Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नारायणगढ-मुग्लिङ सडक आजदेखि दैनिक ५ घण्टा बन्द हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नारायणगढ–मुग्लिङ सडकखण्ड आजदेखि अनिश्चित कालका लागि दैनिक ५ घण्टा बन्द हुने भएको छ। चितवनको तुइनखोला क्षेत्रमा पहिरो रोकथामको काम गर्न दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गर्न लागिएको स्थानीय प्रशासनले जनाएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले आज (मङ्सिर १३ गते)देखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द रहने जानकारी दिएको हो। पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए। तुइनखोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ। गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि पहिरो रोकथामका लागि विभिन्न प्रविधि अपनाउन लागिएको हो। ठूला ढुङ्गा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यससँगै भिरबाट रसाएर आउने पानी बाहिर निकाल्न ‘होरिजोन्टल ड्रेन’ (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ। स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन गरिने र पहिरो रोकथामका लागि मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए। गत असोजदेखि रोकिएको तुइनखोला पहिरो रोकथामको काम पुनःअघि बढाउन लागिएको हो। पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइनखोलामा काम गरिएको बताउँदै उनले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइनखोलामा पनि बाटो सहज बनाउन काम रोकिएको बताए। शर्माका अनुसार सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ। शर्माले भने, ‘सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बाटो बन्द गरेर काम गर्नुपर्ने देखिन्छ। प्राविधिक मूल्याङ्कनपछि कति समय बन्द गरेर काम गर्ने भन्ने निर्णय हुनेछ। अहिले अर्को सूचना जारी नभएसम्मका लागि सडक बन्द गरिएको हो।’ उनले पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा भोलिसम्म काम सकिने र पर्सिदेखि पृथ्वी राजमार्ग सञ्चालनमा आउने जानकारी दिए। घोप्टेभीरको काम सकिएपछि तुइनखोलामा पहिरो रोकथामको काम अघि बढाउने तयारी छ। काठमाडौँबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ। सडक बन्दका कारण यात्रुलाई पर्न जाने असुविधाप्रति प्रशासनले क्षमायाचना गर्दै सोहीअनुसार यात्रा व्यवस्थापन गर्न अनुरोध गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित
Latest NewsJust now

सहकारीमार्फत दूधको बजारीकरण हुँदा किसान उत्साहित

बागलुङ । सहकारीमार्फत दूधको बजारीकरण भएपछि जिल्लाको जैमिनी नगरपालिकाका किसान उत्साहित भएका छन् । त्यस नगरपालिकामा किसानले उत्पादन गरेको दूध सहकारीमार्फत पोखरा निर्यात हुन थालेको छ । गाउँमा उत्पादित दूधको... ...

रातोपाटी
साइबेरियाका चरा बढैयातालमा
Latest NewsJust now

साइबेरियाका चरा बढैयातालमा

यज्ञप्रसाद सापकोटाबर्दिया, मङ्सिर १३ गते । बर्दियाको बढैयातालमा अहिले साइबेरियादेखि आएका आन्तुक चरा रमाइरहेका छन् । कोही पानीमा डुबुल्की मारिरहेका देखिन्छन् भने कोही घाँस र बुट्यान... ...

गोरखापत्र
ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना पक्राउ
Latest NewsJust now

ब्राउन सुगर र मोटरसाइकलसहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको रामधुनी नगरपालिका–५ स्थित झुम्का बजारबाट प्रतिबन्धित लागू औषध ब्राउन सुगर र मोटरसाइकलसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–३ बस्ने ३१ वर्षीय अमित... ...

रातोपाटी
नेतन्याहूले गरे प्रतिद्वन्द्वी आइजनकोट प्रधानमन्त्री पहिला बन्ने इजरेली एकता सरकारको प्रस्ताव
Latest NewsJust now

नेतन्याहूले गरे प्रतिद्वन्द्वी आइजनकोट प्रधानमन्त्री पहिला बन्ने इजरेली एकता सरकारको प्रस्ताव

बेन्जमिन नेतन्याहूले इजरेली विपक्षी नेता गादी आइजनकोटलाई 'आलोपालो' राष्ट्रिय एकताको सरकारमा पहिलो प्रधानमन्त्री बनाउन आफूले सहमति जनाउने बताएका छन्।शनिवार सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टमा नेतन्याहूले "मेरो नेतृत्वको जिम्मेवारीले मलाई सबै कुरा, सबैभन्दा ठूलो पार्टीको सिद्धान्तसमेत छोड्न बाध्य पार्छ" भन्दै उनले सुरुमा "वैकल्पिक प्रधानमन्त्री" को रूपमा सेवा गर्ने बताएका हुन्।यो महिनाको सुरुमा इजरेलका राष्ट्रपति आइज्याक हेरजोगले २८ दिनभित्र सरकार गठन गर्ने ...

बीबीसी नेपाली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement