स्थानीय पाडीबाच्छी हुर्काउन किसानलाई १० हजारसम्म प्रोत्साहन

कास्की । कास्कीमा कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी तथा बाच्छी हुर्काउन किसानलाई प्रोत्साहन रकम उपलब्ध गराइने कार्यक्रमले यस वर्ष पनि निरन्तरता पाएको छ । स्थानीयस्तरमै गाईभैँसीको उत्पादन बढाउँदै बाहिरबाट पशु आयात घटाउने उद्देश्यले पाडी बाच्छी हुर्काउनका लागि सरकारले किसानलाई नगद अनुदान दिनेछ । भेटेरिनरी अस्पताल तथा पशुसेवा कार्यालय कास्कीले यसका लागि आवेदन माग गरेको छ । यस वर्ष यो कार्यक्रम अन्नपूर्ण गाउँपालिकाका सबै वडामा सञ्चालन हुने कार्यालयका प्रमुख डा ग्रिष्म न्यौपानेले बताए । उनका अनुसार कार्यक्रमअन्तर्गत एक वर्ष उमेर पुगेका पाडी तथा बाच्छीलाई प्रतिगोटा अधिकतम रु १० हजारका दरले प्रोत्साहन रकम उपलब्ध गराइनेछ । “एक जना कृषकले बढीमा पाँच वटा पाडीबाच्छीका लागि आवेदन दिन सक्नेछन् । यसअनुसार एक कृषकले अधिकतम रु ५० हजारसम्म सहयोग पाउनेछन्”, प्रमुख न्यौपानेले भने । कार्यक्रमका लागि रु ३५ लाख बजेट विनियोजन गरिएको छ । उक्त रकमबाट ३४५ वटा पाडी तथा बाच्छीलाई प्रोत्साहन सहयोग उपलब्ध गराउने लक्ष्य राखिएको छ । “स्थानीयस्तरमा जन्मिएका पाडीबाच्छीलाई हुर्काएर उत्पादनशील गाईभैँसीको सङ्ख्या बढाउनसके दूध उत्पादनमा वृद्धि हुनुका साथै अन्य जिल्लाबाट गाईभैँसी खरिद तथा आयात गर्नुपर्ने बाध्यता हुँदैन । यसले स्थानीय किसानलाई पशुपालनमा आकर्षित गर्नुका साथै उत्पादन र आम्दानी बढाउन पनि सहयोग पुग्नेछ”, कार्यालय प्रमुख न्यौपानेले भने । प्रोत्साहन रकम पाउन सम्बन्धित गाउँपालिकामा गाईभैँसीपालन गरिरहेको, कृत्रिम गर्भाधानबाट जन्मिएका पाडी वा बाच्छी पालिरहेको र तिनको उमेर एक वर्ष पुगेको हुनुपर्नेछ । आवेदनका साथ कृषकले कृत्रिम गर्भाधानको प्रमाण, पशुको बिमालेख, पहिचान खुल्ने फोटो तथा सम्बन्धित पशु सेवा शाखाको सिफारिस पेस गर्नुपर्नेछ । स्थानीयस्तरमा पशुको नश्ल सुधार, उत्पादन वृद्धि र गाईभैँसीको सङ्ख्या विस्तार गर्दै दूध उत्पादनमा आत्मनिर्भर बन्न तथा बाह्य निर्भरता घटाउन कार्यक्रम प्रभावकारी हुने अपेक्षा गरिएको कार्यालयले जनाएको छ । कास्कीमा गत वर्ष यो कार्यक्रम कार्यान्वयन गरिएको थियो । जसमा ९९ कोरली पाडी र ३५५ कोरली बाच्छी हुकिइ माउ बन्न योग्य भएको बताइन्छ । यसबाट आगामी वर्ष जिल्लामा १२ लाख लिटर अतिरिक्त दूध उत्पादन हुने अपेक्षा गरिएको पशु विकास अधिकृत सहदेव पौडेलले बताए ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

डोल्पा कारागारबाट भागेकाहरूले कसरी खने झन्डै ४ मिटरकाे सुरुङ ?
डोल्पा । डोल्पा जिल्ला कारागारबाट आठ जना कैदीबन्दीले सुरुङ खनेर भाग्न पर्खालको कमजोर संरचना, नरम माटो र सीसीटीभीको निगरानी नभएको क्षेत्रको फाइदा उठाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। जेलर दीर्घ आरसीका अनुसार कैदीबन्दीले सुत्ने कोठाको झ्यालमा रहेको रड निकालेर सुरुङ खन्न प्रयोग गरेका थिए। आठै जनालाई छुट्टै हलजस्तो कोठामा राखिएको थियो। उनीहरूले सुत्ने कोठाबाट पर्खालमुनि सुरुङ खनेर शौचालयको सेफ्टी ट्यांकी हुँदै बाहिर ...

न्यायालयमा देखिएका विकृतिहरू समाधान गर्न संसदबाटै प्रक्रिया अगाडि बढाउने रास्वपाको निर्णय
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृतिहरू समाधानका लागि संसदबाटै आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बसेको सचिवालय बैठकले न्यायाधीशहरूको नाम विभिन्न व्यक्तिहरूसँग जोडिएको विषय र अन्य विकृति समाधानका लागि संसदीय दललाई निर्देशन दिएर संसदबाटै प्रक्रिया अगाडि बढाउने निर्णय गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिएका हुन् । खरेलले शक्ति पृथकीकरणको सिद्धान्त अनुसार अदालत र सरकारबाट मात्र ...
हिलो छल्दै क्रिकेट हेर्न त्रिवि मैदान पुगे समर्थक
• नेपाल प्रिमियर लिगअन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेल त्रिवि क्रिकेट मैदानमा भइरहेको छ। • निरन्तरको वर्षाले मैदान परिसर हिलाम्मे बनेको छ र समर्थकहरूले हिलो छल्दै प्यारापिटसम्म पुगेका छन्। • खेलको दृश्यलाई सुर्याम्स उप्रेतीले कैद गरेका छन्। ...

कुलेखानी बाँधमा बज्यो पहिलो चरणको चेतावनी साइरन
मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी जलाशयमा पानीको सतह बढेर १५२८.५० मिटर पुगेपछि पहिलो चरणको चेतावनी साइरन बजाइएको छ। लगातारको वर्षाका कारण जलाशयमा पानीको सतह बढ्दै गएपछि नेपाल विद्युत् प्राधिकरण कुलेखानी प्रथम जलविद्युत् केन्द्रले शनिबार साँझ पहिलो चरणको चेतावनी साइरन बजाएको हो। केन्द्रका अनुसार थप वर्षा भई जलाशयको पानीको सतह सन्तुलित राख्न बाँ... ...


