Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

प्रधानमन्त्री बालेन र मोदीबीच उपहार आदानप्रदान : मोदीलाई रुद्राक्ष, चन्दन र शालिग्राम, बालेनलाई गंगाजल सहितकाे घडा

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री बालेन र मोदीबीच उपहार आदानप्रदान : मोदीलाई रुद्राक्ष, चन्दन र शालिग्राम, बालेनलाई गंगाजल सहितकाे घडा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर ७। दुई दिने भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच सोमबार नयाँ दिल्लीमा धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका उपहार आदानप्रदान भएको छ। नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई रुद्राक्षको माला, पशुपतिनाथको चन्दन र शालिग्रामसहितको विशेष उपहार सेट प्रदान गर्नुभएको छ। प्रधानमन्त्री शाहले विशेष बाकसमा सजाएर लानुभएको रुद्राक्षको माला तथा पशुपतिनाथ मन्दिरबाट लगिएको चन्दन मोदीलाई उपहारस्वरूप हस्तान्तरण गर्नुभएको थियो। त्यसैगरी, शालिग्रामसमेत समावेश गरिएको उपहार सेट उहाँले भारतीय प्रधानमन्त्रीलाई प्रदान गर्नुभएको छ। भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहलाई विशेष घडामा राखिएको गंगाजल उपहार दिनुभएको थियो। दुवै देशका प्रधानमन्त्रीबीच भएको उपहार आदानप्रदानले नेपाल र भारतको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई समेत झल्काएको छ। उपहार आदानप्रदानपछि प्रधानमन्त्री शाह र मोदीबीच दुईपक्षीय भेटवार्ता सुरु भएको थियो। भेटवार्तामा नेपाल–भारत सम्बन्ध, आपसी सहयोग तथा साझा चासोका विषयमा छलफल भएको जनाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बालेनले उठाए प्रत्यक्ष हवाई सम्पर्कको मुद्दा, मोदीले दिएनन् प्रतिक्रिया
PoliticsJust now

बालेनले उठाए प्रत्यक्ष हवाई सम्पर्कको मुद्दा, मोदीले दिएनन् प्रतिक्रिया

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाल र भारतका विभिन्न सहरबीच प्रत्यक्ष हवाई सम्पर्क विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा नागरिकको सहज आवागमनका लागि दुई देशका सहरलाई सीधा हवाई सेवामार्फत जोड्नुपर्ने बताएका हुन् । ‘नागरिकको सहज आवागमनका लागि दुवै देशका सहरबीच प्रत्यक्ष हवाई सम्पर्क गर्ने दिशामा अघि ...

फरकधार
नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी
PoliticsJust now

नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र सोच प्रस्तुत गरेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले शाहको नेतृत्वमा नेपालको नयाँ पुस्ताका आशा र आकांक्षा प्रतिबिम्बित भएको उल्लेख गरे । उनले भने, ‘विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र ...

फरकधार
मोदीलाई नेपाल भ्रमणको निम्तो, बालेनको विकास दृष्टिकोणको प्रशंसा
PoliticsJust now

मोदीलाई नेपाल भ्रमणको निम्तो, बालेनको विकास दृष्टिकोणको प्रशंसा

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहले नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका हुन् । दुई देशबीचको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिँदा भारतीय प्रधानमन्त्री मोदीले भने बालेनको विकाससम्बन्धी दृष्टिकोणको प्रशंसा गरे । मोदीले प्रधानमन्त्री शाहसँग ...

फरकधार
बालेनमा देश विकासको स्पष्ट दृष्टिकोण पाएँ : भारतीय प्रधानमन्त्री मोदी
PoliticsJust now

बालेनमा देश विकासको स्पष्ट दृष्टिकोण पाएँ : भारतीय प्रधानमन्त्री मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)मा देश विकासका लागि स्पष्ट दृष्टिकोण रहेको आफूले महसुस गरेको बताएका छन् । प्रधानमन्त्री शाहसँग केही घण्टा भएको कुराकानीका आधारमा आफूले यस्तो अनुभव गरेको मोदीको भनाइ छ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाहसँगको भेटवार्ताका क्रममा मोदीले उनको नेतृत्व र विकाससम्बन्धी सोचबारे सकारात्मक टिप्पणी गरेका हुन् । मोदीले प्रधानमन्त्री बनेपछि शाहले संयुक्त राष्ट्रसंघको कार्यक्रममा दिएको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement