सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल नजिक शनिवार राती ८ः ३० बजेको समयमा स्थानीय कृष्ण राय यादवले सञ्चालन गर्दै आएको धूप र पुराना कवाडका सामान राख्ने गोदाममा आगलागी भएको थियो । चारैतिर जस्तापाताले घेरिएको उक्त गोदाममा लागेको आगो नियन्त्रणका लागि प्रहरी चौकी पर्सा, प्रहरी चौकी त्रिभुवननगर, जिल्ला प्रहरी कार्यालय सर्लाही तथा सशस्त्र प्रहरी बल नेपाल नं. १० गणबाट प्रहरी टोली परिचालन गरिएको थियो । साथै...
सर्लाहीका दुई स्थानमा आगलागी, गोदाम र घरमा ७१ लाख ५० हजार रुपैयाँ बराबरको क्षति

Read Complete Original Article
Published originally on फरकधार






