Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

देवकोटा जयन्ती र युवा क्लबको वार्षिकोत्सवमा प्रा.डा. त्रिपाठी र युवा सर्जक अर्याल सम्मानित

Share:WhatsAppFacebookX (Twitter)Telegram
देवकोटा जयन्ती र युवा क्लबको वार्षिकोत्सवमा प्रा.डा. त्रिपाठी र युवा सर्जक अर्याल सम्मानित
Photo / Coverage: नेपालन्युज

काठमाडौं। काठमाडौँको गोकर्णेश्वर—५ स्थित नयाँ बस्ती युवा क्लबले १ सय १८ औं देवकोटा जयन्ती एवं क्लबको ४० औं वार्षिकोत्सवको अवसरमा दुई स्रष्टालाई सम्मान गरेको छ। क्लब प्रांगणमा आज एक कार्यक्रम गरी वरिष्ठ साहित्यकार प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी र युवा सर्जक निर्मल अर्याललाई सम्मान गरिएको हो। प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं नेपाली समालोचना क्षेत्रका शिखर व्यक्तित्व प्राध्यापक डाक्टर त्रिपाठीलाई ५१ हजार राशी सहितको सम्मान अर्पण गरिएको थियो भने युवा सर्जक एवं समाजसेवी निर्मल अर्याललाई रु. २५ हजार सहित सम्मान गरियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति डाक्टर गंगा उप्रेती, विशिष्ट अतिथि गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल लगायतले सम्भ समाज निर्माणमा साहित्यको ठूलो भूमिका रहने बताए। कार्यक्रममा सम्मानित स्रष्टाद्धय त्रिपाठी र अर्यालले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदानको चर्चा गरे। सोही अवसरमा क्लब प्रांगणमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको पूर्ण कदको शालिकमा प्रमुख अतिथि, विशेष अतिथि, सम्मानित स्रष्टाहरू, क्लबका पदाधिकारी, साहित्यिक संघ संस्थाका प्रतिनिधिहरू सहित सर्वसाधारणबाट माल्र्यापण गरिएको क्लबका अध्यक्ष चन्द्रमणि गौतमले क्लबले जानकारी दिए। कार्यक्रमा संविधान सभा सदस्य रामेश्वर फुयाल, गोकर्णश्वोर नगरपालिका-५ का अध्यक्ष एवं नगर प्रवक्ता नारायणबहादुर सुवेदी,वडा-६ का अध्यक्ष नवराज लामा लगायतको उपस्थिति थियो भने सोही अवसरमा महाकविमा केन्द्रित कविता पनि वाचन गरिएको थियो। मुलुककै एक क्रियाशील क्लबको रुपमा पहिचान बनाएको नयाँ बस्ती युवा क्लबले समाजसेवा, साहित्य, खेलकूद, स्वास्थ्य लगायतका विधामा लामो समयअघि देखि विविध रचनात्मक कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्लबको साधारण सभा पनि आजै सम्पन्न गरिएको सचिव रामचन्द्र दंगालले बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसीसी यू–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार
Latest NewsJust now

एसीसी यू–१९ एसिया कपमा नेपालको लगातार दोस्रो हार

काठमाडौँ । ओमानमा जारी एसीसी यू–१९ एसिया कप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ अन्तर्गत आइतबार भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्स (यूएई) सँग पराजित... ...

रातोपाटी
हिजो रेडियोको युग, आज एआईको
Latest NewsJust now

हिजो रेडियोको युग, आज एआईको

आज कृत्रिम बौद्धिकता (एआई) ले संसारको काम गर्ने तरिका बदलिरहेको छ। कुनै समय एउटा सानो रेडियोले नेपाली समाजको सोच, दैनिकी र जीवनशैलीमा यस्तै प्रभाव पारेको थियो । त्यो समय थियो- रेडियोको स्वर्णिम युग। आज कसैलाई केही जान्न मन लाग्यो भने मोबाइल निकाल्छ, गुगलमा खोज्छ वा एआईलाई सोध्छ। केही लेख्नुपर्‍यो, बुझ्नुपर्‍यो, गीत बनाउनुपर्‍यो वा कुनै समस्याको समाधान खोज्नुपर्‍यो भने एआईले केही सेकेन्डमै ...

नेपालन्युज
काठको रोटे पिङको परम्परा जोगाउँदै युवा
Latest NewsJust now

काठको रोटे पिङको परम्परा जोगाउँदै युवा

सन्तोष सुवेदीधनकुटा, कात्तिक २२ गते । आधुनिकतासँगै हराउँदै गएको काठको रोटे पिङ पछिल्लो सयम परम्परागत रुपमा जोगाउन थालिएको छ । गाउँघरमा दसैँ तथा तिहार लगायतका चाडपर्व, मेला महोत्सवम... ...

गोरखापत्र
जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प
Latest NewsJust now

जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प

टोकियो।मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प जाँदा कम्तीमा २४ जना घाइते भएका छन्। भूकम्पका कारण भवनका झ्यालका सिसा फुट्नुका साथै रेल सेवा पनि अवरुद्ध भएको अधिकारी तथा स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। जापान मौसम विज्ञान एजेन्सीका अनुसार टोकियोको पश्चिममा पर्ने सिजुओका प्रिफेक्चरमा स्थानीय समयअनुसार बिहान १ः०४ बजे भूकम्प गएको थियो। भूकम्पपछि सुनामीको चेतावनी भने जारी गरिएको छैन। भूकम्पबाट कसैको मृत्यु ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play