एभरेष्ट बैंकको नाफा ६.२२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आवको पहिलो त्रैमासमा १ अर्ब २५ करोड २७ लाख १९ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आवको सोही अवधिको तुलनामा ६.२२ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड ९२ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १.३५ प्रतिशतले घटेर २ अर्ब ३७ करोड १४ लाख ३३ हजार रुपैयाँ पुगेको छ । यस्तै बैंकको सञ्चालन नाफा ६.१८ प्रतिशतले बढेर १ अर्ब ७८ करोड ९७ लाख ७३ हजार रुपैयाँ पुगेको छ । बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ८७ करोड ८ लाख ५३ हजार रुपैयाँ रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३४.७८ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २४३.०१ रुपैयाँ रहेको छ। १४ अर्ब ४० करोड ७४ लाख ४५ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ४९ करोड ४६ लाख ८३ हजार रुपैयाँ रहेको छ । बैंकले ३ खर्ब ३६ अर्ब ६२ करोड ८० लाख ५ हजार रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ४४ अर्ब ६१ करोड ५ लाख ८७ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको निष्कृय कर्जा ०.७४ प्रतिशतबाट घटेर ०.५० प्रतिशत रहेको छ । The post एभरेष्ट बैंकको नाफा ६.२२ प्रतिशतले बढ्यो, अन्य सूचक कस्ता ? appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

एनपीएलमा विराटनगर र सुदूरपश्चिम मैदानमा, सुदूर बलिङमा, मात्र पाँच ओभरको खेल
खेलमा सुदूरपश्चिमले टस जितेर पहिले बलिङ रोजेको छ । ...

सुदूरपश्चिमविरुद्ध विराटनगरले पहिले ब्याटिङ गर्ने
नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबारको खेलमा विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। शनिबार राति ९ बजे टस भएको हो। सुदूरपश्चिम रोयल्सले टस जितेर विराटनगरलाई ब्याटिङका लागि निम्त्याएको छ। ...

जुगल-२ हिमालमा पहिलोपटक स्पेनी आरोहीको सफल आरोहण
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिकास्थित जुगल हिमशृङ्खलाको छ हजार ५१८ मिटर अग्लो जुगल-२ हिमालमा पहिलोपटक सफल आरोहण भएको छ। स्पेनका तीन पर्वतारोही माइकल जाबाल्जा, माइकल साएज र रुवेन पेरेजले जुगल-२ को सफल... ...

व्यक्तिगत घटना दर्ता प्रणालीबाट मतदाता नामावली अद्यावधिक गरिने
काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट विवरण लिएर मतदाता नामावली अद्यावधिक तथा विवरण प्रमाणीकरण गर्ने भएको छ । निर्वाचन आयोग र विभागबीच व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा... ...


