शिक्षकको मृत्युपछि कटारीमा प्रदर्शन, मदन भण्डारी राजमार्ग अवरुद्ध

१ कात्तिक, उदयपुर । उदयपुरको कटारी नगरपालिका–५ भोर्लेमा हायस गाडीको ठक्करबाट स्थानीय शिक्षक सुमन श्रेष्ठको मृत्यु भएपछि दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग गर्दै स्थानीयवासीले आइतबार कटारीको बुद्धचोकमा प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले मदन भण्डारी राजमार्गअन्तर्गत कटारीको बुद्धचोकमा बिहानैदेखि सडक अवरुद्ध गरेका हुन्। सडक अवरुद्ध हुँदा काठमाडौँबाट पूर्वतर्फ जाने यात्रुहरू समस्यामा परेका छन्। स्थानीयवासीले मृतक शिक्षकको परिवारलाई…
Read Complete Original Article
Published originally on अनलाइन खबर
Related News

तातोपानी नाका नियमित संचालनमा ल्याउन व्यवसायीहरुको माग
सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि संचालनमा आएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ । तर नेपाल हिमालय सीमापार बाणिज्य संघले चाडपर्व लक्षित व्यापारका लागि तातोपानी–खासा नाका तत्काल पुनः सञ्चालन गर्न माग गरेको छ । संघका ...

एनपीएलमा नेपाल टेलिकमको प्रायोजन, व्यावसायिक प्रवर्द्धनसँगै क्रिकेट विकासमा सहयोग गर्ने
नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) को प्रायोजन गर्ने सम्बन्धमा सम्झौता गरेको छ । सम्झौतापछि बोल्दै नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत डिल्ली अधिकारीले एनपीएलमा सहभागिताको मुख्य उद्देश्य कम्पनीको ब्रान्ड प्रवद्र्धन गर्नुका साथै नेपाली क्रिकेटको विकासमा संस्थागत सहयोग पुर्याउनु रहेको बताएका छन् । अधिकारीका अनुसार नेपाल टेलिकमले यसअघि पनि विभिन्न चरणमा नेपाल क्रिकेट संघ (क्यान) तथा संघले आयोजना गर्ने क्रिकेट प्रतियोगितामा प्रायोजन ...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले डोल्मालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बौद्ध धर्म, शान्ति र मानव सेवाका क्षेत्रमा समेत सक्रिय डोल्माको नियुक्तिसँगै लुम्बिनी विकास कोषको नेतृत्वमा नयाँ जिम्मेवारी थपिएको छ । ...

फ्रान्समा चर्कियो आन्दोलन, पेरिसदेखि लियोनसम्म आगजनी र तोडफोड
फ्रान्सको पेरिसमा आन्दोलन चर्किएको छ । शिक्षाको स्तर खस्किएको र महँगीको विरोधमा दिनहुँ आन्दोलन भइरहेको छ । प्रदर्शनका क्रममा आगजनी र तोडफोडका घट्नाहरु भएका छन् । शनिबार पेरिसमा प्रदर्शनकारी र प्रहरीबिच झडप समेत भएको छ । लियोन सहरको एक पर्यटन कार्यालयमा आगजनी गरिएको छ । लिल र मार्सेली सहरमा प्रदर्शनकारीले नगरपालिका भवनहरूमा तोडफोड गरेका छन्। शनिबार दिनभर भएको प्रदर्शनका क्रममा देशभरबाट चारसय बढीलाई ...


