Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा
Photo / Coverage: नेपालन्युज

चितवन।पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना–४ स्थित घोप्टेभिरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ। आज बिहान पहिरो खसेर अवरुद्ध भएको सडक अहिले दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको हो। यसअघि दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा आएको थियो। जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रुपमा आफ्नो गन्तव्यतर्फ लागेका छन्। सवारीसाधनलाई यसअघि सडक एकतर्फी हुँदा लाम लगाएर आलोपालो गरी गन्तव्यतर्फ पठाइएको थियो। नौबिसे–मुग्लिन सडक आयोजना पश्चिम खण्डका सूचना अधिकारी इन्जिनियर सचिन्द्र मिश्रका अनुसार झण्डै ३५ मिटर माथिबाट सुक्खा पहिरो खसिरहेकाले सडक सफा गर्न कठिन भएको थियो । सो ठाउँमा भित्तो काटिएको नभए पनि आफै माथिबाट पहिरो खसेको हो। सो ठाउँ कमजोर भएकाले जुनसुकै बेला पहिरो खस्न सक्ने जोखिम कायमै रहेको उनले जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
देवकोटा जयन्ती र युवा क्लबको वार्षिकोत्सवमा प्रा.डा. त्रिपाठी र युवा सर्जक अर्याल सम्मानित
Latest NewsJust now

देवकोटा जयन्ती र युवा क्लबको वार्षिकोत्सवमा प्रा.डा. त्रिपाठी र युवा सर्जक अर्याल सम्मानित

काठमाडौं। काठमाडौँको गोकर्णेश्वर—५ स्थित नयाँ बस्ती युवा क्लबले १ सय १८ औं देवकोटा जयन्ती एवं क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा दुई स्रष्टालाई सम्मान गरेको छ। क्लब प्रांगणमा आज एक कार्यक्रम गरी वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो। प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डाक्टर त्रिपाठीलाई ५१ हजार राशी ...

नेपालन्युज
घोप्टेभीरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा
Latest NewsJust now

घोप्टेभीरको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४, घोप्टेभीरमा खसेको सुक्खा पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालनमा ल्याइएको छ । आइतबार (कात्तिक २२) बिहान पहिरो खसेर अवरुद्ध भएको सडक दिउँसो २ः१५ बजेदेखि दुईतर्फी सञ्चालनमा ल्याइएको हो । दिउँसो १२ बजेदेखि सडक एकतर्फी सञ्चालनमा ल्याइएको थियो । सडक दुईतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारीसाधन सहज रूपमा आफ्नो गन्तव्यतर्फ लागेका जिल्ला […] ...

लोकपथ
देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांक
Latest NewsJust now

देउवाको ‘सिग्नल’- महाधिवेशनबाट सभापतिमा शशांक

नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहले समानान्तर रुपमा गर्न लागेको १५औँ महाधिवेशनबाट शशांक कोइराला नै नेतृत्वमा आउने भएका छन्। आगामी मंसिर २१–२३ मा हुने महाधिवेशनमा शशांकलाई नै सभापति बनाएर जान देउवाले सिग्नल दिएका हुन्। १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक नै सभापति बन्ने सम्भावना उच्च रहेको देउवा पक्षीय एक नेताले नेपालखबरलाई बताए।... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play