तातोपानी नाका नियमित संचालनमा ल्याउन व्यवसायीहरुको माग

सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि संचालनमा आएको छ ।

यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

उक्त मन्त्रालयले जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ ।

तर नेपाल हिमालय सीमापार बाणिज्य संघले चाडपर्व लक्षित व्यापारका लागि तातोपानी–खासा नाका तत्काल पुनः सञ्चालन गर्न माग गरेको छ ।

संघका महासचिव रामचन्द्र पराजुलीका अनुसार तीन दिनमात्र होइन, नियमित संचालनका लागि माग राखेका छौं । ‘नेपालस्थित चिनिया दूताबासलाई ध्यानाकर्षण पत्र नै बुझाएर संचालनको माग राखेका छौं,’ उनले भने ।

नाका बन्द हुँदा चीनबाट सामान ल्याउन प्रतीक्षामा रहेका कन्टेनर नेपाल र चीन दुवैतर्फ रोकिएको उनले जानकारी दिए ।

हालैका गम्भीर मौसमी घटनाहरूका कारण स्थलमार्गहरूमा अवरोध तथा क्षति पुगेको अवस्थामा तातोपानी नाका सीमापार आवागमनका लागि सबैभन्दा व्यवहारिक र प्रभावकारी मार्गका रूपमा रहेकाले दशैँ र तिहारलगायतका प्रमुख चाडपर्वको मौसम चलिरहेको यस समयमा चाडपर्व लक्षित सामान बोकेका सयौँ कन्टेनरहरू सीमामा रोकिएको, यी सामानहरूमध्ये ठूलो हिस्सा नाशवान् वस्तुहरू, कृषि उत्पादनहरू तथा मौसमी व्यापारिक सामग्रीहरूको रहेको छ, जुन तत्काल बिग्रने जोखिममा छन्। यसले साना स्थानीय व्यापारीहरूलाई गम्भीर आर्थिक क्षति पुर्याउनुका साथै नेपाली उपभोक्ताहरूका लागि बजारमा वस्तुको ठूलो अभाव सिर्जना गर्ने अवस्था उत्पन्न गराएकाले नाका सुचारु गराउन माग गरिएको पराजुलीले जानकारी दिए ।

नेपाली पक्षका सम्बन्धित सडक निकायहरू तथा स्थानीय सरोकारवालाहरूले सडकमा रहेका अवरोधहरू हटाई सुरक्षित आवागमन पुनःस्थापना गरिसकेको जानकारी दिंदै उनले भन्सार जाँचपास तथा सवारीसाधनको आवागमनका लागि सडक पूर्ण रूपमा सञ्चालनयोग्य भएको पनि बताए ।

चीनले गत भदौ १५ देखि अर्को सूचना नभएसम्मका लागि तातोपानी नाका पूर्ण रूपमा बन्द गरेको थियो। भदौ १० मा भोटेकोशी नदीमा आएको भीषण बाढीले रसुवा र नुवाकोटका विभिन्न बस्तीमा क्षति पुर्याएपछि चिनियाँ पक्षले तातोपानी नाका पनि बन्द गरेको थियो।

Read Complete Original Article
Published originally on पर्दाफास
Related News

केहेर एण्ड लुङ्गा : कन्सर्टले भ्याइनभ्याइ
युवाहरू सम्मिलित केहेर एण्ड लुङ्गा ब्याण्ड पछिल्लो समय कन्सर्टमा रोजाइमा परेका छन् । एकपछि अर्को गीत चर्चित भएसँगै युवा कलाकारहरूले देशका विभिन्न ठाउँमा स्टेज तताइरहेका छन् । बिहीबारदेखि दशैंको बेलामा पूर्वमा उनीहरूको व्यस्त सेड्युल छ । बिहीबार (भोलि) विर्तामोड, त्यसपछि दमक, इलाम र चुलाचुलीमा उनीहरूका कन्सर्ट रहेका छन् । केही दिनअघि मात्र पाँचथर पुगेका उनीहरू… ...

‘एक कचौरी २ समोसा’ ट्रेन्ड : पुरुषले रिसाउने होइन, सुन्ने हो !
आजकाल इन्स्टाग्राममा ‘एक कचौरी २ समोसा, इन लड्को का क्या भरोसा’ भन्ने अडियो भाइरल छ। पितृसत्तात्मक व्यवहार र पुरुषप्रतिको अविश्वासलाई व्यङ्ग्य गर्दै भारतबाट सुरु भएको यो डिजिटल विद्रोह नेपालमा पनि उत्तिकै चर्चित छ। ...

कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्यो ब्राउन सुगर, एक जना पक्राउ
१ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नेराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको हो । सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले… ...