डोल्पा कारागारबाट भागेकाहरूले कसरी खने झन्डै ४ मिटरकाे सुरुङ ?

डोल्पा । डोल्पा जिल्ला कारागारबाट आठ जना कैदीबन्दीले सुरुङ खनेर भाग्न पर्खालको कमजोर संरचना, नरम माटो र सीसीटीभीको निगरानी नभएको क्षेत्रको फाइदा उठाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। जेलर दीर्घ आरसीका अनुसार कैदीबन्दीले सुत्ने कोठाको झ्यालमा रहेको रड निकालेर सुरुङ खन्न प्रयोग गरेका थिए। आठै जनालाई छुट्टै हलजस्तो कोठामा राखिएको थियो। उनीहरूले सुत्ने कोठाबाट पर्खालमुनि सुरुङ खनेर शौचालयको सेफ्टी ट्यांकी हुँदै बाहिर निस्किएको देखिएको छ। कारागारको पर्खालमुनि सिमेन्टको पक्की संरचना (डीपीसी) नभएकाले त्यहाँबाट सुरुङ खन्न सहज भएको जेलर आरसीले बताए। उनका अनुसार उक्त कारागार खुला प्रकृतिको हो। कैदीबन्दी भागेको क्षेत्र दुई अग्ला पर्खालबीच पर्ने र सीसीटीभीको निगरानीमा नरहेकाले उनीहरू कुन समयमा भागे भन्ने यकिन हुन सकेको छैन। घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार सुरुङ खन्न प्रयोग गरिएका दुईवटा साना फलामे रडका टुक्रा र तरकारी काट्न प्रयोग हुने एउटा पुरानो चुलेसी बरामद भएको छ। यद्यपि, झ्यालको रड निकालेर नै सुरुङ खनिएको भन्ने कुरा आफूले पुष्टि गर्न नसक्ने ती अधिकारीले बताएका छन्। ती औजार कैदीबन्दीले कारागारभित्र कसरी प्राप्त गरे भन्ने विषयमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार सुरुङको लम्बाइ १५ फिट दुई इन्च अर्थात् झन्डै चार मिटर छ। सुरुङ खनेको स्थानमा बलौटे माटो भेटिएको छ। उक्त माटो हातैले खन्न र खोस्रन सकिने खालको रहेको अनुसन्धानमा संलग्न अधिकारीले बताएका छन्। शुक्रबार बेलुकीदेखि परेको पानीले जमिन भिजेर नरम भएको र चिसो बढेकाले पनि सुरुङ खन्न सहज भएको हुन सक्ने प्रहरीको प्रारम्भिक विश्लेषण छ। आठ जना मिलेर काम गरेको भए एकै दिनमा पनि सुरुङ तयार हुन सक्ने एक अधिकारीको भनाइ छ। तर, अर्का प्रहरी अधिकारीले भने सुरुङ हेर्दा पुरानो देखिएकाले कैदीबन्दीले केही दिनदेखि नै थोरैथोरै खन्दै आएको हुन सक्ने आशंका गरेका छन्। सुरुङ खनेपछि निस्किएको माटो फाल्न उनीहरूले पानी नभएको छुट्टै सेफ्टी ट्यांकी प्रयोग गरेको प्रहरीको अनुमान छ। उक्त ट्यांकी दुई अग्ला पर्खालबीच पर्ने र सीसीटीभीको निगरानीमा समेत नरहेकाले माटो फालेको कसैले थाहा नपाएको हुन सक्ने प्रहरी अधिकारीको भनाइ छ। आठ जना कैदीबन्दी फरार भएपछि उनीहरूको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी झन्डै डेढ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय डोल्पाका विभिन्न युनिटबाट एक सयभन्दा बढी प्रहरी २५ स्थानमा खटिएका छन् भने सशस्त्र प्रहरीका ३३ जना पनि खोजीमा संलग्न छन्।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

बैंकिङ कसुर मुद्दामा एक जना पक्राउ
बैंकिङ कसुरको मुद्दामा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी कार्यालय, चितवनको टोलीले ४७ वर्षीय महम्मद नसिमलाई पक्राउ गरेको हो। हाल काठमाडौं–१६ मा बस्दै आएका उनलाई चितवन ल्याइएको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक चन्द्र भुसन यादवले बताए। नसिमविरुद्ध एक करोड २० लाख रुपैया... ...

वर्षाले प्रभावित एनपीएल खेल ५–५ ओभरमा हुने, सुदूरपश्चिम र विराटनगर भिड्दै
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीचको खेल ५–५ ओभरमा हुने भएको छ। वर्षाले प्रभावित खेल सञ्चालन गर्न त्रिवि क्रिकेट मैदानका ग्राउन्ड स्टाफले निकै कठिन परिश्रम गरेपछि खेलका लागि मैदान तयार भएको हो। मैदान निरीक्षण गरेपछि अम्पायरहरूले ५–५ ओभरको खेल सञ्चालन गर्ने निर्णय गरेका छन्। पछिल्लो तालिकाअनुसार खेलको टस साँझ ७:२५ बजे हुनेछ भने खेल ७:४१ बजे ...

तीन दशकपछि संयुक्त राष्ट्रसङ्घको सोमालियामा जारी राजनीतिक अभियान अन्त्य
नैरोबी । संयुक्त राष्ट्रसङ्घको सोमालियाका लागि रहँदै आएको राजनीतिक अभियान दुई वर्षे सङ्क्रमणकालपछि शनिबार समाप्त भएको छ । यसले पूर्वी अफ्रिकी राष्ट्रमा तीन दशकभन्दा बढी समयदेखि चलेको संयुक्त राष्ट्रसङ्घको शान्ति निर्माण कार्यको अध्याय बन्द गरेको छ । युएनसोमलाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सन् २०१३ मा स्थापना गरेको थियो। यसले सोमाली अधिकारीहरूलाई दुई दशकभन्दा बढीको द्वन्द्वपछि लोकतन्त्र र कानूनको शासनमा सङ्क्रमणमा सहयोग ...

कम हुँदै अर्नबको असर
हाल पश्चिम नेपालनजिक रहेको न्यूनचापीय क्षेत्र (अर्नब चक्रवातको अवशेष) को प्रभाव कम हुँदै गएको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। माथिल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय प्रणालीको पनि आंशिक मात्र प्रभाव रहेकाले मौसम क्रमिक रूपमा सुधार हुँदै जाने सम्भावना रहेको मौसम महाशाखाको भनाइ छ। मौसम महाशाखाका अनुसार आज राति&... ...


