Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा

Share:WhatsAppFacebookX (Twitter)Telegram
घोप्टेभिरको सुक्खा पहिरोले अनिश्चित बनायो यात्रा
Photo / Coverage: नेपालन्युज

चितवन। गत साता नेपाल प्रिमियर लिग (एनपिएल)हेर्न बसमा काठमाडौँ गएका चितवन राइनोजका दर्शक खेल सकिनै लाग्दा पुगे । खेल सकिएपछि चितवनसम्म आइपुग्न १२ घण्टाभन्दा बढी सडकमा समय बिताउनुपर्‍यो। यो सबै समस्या पृथ्वी राजमार्गमा घोप्टेभिरको पहिरोका कारण भएको हो। चलिरहेका सवारी कतिबेला पहिरोले रोक्छ भन्नसक्ने अवस्था छैन । मुग्लिन बजारबाट झण्डै तीन किलोमिटर कुरिनटारतर्फ घोप्टेभिरमा झण्डै ३० मिटर माथिबाट सुक्खा पहिरो खसिरहेको छ । यसै कारण गन्तव्यमा पुग्ने निश्चितता सडकमा नभएको यात्रुको गुनासो छ । काठमाडौँबाट शनिबार चितवनतर्फ आउँदै गर्नुभएका सरोज रेग्मी कुरिनटार आइपुग्दा लामो सवारी जाम देखिएपछि तर्सिए । उनले भने, “साँझ नपर्दै घोप्टेभिर पार गर्ने भनेर हतारहतार आएको यही रोकिन पर्‍यो ।” झण्डै एक घण्टाको पर्खाइपछि उहाँले सडक पार गर्नुभयो । वबेलाबेलामा ढुङ्गा खसिरहँदा गन्तव्यसम्म पुग्ने अनिश्चितता र जोखिम उत्तिकै बढी छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले समयसमयमा ढुङ्गा सहितको पहिरो खसिरहेको बताए । सडक सफा गरेर सवारी पार गराउने गरिएको छ । शनिबार सडक रोकेर दुईतर्फी बनाइएको भए पनि आज बिहान पहिरो खसेर एकतर्फी सडक सञ्चालनमा आएको उनले जानकारी दिए । प्रहरी उपरीक्षक पौडेलले भने, “आज केहीबेर रोकिएको सडक एकतर्फी भएको छ । सवारी चाप घटेपछि केहीबेर रोकेर दुईतर्फी बनाउनुपर्छ ।” सडक रोकिँदा सवारी चालकले लेन मिच्ने समस्याका कारण सडक खुलेपछि पनि लामो समय सवारी जाम हुने गरेको उनले बताए । तिहारको भाइटिकाको अघिल्लो दिन राति ११ः०० बजेसम्म आफू र ट्राफिक कार्यालय चितवनका प्रमुख अनिल थापा सडकमा बसेर सवारी पार गराएको उनको भनाइ छ । उनले भने, “सावधानीकै कारण अहिलेसम्म ठूलो दुर्घटना हुन पाएको छैन ।” सबैलाई ट्राफिक नियम पालना गरेर सावधानीपूर्वक यात्रा गर्न भनिएको उनले बताए । नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका सूचना अधिकारी सचेन्द्र मिश्रका अनुसार सडकको छेउको डाँडो कमजोर भएर सुक्खा पहिरो खसिरहेको हो । तत्काल अहिले भइरहेको सडक विस्तारको ठेक्काबाट दीर्घकालीन समाधान निकाल्ने गरी काम गर्न नसकिने भएकाले पहिरो पन्छाउने काम मात्र भइरहेको उनले बताए । जतिसक्दो जोखिमपूर्ण पहिरो खसेर जोखिम कम गर्नेबाहेकको विकल्प अहिले तत्काल नभएको उनको भनाइ छ । यस पहाडको पहिरो रोकथामको दीर्घकालीन समाधानका लागि अध्ययन गरेर काम गरिने उनले बताए । पहिरो स्थलमा रातको समयका लागि बत्ती जडान गरिएको छ भने पहिरो खसेमा तत्काल पन्छाउन सक्नेगरी उपकरण र जनशक्ति तैनाथ अवस्थामा निर्माण कम्पनीले राखेको मिश्रले जानकारी दिए । यो सडक हुँदै १५ हजारभन्दा बढी सवारीसाधन राजधानी प्रवेश र बाहिरिने गर्दछन् । सवारी उच्च चाप हुने यस सडक थोरै समय रोकिँदा पनि सवारीको लाम लामो हुने गर्दछ । अत्यावश्यक कामका लागि हिँडेका यात्रु लामो समय सडकमा रहनुपर्दा आफ्ना अत्यावश्यक काम गर्नबाट बञ्चित हुने गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसिया कप राइजिङ स्टारका लागि नेपाली टोली घोषणा
Latest NewsJust now

एसिया कप राइजिङ स्टारका लागि नेपाली टोली घोषणा

एसीसी पुरुष एसिया कप राइजिङ स्टार प्रतियोगिताका लागि नेपाली टोली घोषणा भएको छ।  नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार सन्दीप लामिछानेको नेतृत्वमा नेपाली टोली घोषणा गरेको हो। टोलीमा बसिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, देव खनाल, सन्दीप जोरा, अविशेष गौतम, ईशान पाण्डे र राशिद खान छ... ...

नेपालखबर
सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोली घोषणा
Latest NewsJust now

सन्दीपको कप्तानीमा राइजिङ स्टार्स एसिया कप खेल्ने नेपाली टोली घोषणा

काठमाडौं। कतारमा आयोजना हुने एसीसी मेन्स एसिया कप राइजिङ स्टार्स २०२६ का लागि नेपाल क्रिकेट संघ (क्यान) ले १५ सदस्यीय टोलीको घोषणा गरेको छ। राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेको कप्तानीमा घोषित टोलीमा अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको छ। टोलीमा सन्दीप लामिछाने, बासिर अहमद, अर्जुन कुमाल, नन्दन यादव, पवन सर्राफ, ललित राजवंशी, लोकेश बम, कुशल भुर्तेल, सोमपाल कामी, दीपक डुम्रे, ...

नेपालन्युज
[अर्काइभ] कृष्णप्रसादले नियुक्ति गरेका गभर्नर गिरिजाप्रसादले हटाएपछि...
Latest NewsJust now

[अर्काइभ] कृष्णप्रसादले नियुक्ति गरेका गभर्नर गिरिजाप्रसादले हटाएपछि...

भदौ २०५७ मा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले नेपाल राष्ट्र बैंकका तत्कालीन गभर्नर डा. तिलक रावललाई हटाएर दीपेन्द्र पुरुष ढकाललाई गभर्नर नियुक्त गरेको थियो । ...

कान्तिपुर
सिड्नीमा भव्य रूपमा मनाइयो छठ, क्यानबेरामा घाट नपाउँदा घरबाटै पूजा
Latest NewsJust now

सिड्नीमा भव्य रूपमा मनाइयो छठ, क्यानबेरामा घाट नपाउँदा घरबाटै पूजा

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा नेपाली समुदायले श्रद्धा, भक्ति र उत्साहका साथ छठ पर्व मनाएको छ । तर, राजधानी क्यानबेरामा भने सामूहिक पूजा गर्ने उपयुक्त स्थल नपाउँदा नेपालीहरूले घरबाटै छठीमाताको आराधना गर्नुपरेको छ । एसोसिएसन अफ नेपाल तराई इन अस्ट्रेलिया (एन्टा) को आयोजनामा नोभेम्बर १५ आइतबार साँझ चिपिङ नोर्टनस्थित सिड्नी छठ घाटमा दुईदिने छठ महोत्सव सुरु भएको हो । आयोजक संस्थाका प्रतिनिधि अरुणकुमार ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play