तीन दशकपछि संयुक्त राष्ट्रसङ्घको सोमालियामा जारी राजनीतिक अभियान अन्त्य

नैरोबी । संयुक्त राष्ट्रसङ्घको सोमालियाका लागि रहँदै आएको राजनीतिक अभियान दुई वर्षे सङ्क्रमणकालपछि शनिबार समाप्त भएको छ । यसले पूर्वी अफ्रिकी राष्ट्रमा तीन दशकभन्दा बढी समयदेखि चलेको संयुक्त राष्ट्रसङ्घको शान्ति निर्माण कार्यको अध्याय बन्द गरेको छ । युएनसोमलाई संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्ले सन् २०१३ मा स्थापना गरेको थियो। यसले सोमाली अधिकारीहरूलाई दुई दशकभन्दा बढीको द्वन्द्वपछि लोकतन्त्र र कानूनको शासनमा सङ्क्रमणमा सहयोग गर्ने उद्देश्य राखेको थियो । यो सन् १९९५ मा संयुक्त राष्ट्रसङ्घ राजनीतिक कार्यालय सोमालिया (युएनपिएस) को रूपमा सुरु भएको थियो । सन् २०२४ मेमा सोमालियाका राष्ट्रपति हसन शेख मोहमूदले मिसनको म्याद सकिनुअघि नै अक्टोबरमा समाप्त गर्न अनुरोध गरेका थिए । उनले पछि दुई वर्षे सङ्क्रमण अवधिको प्रस्ताव गरेका थिए । सङ्क्रमण अवधिमा युएनसोमलाई संयुक्त राष्ट्रसङ्घ सङ्क्रमण सहायता अभियान सोमालिया (युएनटिएमआइएस) नाम दिइएको थियो। “आज संयुक्त राष्ट्रसङ्घ र सोमालियाबीचको साझेदारीको अन्त्य होइन, बरु एउटा अध्यायको समाप्ति र अर्कोको सुरुवात हो,” युएनटिएमआइएसका अस्थायी प्रमुख तथा संयुक्त राष्ट्रसङ्घका महासचिवका सोमालियाका लागि उपविशेष प्रतिनिधि रेज्डन जेनेङ्गाले वक्तव्यमा भनेका छन् । “ठूला चुनौतीहरू बाँकी छन्, तर युएनटिएमआइएसको समाप्ति सोमालियाले अन्तर्राष्ट्रिय सहयोगको प्रारम्भिक वर्षहरूदेखि गरेको उल्लेखनीय प्रगतिको परिणाम हो,” उनले थपे । मिसनका जिम्मेवारीहरू सोमाली संस्थाहरू वा संयुक्त राष्ट्रसङ्घका सदस्य राष्ट्रका टोलीलाई हस्तान्तरण गरिएको छ । यो अन्त्य अल–कायदासँग सम्बन्धित अल–शबाबले अझै केन्द्रीय सोमालियाको ठूलो भाग नियन्त्रणमा राखेको अवस्थामा आएको हो । दुई दशकदेखि सोमाली सरकारसँग लडिरहेको यस समूहविरुद्ध ठूलो अन्तर्राष्ट्रिय सैन्य अभियान चलाइए पनि स्थिति नियन्त्रणमा आएको छैन । अल–शबाबविरुद्धको लडाइँ अन्तर्राष्ट्रिय सहयोग कटौतीका कारण थप सङ्कटमा परेको अवस्थामा यो घोषणा भएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

चेल्सीसँग युनाइटेडको पीडादायी हार
स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीका लागि मोर्गन रोजर्सले ५०औं मिनेटमा पहिलो गोल गरे। खेलको ६३औं मिनेटमा लियासान्ड्रो मार्टिनेजले रातो कार्ड पाएपछि युनाइटेड दस खेलाडीमा सीमित भएको थियो। ...

पुल नहुँदा बारीमै कुहिन्छ कृषि उपज
गोरखा । सडक तथा पुलको अभावमा कृषि उपज बजारसम्म पुर्याउन नसकेर बारीमै कुहिने समस्या भोग्दै आएका गोरखाको गण्डकी गाउँपालिकाका किसानको समस्या समाधान गर्ने गृहमन्त्री सुधन गुरुङले प्रतिबद्धता जनाएका छन्। मतदाता भेटघाटका क्रममा गण्डकी गाउँपालिका पुगेका गृहमन्त्री गुरुङसमक्ष स्थानीयले पुल नहुँदा कृषि उपजको बजारीकरणमा समस्या भइरहेको गुनासो गरेका थिए । स्थानीयका अनुसार यातायातको सहज पहुँच नहुँदा किसानले उत्पादन गरेका तरकारी तथा अन्य कृषि ...

युद्ध सकिने बाटोमा रहेको ट्रम्पको दाबी
काठमाडौं– इरानको रेभुलेसनरी गार्ड सेना (आइआरजिसी) ले हरमुजको अनधिकृत बाटोमा यात्रा गरिरहेका चार तेल ट्याङ्क समातेर विस्फोट गराइएको जनाएको छ । हरमुजमा यसरी आक्रमण भएका अक्टोबर महिनामा मात्र ३५ पटक हो । इरानमा गत फेब्रुअरीमा अमेरिका र इजरायल मिलेर आक्रमण गरेपछि सबै भन्दा धेरै आक्रमण भएको यो पहिलो पटक हो । लामो समयको आक्रमणको बाबजुद अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चाँडो युद्ध अन्त्यको ...

एभरेष्ट बैंकको नाफा ६.२२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?
काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६.२२ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको ...


