Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने गगन थापाको प्रतिबद्धता, दिए तिहार र छठको शुभकामना

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने गगन थापाको प्रतिबद्धता, दिए तिहार र छठको शुभकामना
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभएको छ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सभापति थापाले महाधिवेशनमा सक्रिय सहभागिता जनाउने, सहयोग गर्ने तथा अथक मेहनत गर्ने सबैप्रति आभार व्यक्त गर्नुभएको छ । उहाँले कांग्रेसले इतिहासका कठिन मोडहरूमा निष्ठावान् सदस्य, शुभेच्छुक र नागरिकको साथ, विश्वास, संघर्ष तथा साहसका आधारमा विभिन्न चुनौतीको सामना गर्दै आएको बताउनुभएको छ । अहिले पनि पार्टीसामु विभिन्न चुनौती रहेको उल्लेख गर्दै सभापति थापाले भ्रम, दुष्प्रचार र घेराबन्दीका प्रयासबाट कांग्रेस विचलित नहुने स्पष्ट पार्नुभएको छ । सत्य, निष्ठा र एकताको बलमा सबै चुनौतीको निर्भीकतापूर्वक सामना गर्दै नयाँ आत्मविश्वासका साथ अघि बढ्ने उहाँको भनाइ छ । उहाँले अब पार्टीको साझा संकल्प र अर्जुनदृष्टि ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को लक्ष्य प्राप्तिमा केन्द्रित हुने बताउनुभएको छ । पार्टी संगठनलाई सुदृढ बनाउने, नागरिकको विश्वास आर्जन गर्ने र देशको उज्ज्वल भविष्य निर्माण गर्ने अभियानमा सम्पूर्ण ऊर्जा लगाउने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभएको छ । यस अभियानमा सबैको सक्रिय साथ, योगदान र प्रतिबद्धता रहने विश्वास व्यक्त गर्दै सभापति थापाले पार्टीका आधिकारिक सूचना तथा आफूसँगको प्रत्यक्ष सम्पर्क अब ‘एनकांग्रेस अलर्ट’मार्फत हुने जानकारी दिनुभएको छ । साथै, पार्टीका आधिकारिक सूचना, धारणा तथा गतिविधिबारे जानकारी लिन नेपाली कांग्रेसका आधिकारिक सामाजिक सञ्जालका पेजहरू फलो गर्न पनि उहाँले आग्रह गर्नुभएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान
Latest NewsJust now

चिसो बढेपछि बेँसी झर्न थाले बाजुराका भेडापालक किसान

बाजुरा । उच्च हिमाली भूभागमा अत्यधिक चिसो बढेपछि यहाँका भेडापालक किसानहरु बेँसी झर्न थालेका छन्। कात्तिक दोस्रो साताको वर्षासहित उच्च हिमाली भेगमा हिमपात भएसँगै चिसो बढेसँगै भेडाबाख्राको चरन अभाव हुने... ...

रातोपाटी
घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा
Latest NewsJust now

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन। पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ। आइतबार बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो।... ...

रातोपाटी
ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु
Latest NewsJust now

ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु

नवलपरासी । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को देवचुलीमा गुडिरहेको मोटरसाइकललाई ट्र्याक्टरले ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा.प्र. ०२–०७३ प २०७७ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको... ...

रातोपाटी
घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा
Latest NewsJust now

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ। आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो। यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन्। सवारीसाधनलाई यसअघि सडक ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play