Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार

Share:WhatsAppFacebookX (Twitter)Telegram
स्वास्थ्य समस्या देखिएका सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ। रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–१० निवासी १९ वर्षीया सुत्केरी महिला र उनको नवजात शिशुमा स्वास्थ्य समस्या देखिएपछि हवाई उद्धार गरी उपचारका लागि सुर्खेत ल्याइएको छ। सुत्केरी महिलामा स्वास्थ्य समस्या देखिनुका साथै नवजात शिशु जन्मँदा कम तौल भएको र स्वास्थ्यमा जटिलता देखिएपछि दुवैलाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल, सुर्खेत ल्याइएको थियो। सुर्खेतमा नवजात शिशुको थप उपचार सम्भव नभएपछि नियमित हवाई उडानमार्फत काठमाडौंस्थित कान्ति बाल अस्पताल ल्याई उपचार भइरहेको छ। महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत गर्भवती तथा सुत्केरी महिलाको जीवन रक्षा र सुरक्षित मातृत्व सुनिश्चित गर्ने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ। दुर्गम क्षेत्रमा स्वास्थ्य जटिलतामा परेका गर्भवती तथा सुत्केरी महिला र नवजात शिशुलाई समयमै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचमा पुर्‍याई मातृ तथा नवजात शिशुको जीवन रक्षा गर्नु कार्यक्रमको प्रमुख उद्देश्य रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने
Latest NewsJust now

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि अनिश्चित कालका लागि दैनिक ५ घण्टा बन्द हुने भएको छ। चितवनको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज (मङ्सिर १३ गते)देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द रहने जानकारी दिएको हो। पहिरो रोकथामको ...

केन्द्रबिन्दु
उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा
Latest NewsJust now

उपत्यकामा एकै दिन ६७५ सवारीचालक ट्राफिक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ६७५ जना सवारीचालक एकै दिन कारबाहीमा परेका छन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानमा गरेको नियमित तथा विशेष चेकजाँचका क्रममा... ...

रातोपाटी
नेपालमा खुल्ने आइआइटीमा पहाडी तथा हिमाली इन्जिनियरिङ पढाउन विज्ञको सुझाव [भिडियो]
Latest NewsJust now

नेपालमा खुल्ने आइआइटीमा पहाडी तथा हिमाली इन्जिनियरिङ पढाउन विज्ञको सुझाव [भिडियो]

नेपालको भौगोलिक अवस्था र विकासका आवश्यकताअनुसारका इन्जिनियरिङ विषयलाई प्राथमिकता दिन विज्ञहरूले सुझाव दिएका छन्। ...

हाम्राकुरा
किसानबाट एभोकाडो ६० रुपैयाँमा, उपभोक्तालाई भने २०० रुपैयाँ
Latest NewsJust now

किसानबाट एभोकाडो ६० रुपैयाँमा, उपभोक्तालाई भने २०० रुपैयाँ

धनकुटामा एभोकाडोको बगैंचा विस्तार र उत्पादन बढे पनि बजार व्यवस्थापनमा चुनौती भएपछि धनकुटा नगरपालिकाले आन्तरिक बजारसँगै अन्य जिल्ला र विदेशसम्म एभोकाडो पुर्‍याउने सम्भावनाको खोजी गर्न थालेको छ । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement