइरहेको मुक्तिनाथका पर्यटन व्यवसाय सुरज गुरुङले उल्लेख गरे । यसरी आएका पर्यटक मुक्तिनाथको दर्शन गर्ने बहानामा मुस्ताङका विभिन्न पर्यटकीय गन्तव्यको भ्रमण गरी फर्किने गरेको पर्यटन व्यवसायी गुरुङले जानकारी दिए । धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङमा बर्सेनि सडक यातायात सहज भएसँगै पर्यटकको सङ्ख्या वृद्धि हुने गरेको छ । यसपाली बेनी–जोमसोम सडक अवरुद्ध हुँदा र केही समय मौसम प्रतिकूलताका कारण पर्यटन आवागमनमा असर पुगेका तापनि गत वर्ष आगमन सङ्ख्यामा भने कुनै असर परेको देखिँदैन । पर्यटकीय अनुुकूलमा दिनहु हजारौँ पर्यटक मुस्ताङ भित्रिने गरेका हुन्छन् भने दसैँतिहार र छठ पर्वजस्ता चाडपर्वहरुमा स्कुल र कलेजका विद्यार्थी मुस्ताङ घुम्न आउँछन् । मुस्ताङ घुम्न आएका पर्यटक मुक्तिनाथ मन्दिरको दर्शन पहिलो गन्तव्य हुने गरेको छ । त्यसपछि भने कोरला नाका, लोमान्थाङ दरबार झोङ गुफा, घर गुम्बा, दामोदरकुण्ड तीर्थ, चिउसी गुफा, ढुम्बाताल, कागबेनी, जामसोम, मार्फा र थासाङ गाउँपालिकाको सेकुङ ताल, भुतर्छो ताल र टिटी ताल अवलोकन गरी फर्किने गरेका छन् । हिमाली जिल्लाको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदा ,जैविक विविधता, रहनसहन र वेषभूषा र हिमाली सम्यताको अवलोकन गरी फर्किने गर्छन । पछिल्लो समय नेपाल(चीन उत्तरी कोरला नाका आन्तरिक पर्यटकका लागि महत्वपूर्ण पर्यटकीय गन्तव्य बन्दै गएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेस देउवा समूहले सक्यो ३९ जिल्ला अधिवेशन, को-को भए सभापति ? (सूचीसहित)
Latest NewsJust now

कांग्रेस देउवा समूहले सक्यो ३९ जिल्ला अधिवेशन, को-को भए सभापति ? (सूचीसहित)

काठमाडौँ । समानान्तर रूपमा महाधिवेशन गर्ने तयारीमा रहेको नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहले ३९ जिल्लामा महाधिवेशन सम्पन्न गरेकाे छ । समूहको सम्पर्क कार्यालय चुनदेवीका अनुसार ३९ जिल्लामा अधिवेशन सम्पन्न गरेर नयाँ कार्यसमिति... ...

रातोपाटी
दरबारमार्गमा लागेको आगो नियन्त्रणमा
Latest NewsJust now

दरबारमार्गमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । काठमाडौँको दरबारमार्गस्थित लिक्विड लाउन्ज बारमा लागेको आगो नियन्त्रणमा आएको छ । आइतबार बिहान ८ बजेर ५५ मिनेटमा लाउन्जबारमा आगलागी सुरु भएको थियो । दमकल प्रयोग गरेर आगो नियन्त्रणमा... ...

रातोपाटी
हेर्नुहोस् साताका ७ तस्बिर
Latest NewsJust now

हेर्नुहोस् साताका ७ तस्बिर

गत साता देशभर विभिन्न घटनाक्रम भए । जसमध्ये मुख्यमुख्य घटनाक्रमलाई रातोपाटीको नियमित प्रस्तुति 'साताका ७ तस्बिर'मा प्रस्तुत गरिएको छ । आइतबार - कांग्रेस सभापति गगनकुमार थापाले पार्टी कार्यालयबाट विशेष सम्बोधन गरे... ...

रातोपाटी
पाटनमा तिहार बजारको रौनक (भिडियो रिपोर्ट)
Latest NewsJust now

पाटनमा तिहार बजारको रौनक (भिडियो रिपोर्ट)

काठमाडौँ । उज्यालोको चाड तिहारको महत्त्वपूर्ण दिन लक्ष्मीपूजा । यस दिन साँझ घरघरमा दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा गरिन्छ । आइतबार बिहान रातोपाटी टिम ललितपुरको मंगलबजार पुग्दा तिहारका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play