Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास

Share:WhatsAppFacebookX (Twitter)Telegram
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
Photo / Coverage: पर्दाफास

प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजनाको आज संयुक्त रूपमा शिलान्यास गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री मोदीले ‘भर्चुअल’ प्रविधिमार्फत आयोजनाको शिलान्यास गरेका हुन् । नेपाल–भारत ऊर्जा सहकार्यअन्तर्गत निर्माण हुन लागेको उक्त आयोजना सङ्खुवासभाको चिचिला गाउँपालिका र खाँदबारी नगरपालिकामा अवस्थित छ । आयोजनाको अनुमानित लागत ९२ अर्ब ६७ करोड रहेको छ । निर्माण पाँच वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । नेपाल र भारतबीच ऊर्जा सहकार्य विस्तार तथा नेपालको जलविद्युत् उत्पादन क्षमता वृद्धि गर्ने उद्देश्यले अघि बढाइएको आयोजना निर्माण, स्वामित्व, सञ्चालन तथा हस्तान्तरण (बुट) ढाँचामा विकास गरिनेछ । आयोजना विकास सम्झौताअनुसार आयोजनाबाट उत्पादित कुल विद्युत्को २१ प्रतिशत नेपालले निःशुल्क प्राप्त गर्नेछ । आयोजनाको २५ वर्षको व्यावसायिक सञ्चालन अवधि पूरा भएपछि आयोजना नेपाल सरकारलाई निःशुल्क हस्तान्तरण गरिने व्यवस्था छ । तल्लो अरुण जलविद्युत् आयोजना भारतीय सरकारी कम्पनी सतलज जलविद्युत् निगम (एसजेभीएन) को सहायक कम्पनीमार्फत विकास भइरहेको हो । नेपाल सरकारको लगानी बोर्ड र आयोजना विकास कम्पनीबीच सन् २०२३ जुन १ मा आयोजना विकास सम्झौता सम्पन्न भएको थियो । आयोजना अरुण–३ जलविद्युत् आयोजनासँग जोडिएको प्रणालीमा सञ्चालन हुनेछ । अरुण–३ बाट विद्युत् उत्पादनपछि निस्कने पानीलाई करिब १७.३ किलोमिटर लामो सुरुङमार्फत तल्लो अरुणको विद्युत् गृहमा पुर्‍याई थप विद्युत् उत्पादन गर्ने योजना छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ ९ मंसिरमा
OthersJust now

दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ ९ मंसिरमा

७ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको सुनुवाइ अब ९ मंसिरमा हुने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले सोमबार ९ मंसिरका लागि पेशी तोकेको हो । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटको पहिलो… ...

अनलाइन खबर
भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने मोदीको घोषणा
OthersJust now

भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग गर्ने मोदीको घोषणा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री बालेन शाहको दुई दिने भारत भ्रमणका क्रममा भएको दुई देशीय छलफलपछि मोदीले सोही रकम सहयोग गर्ने घोषणा गरेका हुन्। दुई देशका प्रतिनिधिबीच विकास निर्माण समेत संयुक्त लगानी गरेर काम गर्ने सहमति भएको छ। जनकपुर- अयोध्या रेल सेवासहित काम गर्नेगरी आज संयुक्तरूपमा उद्घाटन गरिएको छ। ...

पर्दाफास
राम र सीताको सम्बन्ध साझा सभ्यता र आस्थाको प्रतीक : मोदी
OthersJust now

राम र सीताको सम्बन्ध साझा सभ्यता र आस्थाको प्रतीक : मोदी

७ मंसिर, नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध साझा इतिहास, आस्था, संस्कृति र जनस्तरको गहिरो सम्बन्धमा आधारित रहेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन शाहको भारत भ्रमणका क्रममा मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई साझा सभ्यतासँग जोड्दै भगवान् राम र माता सीता दुवै देशको साझा सभ्यता र आस्थाका प्रतीक रहेको बताएका हुन् । ‘भारत–नेपाल… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement