लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ३० गते बसेको बैठकले डोल्मालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । बौद्ध धर्म, शान्ति र मानव सेवाका क्षेत्रमा समेत सक्रिय डोल्माको नियुक्तिसँगै लुम्बिनी विकास कोषको नेतृत्वमा नयाँ जिम्मेवारी थपिएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

केहेर एण्ड लुङ्गा : कन्सर्टले भ्याइनभ्याइ
युवाहरू सम्मिलित केहेर एण्ड लुङ्गा ब्याण्ड पछिल्लो समय कन्सर्टमा रोजाइमा परेका छन् । एकपछि अर्को गीत चर्चित भएसँगै युवा कलाकारहरूले देशका विभिन्न ठाउँमा स्टेज तताइरहेका छन् । बिहीबारदेखि दशैंको बेलामा पूर्वमा उनीहरूको व्यस्त सेड्युल छ । बिहीबार (भोलि) विर्तामोड, त्यसपछि दमक, इलाम र चुलाचुलीमा उनीहरूका कन्सर्ट रहेका छन् । केही दिनअघि मात्र पाँचथर पुगेका उनीहरू… ...

‘एक कचौरी २ समोसा’ ट्रेन्ड : पुरुषले रिसाउने होइन, सुन्ने हो !
आजकाल इन्स्टाग्राममा ‘एक कचौरी २ समोसा, इन लड्को का क्या भरोसा’ भन्ने अडियो भाइरल छ। पितृसत्तात्मक व्यवहार र पुरुषप्रतिको अविश्वासलाई व्यङ्ग्य गर्दै भारतबाट सुरु भएको यो डिजिटल विद्रोह नेपालमा पनि उत्तिकै चर्चित छ। ...

कञ्चनपुरमा ‘अल्फा’ले फेला पार्यो ब्राउन सुगर, एक जना पक्राउ
१ कात्तिक, कञ्चनपुर । कञ्चनपुरमा सशस्त्र प्रहरीको डग स्क्वाड टोलीले लागुऔषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार भीमदत्त नगरपालिका-१० स्थित भन्सार बेरियलमा चेकजाँचका क्रममा कैलालीको घोडाघोडी नगरपालिका-६ अस्नेराका २४ वर्षीय विक्रम मिजारको मुखभित्र लुकाइएको अवस्थामा उक्त पदार्थ फेला परेको हो । सीमा सुरक्षा गुल्म गड्डाचौकीबाट खटिएको सशस्त्र प्रहरीको टोलीले ‘अल्फा’ नामको लेब्राडोर कुकुरको सहायताले… ...

तातोपानी नाका नियमित संचालनमा ल्याउन व्यवसायीहरुको माग
सिन्धुपाल्चोकको तातोपानी नाका तीन दिनका लागि संचालनमा आएको छ । यही कात्तिक १ देखि ३ गतेसम्म नाका खुलेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । उक्त मन्त्रालयले जारी गरेको ‘प्रेस नोट’ अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ । तर नेपाल हिमालय सीमापार बाणिज्य संघले चाडपर्व लक्षित व्यापारका लागि तातोपानी–खासा नाका तत्काल पुनः सञ्चालन गर्न माग गरेको छ । संघका ...


