आज कृत्रिम बौद्धिकता (एआई) ले संसारको काम गर्ने तरिका बदलिरहेको छ। कुनै समय एउटा सानो रेडियोले नेपाली समाजको सोच, दैनिकी र जीवनशैलीमा यस्तै प्रभाव पारेको थियो । त्यो समय थियो- रेडियोको स्वर्णिम युग। आज कसैलाई केही जान्न मन लाग्यो भने मोबाइल निकाल्छ, गुगलमा खोज्छ वा एआईलाई सोध्छ। केही लेख्नुपर्यो, बुझ्नुपर्यो, गीत बनाउनुपर्यो वा कुनै समस्याको समाधान खोज्नुपर्यो भने एआईले केही सेकेन्डमै जवाफ दिन्छ। प्रविधिले संसारलाई यति नजिक ल्याइदिएको छ कि मानिसले चाहेको सूचना उसको हातमै उपलब्ध छ। टेलिभिजनसमेत धेरै नेपालीका घरमा पुगिसकेको थिएन । सूचना, समाचार, मनोरञ्जन, गीत-सङ्गीत र संसार बुझ्ने एउटा प्रमुख माध्यम थियो- रेडियो। तर आजभन्दा तीन-चार दशकअघिको नेपाल सम्झौँ त! न हातमा स्मार्टफोन थियो, न घरघरमा इन्टरनेट। न युट्युब थियो, न फेसबुक, न टिकटक। गुगलमा खोजेर तत्काल सूचना पाउने सुविधा थिएन। टेलिभिजनसमेत धेरै नेपालीका घरमा पुगिसकेको थिएन । सूचना, समाचार, मनोरञ्जन, गीत-सङ्गीत र संसार बुझ्ने एउटा प्रमुख माध्यम थियो- रेडियो। त्यतिबेला रेडियो केवल एउटा उपकरण थिएन। त्यो घरको सदस्य थियो, परिवारको साथी थियो र गाउँको साझा चौतारी थियो । परदेश गएको छोराको खबर पर्खिरहेकी आमाको आशा थियो। खेतमा काम गरिरहेको किसानको साथी थियो। विद्यार्थीका लागि ज्ञानको स्रोत थियो। प्रेममा परेका युवायुवतीका लागि मनका भावना साट्ने माध्यमसमेत थियो। आज एआईको जवानी छ। कुनै समय रेडियोको पनि यस्तै जवानी थियो। फरक यति हो, अहिले मानिस एआईसँग कुरा गर्छन्, त्यतिबेला मानिस रेडियोसँग मन जोड्थे। सञ्चारकर्मी तथा लेखक प्रकाश सायमीका अनुसार एआईको आगमनभन्दा धेरै अघिदेखि नै रेडियो नेपालीका लागि प्रभावकारी सञ्चारमाध्यमका रूपमा स्थापित थियो। नेपालभित्र मात्र होइन, विदेशमा रहेका नेपालीका लागि पनि रेडियो सूचना, मनोरञ्जन र भावनात्मक सम्बन्ध जोड्ने भरपर्दो माध्यम थियो। सञ्चारकर्मी तथा लेखक प्रकाश सायमी। मानिसहरू रेडियो सुनेर दैनिक गतिविधि अघि बढाउँथे। प्रेमपत्रका भावना व्यक्त गर्नेदेखि विवाह तथा व्रतबन्धका निमन्त्रणा र शुभकामना सन्देशसम्म रेडियोमार्फत आदानप्रदान हुन्थे। गीत, सङ्गीत, गीतिनाटक, गीतिकथा र सामाजिक रीति–रिवाजका विषय पनि रेडियोबाटै अभिव्यक्त हुन्थे। यसरी रेडियो समाचार र मनोरञ्जनको साधनमा मात्र सीमित थिएन, नेपाली समाजको संस्कृति, भावना, सम्बन्ध र जनजीवनसँग जोडिएको अभिन्न साथी थियो। रेडियो बज्दा गाउँ नै जाग्थ्यो त्यो समय सम्झनुहोस्, जब घरमा एउटा रेडियो हुनु नै प्रतिष्ठाको विषय हुन्थ्यो। कतिपय घरमा रेडियो भित्तामा झुन्ड्याइएको हुन्थ्यो, कतै काठको दराजमाथि सजाइएको हुन्थ्यो। कतिपय रेडियो ब्याट्रीबाट चल्थे । रेडियो बज्न थालेपछि घरका सदस्य मात्र होइन, छिमेकीसमेत नजिकिन्थे। समाचार आउने समय भयो भने वरिपरिका मानिस रेडियो भएको घरमा जम्मा हुन्थे। आवाज स्पष्ट सुनिएन भने भोल्युम बढाउन अनुरोध गरिन्थ्यो। कहिलेकाहीँ रेडियोको एन्टेना मिलाउन घरको छतमा पुग्नुपर्थ्यो । तर रेडियो सुन्ने उत्साहमा कमी आउँदैनथ्यो। सञ्चारकर्मी अच्युत घिमिरे रेडियोको त्यो समय सम्झँदै भन्छन्, एआई त परको कुरा, समाचार लेख्नसमेत त्यतिबेला निकै कठिन थियो। समाचार कापीमा हातैले लेख्नुपर्थ्यो। समाचार पढ्दा सहजै बुझियोस् भनेर अक्षर ठूला र स्पष्ट बनाउनुपर्थ्यो । समाचार छापेर वितरण गर्नेभन्दा रेडियो नै सूचनाको प्रमुख माध्यम थियो। त्यो बेला गाउँमा कसैको घरमा रेडियो छ भने मानिसहरू कार्यक्रम सुन्न त्यहीँ भेला हुन्थे। कुनै कार्यक्रममा आफ्नो नाम आउने भयो भने प्रसारण सुरु हुनुअगावै रेडियो भएको घरमा पुगिसक्थे। रेडियोमा आफ्नो नाम सुनिनु भनेको संसार नै जितेजस्तो अनुभूति हुन्थ्यो। अच्युत घिमिरे। कार्यक्रमको प्रसारण समय मानिसको दैनिकीसँग जोडिएको हुन्थ्यो। कुनै कार्यक्रम सुन्न खाना खाने समय सारिन्थ्यो। कुनै कार्यक्रमका लागि खेतबारीको काम सकेर घर फर्किइन्थ्यो। प्रसारण समय हुनुअघि नै रेडियो खोलेर बस्ने चलन थियो। प्रविधि परिवर्तन हुँदैमा रेडियोको महत्त्व र योगदान समाप्त हुँदैन। बरु रेडियो र एआईबीचको सहकार्यले सञ्चार क्षेत्रलाई अझ प्रभावकारी बनाउन सक्छ। आज आफूलाई मन परेको सामग्री जुनसुकै बेला हेर्न र सुन्न पाइन्छ। तर रेडियोको समयमा प्रतीक्षा गर्नुपर्थ्यो। त्यही प्रतीक्षाले कार्यक्रमप्रतिको माया अझ गहिरो बनाउँथ्यो। सञ्चारकर्मी बिजन दुवाडी रेडियोलाई सञ्चार इतिहासको महत्त्वपूर्ण र प्रभावशाली माध्यम मान्छन्। उनका अनुसार कुनै समय मानिसहरू बिहान रेडियोमा समाचार, गीत-सङ्गीत र विभिन्न कार्यक्रम सुन्न उत्सुकतापूर्वक प्रतीक्षा गर्थे । रेडियोले सूचना, शिक्षा, मनोरञ्जन र जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका खेलेको थियो। उनको विचारमा एआई आधुनिक युगको प्रविधि हो भने रेडियो सञ्चार इतिहास र जनताको आवाज हो। प्रविधि परिवर्तन हुँदैमा रेडियोको महत्त्व र योगदान समाप्त हुँदैन। बरु रेडियो र एआईबीचको सहकार्यले सञ्चार क्षेत्रलाई अझ प्रभावकारी बनाउन सक्छ। सञ्चारकर्मी बिजन दुवाडी। सम्झनामा बसेका रेडियोका कार्यक्रम नेपाली रेडियोको स्वर्णिम समय सम्झिँदा केही कार्यक्रमका नाम र तिनका प्रस्तोताको आवाज अहिले पनि धेरैको मनमा ताजा छन्। ती कार्यक्रम समाचार र मनोरञ्जनका सामग्री मात्र थिएनन्, श्रोताको दैनिकी र भावनासँग जोडिएका सम्झना पनि थिए। रेडियो नेपालको चर्चित समसामयिक कार्यक्रममध्ये एक थियो- घटना र विचार। २०४७ सालमा सुरु भएको यस कार्यक्रमले नेपाली समाजमा समाचारको विश्लेषण र बहसको अभ्यासलाई अघि बढाएको थियो। देशमा के भइरहेको छ, राजनीतिक घटनाक्रमले समाजलाई कता लैजाँदै छ, नेताहरूका निर्णयको अर्थ के हो र त्यसको प्रभाव जनताको जीवनमा कस्तो पर्छ भन्ने विषयमा कार्यक्रमले बहस तथा विश्लेषण प्रस्तुत गर्थ्यो। अनलाइन समाचार र सामाजिक सञ्जालको पहुँच नभएको समयमा देशको राजनीतिक तथा सामाजिक अवस्थाबारे बुझ्न यो कार्यक्रम धेरैका लागि महत्त्वपूर्ण माध्यम बनेको थियो। लोकलहरी : नेपाली लोकसंस्कृतिको आवाज नेपाली माटोको सुगन्ध बोकेका लोकगीत सुन्नेहरूका लागि लोकलहरी विशेष कार्यक्रम थियो। गाउँघरका भाका, मेलापातका गीत, चाडपर्वका लय र नेपाली जनजीवनका कथा लोकगीतमा भेटिन्छन्। रेडियो नेपालबाट प्रसारण हुने यस कार्यक्रमले मौलिक धुनलाई श्रोतासमक्ष पुर्याउने काम गर्यो। धर्मराज थापाको सांगीतिक नेतृत्वसँग जोडिएको यस कार्यक्रमले लोकसङ्गीतलाई रेडियोमार्फत व्यापक बनाउन भूमिका खेलेको थियो। आज युट्युबमा खोजेर जुनसुकै लोकगीत सुन्न सकिन्छ। तर त्यतिबेला रेडियोबाट आफूलाई मन परेको लोकगीत बज्नु नै ठूलो खुसी हुन्थ्यो। कविता, कथा, साहित्यिक सिर्जना र साहित्यकारका विचारलाई श्रोतासमक्ष पुर्याउने यस कार्यक्रमले धेरै सर्जकलाई आफ्नो प्रतिभा सुनाउने अवसर दिएको थियो। रेडियो मनोरञ्जनको माध्यम मात्र थिएन, साहित्य बुझ्ने र सुन्ने थलो पनि थियो। यज्ञनिधि दाहालसँग जोडिएको साहित्य संसार नेपाली साहित्यिक क्षेत्रको चर्चित कार्यक्रममध्ये एक थियो। कविता, कथा, साहित्यिक सिर्जना र साहित्यकारका विचारलाई श्रोतासमक्ष पुर्याउने यस कार्यक्रमले धेरै सर्जकलाई आफ्नो प्रतिभा सुनाउने अवसर दिएको थियो। पुस्तक र साहित्यिक पत्रपत्रिका सहजै उपलब्ध नहुने समयमा रेडियोबाट कविता र साहित्य सुन्न पाउनु श्रोताका लागि विशेष अवसर थियो। आज एआईले कविता लेखिदिन सक्छ, तर कुनै समय रेडियोले कविता सुन्ने र साहित्य बुझ्ने संस्कार विकास गर्न सघाएको थियो। रेडियो नेपालको लोकप्रिय कार्यक्रममध्ये चौतारी पनि श्रोताले विशेष सम्झिने नाम हो। पाण्डव सुनुवारसँग जोडिएको यस कार्यक्रमले श्रोतालाई एउटै आत्मीय चौतारीमा भेला गराएजस्तो अनुभूति दिन्थ्यो। चौतारी नेपाली समाजमा भेटघाट, कुराकानी र विचार आदानप्रदान गर्ने साझा स्थानको प्रतीक हो। रेडियोको चौतारी पनि श्रोताका लागि त्यस्तै भावनात्मक थलो बनेको थियो। मझेरी : नेपालीपन र आत्मीयताको संगम मझेरी नेपाली घरको त्यस्तो ठाउँ हो, जहाँ परिवारका सदस्य भेला भएर कुराकानी गर्छन् र सुखदुःख साट्छन्। यही नामसँग जोडिएको रेडियो कार्यक्रमले पनि श्रोतामा आत्मीयता र अपनत्वको अनुभूति दिलाएको थियो। रेडियोका कार्यक्रमले भौगोलिक दूरीमा रहेका मानिसलाई पनि एउटै साझा संसारमा जोड्थे। कार्यक्रमको नामसँगै त्यसको प्रसारण समय, प्रस्तोताको आवाज र आफूले सुनेका सामग्री श्रोताको स्मृतिमा रहन्थे। प्रेम, आकर्षण, विछोड र सम्बन्ध मानिसका जीवनसँग जोडिएका विषय हुन्। कुनै समय यस्ता भावना व्यक्त गर्ने माध्यमका रूपमा रेडियो कार्यक्रम पनि लोकप्रिय थिए। नारायण भण्डारीसँग जोडिएको त्रिवेणी पनि नेपाली रेडियोका स्मरणीय कार्यक्रममध्ये एक हो। तीन नदीको संगमलाई जनाउने त्रिवेणी नामले नै फरक धार र प्रवाहको मिलनको अर्थ दिन्छ। रेडियो कार्यक्रमका रूपमा यसले पनि श्रोतासँग एउटा साझा भावनात्मक तथा सांस्कृतिक सम्बन्ध बनाएको थियो। नेपाली रेडियोका कार्यक्रम प्रसारण तालिकाका सामग्री मात्र थिएनन्, तिनले प्रस्तोता, सिर्जना र श्रोताबीच आत्मीय सम्बन्ध निर्माण गर्थे। प्रेम, आकर्षण, विछोड र सम्बन्ध मानिसका जीवनसँग जोडिएका विषय हुन्। कुनै समय यस्ता भावना व्यक्त गर्ने माध्यमका रूपमा रेडियो कार्यक्रम पनि लोकप्रिय थिए। ‘यो माया भन्ने चीज यस्तै हो’ शीर्षक आफैँमा भावनात्मक छ। प्रेमका अनेक आयामलाई शब्द, सङ्गीत र अभिव्यक्तिमार्फत श्रोतासमक्ष पुर्याउने यस्ता कार्यक्रमले विशेषगरी युवापुस्तासँग आत्मीय सम्बन्ध बनाएका थिए। आज प्रेमका कुरा सामाजिक सञ्जालका सन्देश र भिडियोमार्फत व्यक्त गरिन्छन्। तर रेडियोको समयमा आफ्नो भावना कुनै गीत वा कार्यक्रमसँग जोडेर प्रसारणको प्रतीक्षा गर्नु छुट्टै अनुभव थियो। अनुराग : चितवनबाट जोडिएको आत्मीय कार्यक्रम अनुराग पनि नेपाली रेडियोका सम्झनलायक कार्यक्रममध्ये एक हो। चितवन र अर्जुनसँग जोडिएको यस कार्यक्रमले रेडियोप्रेमी श्रोताको स्मृतिमा स्थान बनाएको थियो। कुनै कार्यक्रम नियमित सुन्ने बानी परेपछि त्यसका प्रस्तोता र आवाज आफ्नै परिवारका सदस्यजस्तै लाग्न थाल्थे। कार्यक्रमको समय कुर्नु र प्रसारणसँगै जोडिनु श्रोताको दैनिकीको हिस्सा बन्थ्यो। राम्रो वाचकले शब्द मात्र उच्चारण गर्दैन, पात्रको दुःख महसुस गराउँछ, प्रेमको अनुभूति दिलाउँछ र कथाका दृश्य श्रोताको मनमा निर्माण गरिदिन्छ। रेडियोको एउटा विशेषता पुस्तकका अक्षरलाई आवाजमा बदल्न सक्नु पनि थियो। अच्युत घिमिरेको रेडियो यात्रासँग जोडिएको रेडियो वाचनले कथा, साहित्य र सिर्जनालाई आवाजमार्फत श्रोतासम्म पुर्याउने काम गर्यो। पुस्तक हातमा नहुनेले पनि कथा सुन्न पाउँथे। पढ्ने समय नपाउनेले पनि साहित्यको स्वाद लिन सक्थे। राम्रो वाचकले शब्द मात्र उच्चारण गर्दैन, पात्रको दुःख महसुस गराउँछ, प्रेमको अनुभूति दिलाउँछ र कथाका दृश्य श्रोताको मनमा निर्माण गरिदिन्छ। अच्युत घिमिरेको आवाज, शब्दको लय, कथाको भाव र पृष्ठभूमिको सङ्गीतले यस कार्यक्रमलाई केवल वाचनमा सीमित राखेन, भावनात्मक अनुभव बनायो। आज अडियोबुक र डिजिटल साहित्य सहजै उपलब्ध छन्। तर कुनै समय रेडियोमा साहित्य सुन्न प्रसारण समय कुर्नु नै साहित्यप्रतिको प्रेम थियो। बुलबुल : गजल र भावनाको संसार बुलबुल नेपाली रेडियोको त्यस्तो कार्यक्रम हो, जसले गजललाई युवापुस्तामाझ लोकप्रिय बनाउन विशेष योगदान पुर्यायो। अच्युत घिमिरेसँग जोडिएको यस कार्यक्रमले नेपाली गजल, साहित्य र सिर्जनालाई रेडियोमार्फत नयाँ श्रोतासम्म पुर्यायो । बुलबुल गजल सुनाउने कार्यक्रम मात्र थिएन। यसले गजल लेख्ने, बुझ्ने र त्यसप्रति प्रेम गर्ने पुस्ता निर्माण गर्न पनि सघायो। कसैले गजलमा प्रेम भेट्थे, कसैले विछोडको पीडा त कसैले जीवनका अनुभव। आज पनि बुलबुल नाम सुन्दा एउटा पुस्तालाई रेडियोको त्यो आवाज, सङ्गीत र साहित्यिक माहोल सम्झना आउँछ। युवापुस्ताको मन छुने कार्यक्रम रेडियो राजनीति, समाचार र गीत-सङ्गीतको माध्यम मात्र थिएन, मानिसका भावना अभिव्यक्त गर्ने ठाउँ पनि थियो। साथीसँग मनका कुरा त्यस्तै आत्मीय कार्यक्रममध्ये एक थियो। विशेषगरी किशोरकिशोरी र युवापुस्ताले यसलाई सम्झने गर्छन्। प्रेम, सम्बन्ध, मित्रता, पारिवारिक समस्या, एक्लोपन र भविष्यका सपनाबारे मनमा अनेक प्रश्न हुन्छन्। सबै कुरा परिवार वा साथीलाई भन्न नसकिने अवस्थामा रेडियोमार्फत मनका कुरा सुनाउने अवसरले यस कार्यक्रमलाई विशेष बनाएको थियो। रेडियो सुन्नु मनोरञ्जन लिनु मात्र थिएन। देशमा के भइरहेको छ, समाज कुन दिशातर्फ अघि बढिरहेको छ र आमनागरिकका सरोकार के छन् भन्ने बुझ्नु पनि थियो। कायाकैरन र नेपाल दर्पणजस्ता कार्यक्रमले श्रोताको बिहान र साँझलाई समाचार तथा समसामयिक विषयसँग जोड्थे। समाचारको प्रस्तुति, विषय छनोट र घटनाको विश्लेषणले रेडियोप्रति श्रोताको विश्वास निर्माण गर्थ्यो। रेडियोको संसार यहाँ उल्लेख गरिएका कार्यक्रम नेपाली रेडियोको स्वर्णिम यात्राका केही प्रतिनिधि नाम मात्र हुन् । त्यो समयमा रेडियोमा अनगिन्ती कार्यक्रम प्रसारण हुन्थे, जसले लाखौँ श्रोताको मन जितेका थिए । कसैले समाचारमार्फत देश र समाज बुझाए, कसैले गीत-सङ्गीतबाट मन बहलाए, कसैले साहित्य र सिर्जनाको संसारमा पुर्याए त कसैले जीवनका सुखदुःख, प्रेम, पीडा र अनुभूतिलाई आवाज दिए। रेडियोको त्यो युग केही कार्यक्रमको नाममा मात्र सीमित थिएन। त्यो लाखौँ नेपालीको जीवनशैली, भावना र सामूहिक स्मृतिमा बसेको एउटा सुन्दर समय थियो। त्यतिबेला लोकप्रिय भएका सबै कार्यक्रम, प्रस्तोता, लेखक, कलाकार, समाचारवाचक र रेडियोसँग जोडिएका व्यक्तित्वको नाम एउटै लेखमा समेट्न सम्भव छैन। सम्झनामा रहेका केही नाम छुटेका हुन सक्छन्। तर त्यसको अर्थ ती कार्यक्रम वा व्यक्तित्वको योगदान कम थियो भन्ने होइन। कतिपय कार्यक्रमका नाम अहिले उल्लेख नभए पनि तिनले श्रोताको मनमा बनाएको स्थान कहिल्यै मेटिने छैन। यो सूची कुनै आधिकारिक लोकप्रियताको क्रमाङ्कन होइन, न त रेडियो इतिहासको पूर्ण सूची नै हो। यो एउटा पुस्ताले भोगेको, सुनेको र मनमा साँचेर राखेको रेडियो युगको सानो सम्झना हो। त्यसैले कुनै प्रिय कार्यक्रम, प्रस्तोता वा सर्जकको नाम छुटेको भए यसलाई अधुरो सम्झनाका रूपमा बुझिदिनुहोला। किनकि रेडियोको त्यो युग केही कार्यक्रमको नाममा मात्र सीमित थिएन। त्यो लाखौँ नेपालीको जीवनशैली, भावना र सामूहिक स्मृतिमा बसेको एउटा सुन्दर समय थियो। गीतको फरमाइसदेखि परदेशको सन्देशसम्म आज कसैलाई कुनै गीत मन पर्यो भने युट्युबमा खोजेर तुरुन्त सुन्न सक्छ। तर कुनै समय रेडियोबाट आफ्नो मनपर्ने गीत बज्ला भनेर मानिसहरू घण्टौँ पर्खन्थे। कसैले गीतको फरमाइस पठाउँथ्यो । कसैले चिठी लेख्थ्यो। कसैले आफ्नो गाउँको खबर पठाउँथ्यो । कसैले विदेशमा रहेको परिवारका सदस्यलाई सन्देश पुर्याउन रेडियोको सहारा लिन्थ्यो। मानिसहरू उनीहरूको आवाज चिन्न थालेका हुन्थे । कतिपयले रेडियोमा सुनिने आवाजलाई आफ्नै परिवारको सदस्यजस्तै सम्झन्थे। परदेशमा रहेका नेपालीका लागि रेडियोबाट आउने सन्देश भावनाको पुल थियो। टेलिफोनको पहुँच नभएका परिवारले रेडियोमार्फत आफन्तसम्म खबर पुर्याउने गर्थे। रेडियोमा कसैको नाम सुनिनु, आफ्नो गाउँको खबर आउनु वा आफूले पठाएको सन्देश प्रसारण हुनु ठूलो खुसीको विषय हुन्थ्यो। त्यतिबेलाका रेडियो प्रस्तोता केवल सञ्चारकर्मी थिएनन्, श्रोताका परिचित साथी थिए। मानिसहरू उनीहरूको आवाज चिन्न थालेका हुन्थे । कतिपयले रेडियोमा सुनिने आवाजलाई आफ्नै परिवारको सदस्यजस्तै सम्झन्थे। प्रविधि फेरियो, जिज्ञासा उस्तै नेपालमा रेडियोको इतिहास हेर्दा वि.सं. २००७ चैत २० गते रेडियो नेपालको औपचारिक स्थापना भएको पाइन्छ। त्यसपछि रेडियोले दशकौँसम्म नेपाली समाजमा सूचना, शिक्षा, मनोरञ्जन र जनचेतना फैलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्यो। पछि एफएम रेडियोको विकास भयो र निजी क्षेत्रका रेडियो स्टेशनहरू खुल्न थाले। रेडियो कान्तिपुर, रेडियो सगरमाथा, इमेज एफएम, क्लासिक एफएमलगायतका माध्यमले रेडियो संस्कृतिलाई नयाँ उचाइ दिए। युट्युब र टिकटकले मनोरञ्जनको शैली परिवर्तन गरे। अहिले एआईले संसारको काम गर्ने तरिकामै प्रभाव पारिरहेको छ। वि.सं. २०५० र २०६० को दशकमा एफएम रेडियोको प्रभाव अझ व्यापक बन्यो। गीतको फरमाइस, फोन इन कार्यक्रम, आरजेका प्रस्तुति, प्रेमका कुरा, हास्यव्यङ्ग्य र प्रत्यक्ष संवादले रेडियोलाई युवापुस्ताको लोकप्रिय माध्यम बनायो। तर प्रविधि एउटै ठाउँमा रोकिएन। टेलिभिजन आयो, मोबाइल आयो, इन्टरनेट आयो, सामाजिक सञ्जाल आए। युट्युब र टिकटकले मनोरञ्जनको शैली परिवर्तन गरे। अहिले एआईले संसारको काम गर्ने तरिकामै प्रभाव पारिरहेको छ। आज हामी एआईलाई एउटा प्रश्न सोध्छौँ र तत्काल उत्तर पाउँछौँ। कुनै समय हामी रेडियोबाट उत्तर खोज्थ्यौँ। आज मोबाइलमा गीत सुन्छौँ, कुनै समय रेडियोको एउटा गीतका लागि घण्टौँ प्रतीक्षा गर्थ्यौँ। प्रविधि परिवर्तन भएको हो, मानिसको जिज्ञासा परिवर्तन भएको होइन। एआईको युगमा रेडियोको सम्झना किन? आज एआईले शिक्षा, स्वास्थ्य, सञ्चार, पत्रकारिता, मनोरञ्जन, व्यापार र दैनिक जीवनमा नयाँ सम्भावनाका ढोका खोलिरहेको छ। तर प्रविधि जति शक्तिशाली भए पनि मानिसको भावना, सम्बन्ध र सम्झनाको महत्त्व घट्दैन। रेडियोको समयमा एउटा आवाज सुन्न मानिसहरू प्रतीक्षा गर्थे। आज एउटा सन्देश पाउन मोबाइल हेर्छन्। त्यतिबेला एउटा गीतले दिनभरि खुसी दिन्थ्यो। आज सयौँ गीत सुन्दा पनि कहिलेकाहीँ मन खाली हुन्छ। त्यतिबेला एउटा कार्यक्रमले गाउँभरिका मानिसलाई जोड्थ्यो। आज सामाजिक सञ्जालमा हजारौँ साथी हुँदा पनि मानिस एक्लोपन महसुस गर्छन्। आजका युवालाई एआई चमत्कार लाग्छ, हिजोका युवालाई रेडियो चमत्कार लाग्थ्यो । त्योभन्दा अघिका मानिसका लागि रेडियोको आवाज नै अकल्पनीय थियो। त्यसैले रेडियोको युग सम्झनु पुरानो प्रविधिको चर्चा मात्र होइन। त्यो समयको धैर्य, आत्मीयता, प्रतीक्षा, सामूहिकता र मानवीय सम्बन्ध सम्झनु पनि हो। हरेक पुस्ताका लागि नयाँ प्रविधि चमत्कार बनेर आउँछ। आजका युवालाई एआई चमत्कार लाग्छ, हिजोका युवालाई रेडियो चमत्कार लाग्थ्यो । त्योभन्दा अघिका मानिसका लागि रेडियोको आवाज नै अकल्पनीय थियो। आज एआईको युग छ, भोलि सायद योभन्दा शक्तिशाली प्रविधि आउनेछ। तर कुनै समय नेपालका गाउँगाउँमा एउटा सानो रेडियोले संसारको खबर सुनाउँथ्यो, मानिसलाई हँसाउँथ्यो, रुवाउँथ्यो, सोच्न सिकाउँथ्यो र परिवारलाई एउटै ठाउँमा जम्मा गराउँथ्यो। रेडियो सुन्न खाना खानसमेत बिर्सन्थे भन्ने सम्झना आजका पुस्तालाई कथा लाग्न सक्छ । तर त्यो कथा होइन, एउटा पुस्ताले बाँचेको वास्तविक समय हो। अस्तित्व जोगाउने चुनौतीमा आजको रेडियो कुनै समय नेपाली समाजको अभिन्न हिस्सा बनेको रेडियो आज आफैँ कठिन मोडमा उभिएको छ। प्रविधिको विकास, सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मको विस्तारसँगै सूचना तथा मनोरञ्जन प्राप्त गर्ने मानिसको बानी फेरिएको छ। विज्ञापन बजार खुम्चिँदै गएको छ, आम्दानी घटेको छ र धेरै रेडियोले दक्ष जनशक्ति टिकाउन तथा गुणस्तरीय कार्यक्रम उत्पादन गर्नसमेत कठिनाइ भोगिरहेका छन्। कतिपय रेडियो बन्द भएका छन् भने कतिपय मुस्किलले सञ्चालन भइरहेका छन्। विपद्, संकट र इन्टरनेटको पहुँच कमजोर भएका ठाउँमा रेडियो अझै पनि सूचना र विश्वासको भरपर्दो माध्यम बन्न सक्छ। तर रेडियोको महत्त्व समाप्त भएको छैन। विपद्, संकट र इन्टरनेटको पहुँच कमजोर भएका ठाउँमा रेडियो अझै पनि सूचना र विश्वासको भरपर्दो माध्यम बन्न सक्छ। स्थानीय भाषा, स्थानीय आवाज, समुदायका समस्या र जनताका वास्तविक सरोकारलाई रेडियोले नजिकबाट समेट्न सक्छ। आजको आवश्यकता रेडियो बन्द गर्ने होइन, समयअनुसार रूपान्तरण गर्ने हो। एफएम प्रसारणसँगै अनलाइन, पोडकास्ट र सामाजिक सञ्जाललाई जोडेर नयाँ पुस्तासम्म पुग्न सक्नुपर्छ। रेडियोलाई बचाउनु भनेको एउटा सञ्चारमाध्यम मात्र बचाउनु होइन, स्थानीय आवाज, विश्वसनीय सूचना र समुदायको साझा सम्पत्ति जोगाउनु पनि हो। फेरि रेडियो सुन्ने बानी कसरी फर्काउने? पहिलेजस्तै रेडियो सुन्ने बानी फर्काउन सकिँदैन भन्ने होइन। त्यसका लागि रेडियोले पनि समयअनुसार आफूलाई बदल्नुपर्छ। अहिलेका श्रोताले के सुन्न चाहन्छन् भन्ने बुझेर उनीहरूको रुचि र आवश्यकताअनुसार कार्यक्रम बनाउनुपर्छ। समाचारलाई छिटो र विश्वसनीय बनाउने, स्थानीय समस्या र जनताका आवाजलाई प्राथमिकता दिने तथा युवाका विचार, रोजगारी, शिक्षा, उद्यमशीलता, मनोरञ्जन, साहित्य र समसामयिक विषय समेट्ने कार्यक्रम आवश्यक छन्। रेडियोले पुराना लोकप्रिय कार्यक्रमलाई नयाँ स्वरूपमा पुनः प्रस्तुत गर्न सक्छ। पुराना प्रस्तोता, कलाकार र सर्जकलाई नयाँ पुस्ताका प्रतिभासँग जोडेर विशेष कार्यक्रम बनाउन सकिन्छ। एफएम प्रसारणसँगै फेसबुक, युट्युब, टिकटक, वेबसाइट र पोडकास्टमार्फत कार्यक्रमलाई थप श्रोतासम्म पुर्याउन सकिन्छ। श्रोताले फोन, सन्देश र सामाजिक सञ्जालबाट प्रत्यक्ष सहभागिता जनाउन पाउने वातावरण बनाउनुपर्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा, रेडियोले आफ्नोपन गुमाउनु हुँदैन। कृत्रिम चमकभन्दा वास्तविक आवाज, स्थानीय भाषा, आत्मीय प्रस्तुति र विश्वासलाई प्राथमिकता दिनुपर्छ । विद्यालय, कलेज र समुदायसँग सहकार्य गरेर नयाँ पुस्तालाई रेडियोसँग जोड्न सकिन्छ। रेडियोले प्रविधिसँग प्रतिस्पर्धा मात्र होइन, प्रविधिलाई आफ्नो साथी बनाउन सक्नुपर्छ। रेडियो फेरि श्रोताको जीवनको हिस्सा बन्न सक्छ, तर त्यसका लागि रेडियोले पहिले श्रोताको मन बुझ्नुपर्छ। रेडियोमा बिताएका २५ वर्ष मैले पनि करिब २५ वर्ष रेडियोमा काम गरेँ। त्यसैले रेडियोको त्यो समय मेरा लागि इतिहास वा सम्झनाको विषय मात्र होइन, जीवनको अमूल्य हिस्सा हो। आज पनि ती दिन सम्झँदा मन भावुक हुन्छ। रेडियोकर्मका ती बिहान, साँझ, कार्यक्रमको तयारी, प्रत्यक्ष प्रसारण, श्रोताका फोन र प्रतिक्रियाहरू आँखाअगाडि घुम्न थाल्छन्। म ती दिनलाई मात्र होइन, रेडियोलाई नै धेरै सम्झन्छु। २०५८ सालमा रेडियो एजबिसी ९४ एफएम/ शसिन्द्र गौतम। कहिलेकाहीँ मनमा प्रश्न उठ्छ- त्यतिबेला रेडियोबाटै लोकप्रियता कमाएका प्रस्तोता, कलाकार, लेखक, समाचारवाचक र सर्जकहरू आज के गर्दै होलान्? उनीहरूले पनि ती दिन सम्झन्छन् होला? कुनै समय जसको आवाज सुन्न श्रोता आतुर हुन्थे, आज उनीहरू आफैँ रेडियोको पुरानो समय सम्झेर भावुक हुन्छन् कि हुँदैनन् होला? अर्को प्रश्न पनि मनमा आउँछ- आजको नयाँ पुस्ताले रेडियोको त्यो आत्मीयता कसरी बुझोस् ? उनीहरूले नदेखेको र नभोगेको त्यो युगको महत्त्व कसरी महसुस गरून्? एआईले आज मानिसलाई उत्तर दिइरहेको छ, कुनै समय रेडियोले मानिसलाई संसार चिनाइरहेको थियो। सायद यही लेख्नुको उद्देश्य पनि यही हो- हामीले भोगेको त्यो सुन्दर रेडियो युग नयाँ पुस्तासम्म पुर्याउनु र रेडियोसँग जोडिएका सबैको योगदानलाई फेरि एकपटक सम्झनु। आज एआईको युग छ, तर हिजो रेडियोको युग थियो । एआईले आज मानिसलाई उत्तर दिइरहेको छ, कुनै समय रेडियोले मानिसलाई संसार चिनाइरहेको थियो। प्रविधि फेरियो, माध्यम फेरियो, तर मानिसको मन जित्ने आवाजको महत्त्व कहिल्यै फेरिएन। (तस्बिरहरूः रेडियो कार्यक्रमका प्रस्तुति, चर्चित प्रस्तोता, सामूहिक रुपमा रेडियो सुन्ने पुरानो परम्परालगायत। नेपाल न्युज अर्काईभ।)
हिजो रेडियोको युग, आज एआईको

Read Complete Original Article
Published originally on नेपालन्युज




![बालेन पत्नी सबिनाको कुकुर तिहार विशेष [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/balen-wife-sabina-83-7-22%20(8).jpg)
