Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसको ‘हामी तयार छौँ अभियान’का प्रतिनिधिकाे अभिमुखीकरण आज

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको ‘हामी तयार छौँ अभियान’का प्रतिनिधिकाे अभिमुखीकरण आज
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, मंसिर १३ । नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्ने ‘हामी तयार छौँ अभियान’ अन्तर्गत खटिने प्रतिनिधिहरूलाई अभिमुखीकरण दिने भएको छ। कांग्रेस सभापति गगन थापाको उपस्थितिमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको पार्टीका का.वा. मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभयाे। उहाँका अनुसार कार्यक्रम बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ। अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्न तथा अभियानमा खटिने प्रतिनिधिहरूलाई उनीहरूको जिम्मेवारी, आवश्यक जानकारी र कार्यदिशाबारे स्पष्ट पार्ने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गर्न लागिएको हो। कार्यक्रममा काठमाडौं उपत्यकामा उपलब्ध प्रतिनिधिहरूलाई अनिवार्य उपस्थित हुन अनुरोध गरिएको छ। उपत्यकाबाहिर रहेका प्रतिनिधिहरूका लागि भने भर्चुअल माध्यमबाट सहभागी हुने व्यवस्था मिलाइएको दुलालले बताउनुभयाे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
७५३ वटै पालिकामा अभियान चलाउँदै कांग्रेस, आज प्रतिनिधिलाई प्रशिक्षण
PoliticsJust now

७५३ वटै पालिकामा अभियान चलाउँदै कांग्रेस, आज प्रतिनिधिलाई प्रशिक्षण

नेपाली कांग्रेसले देशका ७५३ वटै स्थानीय तहमा सञ्चालन गर्न लागेको ‘हामी तयार छौँ अभियान’ का लागि खटिने प्रतिनिधिहरूलाई आज अभिमुखीकरण दिन लागेको छ ।  पार्टी सभापति गगनकुमार थापाको समुपस्थितिमा आज बिहान ११ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा अभिमुखीकरण कार्यक्रम हुन लागेको हो ।  देशव्यापी रूपमा हुने अभियानलाई प्रभावकारी ढंगले सञ्चालन गर्न र खटिने प्रतिनिधिहरूलाई आवश्यक जानकारी, जिम्मेवारी तथा कार्यदिशाबारे स्पष्ट पार्न ...

फरकधार
भारत भ्रमणमा सीमा विवाद उठाउन नसकेको भन्दै प्रधानमन्त्री बालेनमाथि कांग्रेसको प्रहार, ‘नक्कली राष्ट्रवादको पर्दाफास’
PoliticsJust now

भारत भ्रमणमा सीमा विवाद उठाउन नसकेको भन्दै प्रधानमन्त्री बालेनमाथि कांग्रेसको प्रहार, ‘नक्कली राष्ट्रवादको पर्दाफास’

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लिएर गम्भीर प्रश्न उठाएको छ। विगतमा भारतसँगको सम्बन्ध र विशेषगरी... ...

सिंहदरबार न्युज
सर्लाहीका दुई स्थानमा आगलागी, गोदाम र घरमा ७१ लाख ५० हजार रुपैयाँ बराबरको क्षति
PoliticsJust now

सर्लाहीका दुई स्थानमा आगलागी, गोदाम र घरमा ७१ लाख ५० हजार रुपैयाँ बराबरको क्षति

सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा आगलागी हुँदा करिब ७१ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ सखुवापुल नजिक शनिवार राती ८ः ३० बजेको समयमा स्थानीय कृष्ण राय यादवले सञ्चालन गर्दै आएको धूप र पुराना कवाडका सामान राख्ने गोदाममा आगलागी भएको थियो । चारैतिर जस्तापाताले घेरिएको उक्त गोदाममा लागेको आगो नियन्त्रणका लागि प्रहरी चौकी पर्सा, प्रहरी चौकी ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement