Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोली घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोली घोषणा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको छ। टोलीमा सन्दीप लामिछाने, बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, सन्दीप जोरा, अभिषेक गौतम, ईशान पाण्डे, राशिद खान र देव खनाल रहेका छन्। बलिङतर्फ सन्दीप लामिछाने, ललित राजवंशी, नन्दन यादव र राशिद खान स्पिनरको भूमिकामा रहनेछन् भने सोमपाल कामी र दीपक डुम्रे तीव्र गतिका बलरका रूपमा रहनेछन्। ब्याटिङको जिम्मेवारी कुशल भुर्तेल, लोकेश बम, अर्जुन कुमाल, सन्दीप जोरा र बासिर अहमदले सम्हाल्नेछन्। नोभेम्बर १९ देखि २९ तारिखसम्म कतारको दोहामा सञ्चालन हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा रहेको छ। यस समूहमा भारत ‘ए’, पाकिस्तान शाहिन्स र यूएई पनि रहेका छन्। नेपालले नोभेम्बर २० मा भारत ‘ए’ विरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। त्यसपछि नेपालले नोभेम्बर २२ मा यूएई र नोभेम्बर २४ मा पाकिस्तान शाहिन्ससँग प्रतिस्पर्धा गर्नेछ। वेस्ट इन्ड इन्टरनेसनल क्रिकेट स्टेडियम र युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीको मैदानमा हुने प्रतियोगिता ५० ओभरको एकदिवसीय ढाँचामा खेलाइनेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्। सेमिफाइनल खेलहरू नोभेम्बर २६ र २७ मा हुनेछन् भने फाइनल खेल नोभेम्बर २९ मा हुनेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा
Latest NewsJust now

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

चितवन। गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ गएका चितवन राइनोजका दर्शक खेल सकिनै लाग्दा पुगे । खेल सकिएपछि चितवनसम्म आइपुग्न १२ घण्टाभन्दा बढी सडकमा समय बिताउनुपर्‍यो। यो सबै समस्या पृथ्वी राजमार्गमा घोप्टेभिरको पहिरोका कारण भएको हो। चलिरहेका सवारी कतिबेला पहिरोले रोक्छ भन्नसक्ने अवस्था छैन । मुग्लिन बजारबाट झण्डै तीन किलोमिटर कुरिनटारतर्फ घोप्टेभिरमा झण्डै ३० मिटर माथिबाट सुक्खा पहिरो खसिरहेको ...

नेपालन्युज
एसिया कप राइजिङ स्टारका लागि नेपाली टोली घोषणा
Latest NewsJust now

एसिया कप राइजिङ स्टारका लागि नेपाली टोली घोषणा

एसीसी पुरुष एसिया कप राइजिङ स्टार प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ।  नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो। टोलीमा बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, देव खनाल, सन्दीप जोरा, अविशेष गौतम, ईशान पाण्डे र राशिद खान छ... ...

नेपालखबर
[अर्काइभ] कृष्णप्रसादले नियुक्ति गरेका गभर्नर गिरिजाप्रसादले हटाएपछि...
Latest NewsJust now

[अर्काइभ] कृष्णप्रसादले नियुक्ति गरेका गभर्नर गिरिजाप्रसादले हटाएपछि...

भदौ २०५७ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. तिलक रावललाई हटाएर दीपेन्द्र पुरुष ढकाललाई गभर्नर नियुक्त गरेको थियो । ...

कान्तिपुर
सिड्नीमा भव्य रूपमा मनाइयो छठ, क्यानबेरामा घाट नपाउँदा घरबाटै पूजा
Latest NewsJust now

सिड्नीमा भव्य रूपमा मनाइयो छठ, क्यानबेरामा घाट नपाउँदा घरबाटै पूजा

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले श्रद्धा, भक्ति र उत्साहका साथ छठ पर्व मनाएको छ । तर, राजधानी क्यानबेरामा भने सामूहिक पूजा गर्ने उपयुक्त स्थल नपाउँदा नेपालीहरूले घरबाटै छठीमाताको आराधना गर्नुपरेको छ । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा नोभेम्बर १५ आइतबार साँझ चिपिङ नोर्टनस्थित सिड्नी छठ घाटमा दुईदिने छठ महोत्सव सुरु भएको हो । आयोजक संस्थाका प्रतिनिधि अरुणकुमार ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play